संगालोखबर


रूपन्देही । कपिलवस्तु नगरपालिकाका पूर्वी मेयर तथा नेपाली काँग्रेसका नेता किरण सिंह मृत भेटिएका छन् । शुक्रबारदेखि हराइरहेका सिंह तौलिहवा गोरुसिंगे क्षेत्रको जंगलमा आज मृत फेला परेका हुन् ।

उनको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो । शुक्रबार मोटरसाइकलसहित उनी बेपत्ता भएका थिए । उनको मोटरसाइकल भने भेटिएको थियो ।

प्रहरीका अनुसार ६५ वर्षीय सिंह अन्दाजी २ बजेतिर कपिलवस्तु-३ स्थित घरबाट निस्किएका थिए । साढे तीन बजेतिर उनले आफू निकटका केही व्यक्तिहरूलाई जंगलमा बाटो बिर्सिएँ भनेर मोबाइलमार्फत जानकारी दिएका थिए ।

त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!