विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगर । विराटनगर महानगरपालिका-६ स्थित ब्रह्मपुराका स्थानीयले अब आनन्दको श्वास फेर्न पाउने भएका छन् । अव्यवस्थित ‘डम्पिङ साइट’ का कारण झण्डै दुई दशक देखि फोहोरको दुर्गन्धमा निसास्सिन बाध्य ब्रह्मपुराबासीलाई अब भने राहत मिल्ने भएको छ । विराटनगर महानगरपालिकाले आगामी पुस १ गतेबाट ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी थालेको छ । अव्यवस्थित डम्पिङ साइटका कारण स्थानीयको जनस्वास्थ्यसँगै दैनिकीमा पनि नरा...
विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

विराटनगर । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरूको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उद्देश्यले विशेष कार्यक्रम गर्ने भएको छ । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ‘कोशी प्रदेशको सान, प्रतिभावान् अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । महासंघले आज विराटनगरमा पत्रकार ...
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति विराटनगरका मुस्लिम समुदायको कडा आपत्ति

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति विराटनगरका मुस्लिम समुदायको कडा आपत्ति

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिप्रति मुस्लिम समुदायले आपत्ति जनाउँदै बोलेको कुरा फिर्ता लिन आग्रह गरेको छ । मोरङ मुस्लिम समुदायले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको हो । प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम समुदायको धार्मिक आस्था, संस्कार र सामुदायिक सम्मानमा चोट पुगेको मोरङ मुस्लिम समुदायको ठहर छ । यस्तो टिप्पणी...
दिनभरि फोहोरमा ‘मोहोर’ खोज्ने मोनीको ‘जीवन-संघर्ष’

दिनभरि फोहोरमा ‘मोहोर’ खोज्ने मोनीको ‘जीवन-संघर्ष’

विराटनगर । सबैका फरक–फरक कथा हुन्छन् । ती कथाभित्र आ-आफ्नै दुःख पनि लुकेको हुन्छ । तिनै मध्ये यो कथा विराटनगर-१७ रानीकी ३५ वर्षीया मोनी खातुनको हो । उनको दैनिकी विराटनगर-६ स्थित ब्रम्हपुरास्थित ‘डम्पिङ साइट’ मा बित्ने गरेको छ । त्यहीँबाटै उनले जीविकोपार्जनसँगै छोराछोरीको शिक्षादीक्षाको खर्च जोहो गर्छिन् । बिहानको घामसँगै उठ्ने धुलो र दुर्गन्धको कुनै प्रवाह नगरी मोनी हरेक दिन बिहान ९ बजे ‘डम्पिङ...
मोरङबाट बालबालिका हराउने क्रम बढ्यो, धेरैको अवस्था अज्ञात

मोरङबाट बालबालिका हराउने क्रम बढ्यो, धेरैको अवस्था अज्ञात

विराटनगर । दिनहुँ जसो बालबालिका हराएका सूचना सामाजिक सञ्जालमा देखिन्छन् । प्रहरीमा पनि खोजीका लागि निवेदन दिइन्छ । तर फेला परेको जानकारी कमै मात्र पाइन्छ । मोरङमा पनि बालबालिका हराउने क्रम बढेको छ । कतिपय विद्यालयबाटै र कतिपय घरबाटै बेपत्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको हालसम्म २४ जना बालक र ९१ जना बालिका गरी ११५ जना हराएका छन् । जसमध्य...
पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

विराटनगर । विराटनगरको पुष्पलाल चोकदेखि तीनपैनीसम्मको सडक कुनै बेला पूर्वी नेपालकै नमूना सडकका रूपमा परिचित थियो । दुई लेन सडकको बीच भागमा बनाइएको आइल्याण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो भने रातको समयमा सडकलाई उज्यालो बनाउन सोलार बत्ती जडान गरिएको थियो । तर अहिले सोही सडकले दुर्घटनाको धराप थापेको छ । सडकभरि रहेका खाल्डाका कारण सवारी आवत-जावत जोखिमपूर्ण बनेको छ । स्थानीय निर्मला पाण्डेक...
विराटनगरमा सरसफाइ सचेतना अभियानले पनि रोकिएन जथाभावी फोहोर फ्याँक्ने प्रवृत्ति 

