काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले काठमान्डु गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।
लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे । काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिए । काठमान्डुका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।