
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-५ फाकफुकस्थित सिमली खोलाले बगाउँदा इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् ।
सिमली खोला तर्ने क्रममा खाँदबारी-१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् ।
इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रूपमा काम गर्ने निरौलालाई साथीहरूसँगै खाना खाएर हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलाले बगाएको हो ।
यसैगरी सुनसरीको दुहबी नगरपालिका-११ मिल टोलमा हिजो साँझ धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव बेपत्ता भएका छन् ।
बाँसको अस्थायी पुल तर्ने क्रममा हिजो साँझ साढे पाँच बजे उनी चिप्लिएर खोलामा खसेका थिए । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