विराटनगरमा सरसफाइ सचेतना अभियानले पनि रोकिएन जथाभावी फोहोर फ्याँक्ने प्रवृत्ति 

विराटनगर । विराटनगर महानगरपालिकामा सरसफाइ सचेतना सम्बन्धि अभियान बढेपनि जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिको अन्त्य भएको छैन । महानगरपालिका तथा अभियन्ताहरू सहरलाई सफा बनाउन अग्रसर भएपनि नागरिक सचेत नहुँदा समस्या देखिएको हो । महानगरपालिकाले तीन वटा निजी कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ । ती कम्पनीले सरसफाइ सदस्यता लिएका घरहरूको फोहोर संकलन गर्छन । तर सार्वजनिक स्थलको फोहोर संकलनमा समस्...
बेरोजगारहरूलाई एकताबद्ध गर्न मेची-महाकाली अभियान

बेरोजगारहरूलाई एकताबद्ध गर्न मेची-महाकाली अभियान

विराटनगर । हामीले विभिन्न प्रकारका अभियान देख्दै आएको छौं । कतिपयमा त हामी आफैँ पनि सामेल भएका छौँ । तर एक युवकले एउटा भिन्न अभियान थालेका छन् । जुन अभियान धेरैलाई अनौठो पनि लाग्न सक्छ । अभियानको थालनीकर्ता हुन ३० वर्षीया नैनप्रसाद गेलाल । उनले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै अभियानका बारेमा जानकारी गराएका हुन् । उनले कात्तिक २७ गतेदेखि बेरोजगारहरूको भेला गर्ने उद्देश्यले अभियान थालेको जान...
विराटनगरको उत्तरी प्रवेशद्वार : पाँच वर्ष भयो नयाँ बन्ने हल्ला चलेको, अझै बनेन

विराटनगरको उत्तरी प्रवेशद्वार : पाँच वर्ष भयो नयाँ बन्ने हल्ला चलेको, अझै बनेन

विराटनगर । ६ लेन सडक निर्माण भएपनि विराटनगरको उत्तरी प्रवेशद्वार सडकभन्दा साँघुरो छ । प्रवेशद्वार साँघुरो भएपछि २०७७ सालमै नयाँ डिजाइनमा २५ मिटर सडक क्षेत्रभित्र पर्नेगरी प्रवेशद्वार निमार्णको तयारी थालिएको थियो । जसको डिजाइन समेत तयार भएको थियो । तर अहिलेसम्म प्रवेशद्वार निर्माणको थालनी हुन सकेको छैन । जसका कारण दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । सडकभन्दा साँघुरो पुरानै प्रवेशद्वारका का...
विराटनगरमा छैनन् घुमफिर गर्ने स्थल, समय व्यतीत गर्न अन्यत्र जानुपर्ने बाध्यता

विराटनगरमा छैनन् घुमफिर गर्ने स्थल, समय व्यतीत गर्न अन्यत्र जानुपर्ने बाध्यता

विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी मात्र नभएर प्रदेशकै एक मात्र महानगरपालिका हो । जसका कारण लाग्न सक्छ, विराटनगर सम्पूर्ण पक्षमा पूर्ण छ । तर, सोचेभन्दा धेरै फरक छ । विराटनगरमा घुमफिरका लागि उपयुक्त स्थान छैनन् । फुर्सदको समयमा परिवार तथा साथीभाइसँग घुमफिर गर्ने योजना बनाउँदा पनि विराटनगरमा ठाउँ नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । विराटनगरमा उपयुक्त घुमफिर गर्ने स्थान नहुँदा अन्यत्रै ज...
नवौँ संस्करणको विराट गोल्डकपमा ३ लाख नाफा, पाँच हजारको टिकट बिक्री 

