संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’ को मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट स्वीकार नगर्ने घोषणा गरेका छन् ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्म घर तथा ऐतिहासिक धरोहरको रूपमा रहेको विराटनगर महानगरपालिका-७, कोशी अस्पताल चोकस्थित कोइराला निवास मर्मतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेटमा २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

मन्त्रालयका सचिवलाई पत्र लेख्दै डा. कोइरालाले राज्यका आम नागरिक वञ्चना, अभाव र कष्टमा रहेको अवस्थामा उपलब्ध सीमित स्रोत-साधनको उपयोग उनीहरूकै उत्थानमा हुनुपर्ने भन्दै उक्त बजेट नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

पिताजी कृष्णप्रसाद कोइरालाले शताब्दी पहिले निर्माण गरेको उक्त ऐतिहासिक निवास गत वर्ष भाद्र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जलाएर नष्ट गरिएको पत्रमा स्मरण गराइएको छ ।

राज्यले बीपी कोइरालाको विचार र नेपाली जनताको गाँस, बास, कपासको अधिकारप्रति समर्पित हुनु नै बीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा डा. कोइरालाले व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!