नवौँ संस्करणको विराट गोल्डकपमा ३ लाख नाफा, पाँच हजारको टिकट बिक्री 

विराटनगर । नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक समितिले करिब तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । विराटनगर फुटबल ट्रस्टले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गर्दै टिकट बिक्री कमजोर भएको जनाएको हो । गत फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा भएको गोल्डकपमा करिब पाँच हजार रुपैयाँ बराबरको मात्र टिकट बिक्री भएको र ठूलो मात्रामा पास वितरण ...
अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको दुई साता नाघेको छ । कक्षा ५ मा पढ्ने गौतम असोज २१ गते दिउँसो घरबाट खेल्न जान्छु भन्दै निक्लिएकी थिइन् । तर उनी घर फर्किइनन् । उनी हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी बनभित्र क्षतविक्षत अवस्थामा शव भेटियो । शव भेटिएको १८ दिन हुँदा पनि  पनि उनको मृत्युको कारण खुल्न सकेको छैन । शरीर र टाउको ...
आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै असोज १० गतेबाट सुरु भएको मतदाता नामावली संकलनमा नाम दर्ता गराउनेको संख्या बढ्दो छ । जसमा जेनजी पुस्ता अगाडि देखिएको छ । जेनजी पुस्ताका अशोक कामत विराटनगर बसेर पढिरहेका छन् । उनको घर सिराहा हो । आगामी निर्वाचनका लागि मतदाता बन...
जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

विराटनगर । विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक बत्ती नबल्दा सवारी आवागमन अस्तव्यस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बल्न छाडेका ट्राफिक बत्ती मर्मतको अत्तोपत्तो छैन । ट्राफिक बत्ती नबल्दा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ । कार्यालय समयमा थप सवारी चाप हुनेहुँदा बाटो काट्ने पैदलयात्रीलाई थप समस्या थपिएको छ । विराटनगर भर्खर-भर्खर ट्राफिक बत्तिमा अभ्यस्त हुँदैथियो...
यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा राजश्व सङ्कलनमा वृद्धि भएको छ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीमा आगजनी भएपछि विराटनगरमा सेवाग्राहीको चाप बढ्दा राजश्व सङ्कलनमा वृद्धि भएको हो । खार्जीस्थित यातायात कार्यालयमा दैनिक राजश्व बुझाउन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । राजस्व तिर्न घण्टौँसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । विराटनगर-११ का विमल...
भारतमा बेचिएकी नेपाली बालिकामाथि यौन शोषण, १६ जनाको उद्धार

भारतमा बेचिएकी नेपाली बालिकामाथि यौन शोषण, १६ जनाको उद्धार

विराटनगर । नेपालका विभिन्न जिल्लाबाट भारतमा बेचिएका दुई बालिकासहित १६ जनाको उद्धार गरिएको छ । विभिन्न समयमा बेचिएका बालबालिकाको केही दिनअघि ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेको हो । तीन महिना अघि भारतको ‘आर्केस्टा’मा बेचिएकी १५ वर्षीया एक बालिकालाई सफलतापूर्वक उद्धार गरिएको छ । उद्धारपछि ती बालिकाले बारम्बार यौन शोषणको शिकार हुनुपरेको खुलासा गरेकी छन् । यस्तै १६ वर्षीया अर्की बालिका बेचिनब...
जहदामा प्रहरीकै अगाडि एक परिवारका दुई जनामाथि कुटपिट 

जहदामा प्रहरीकै अगाडि एक परिवारका दुई जनामाथि कुटपिट 

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा डिजे बजाएको विषयमा विवाद हुँदा एक परिवारका दुई सदस्यमाथि निर्घात कुटपिट भएको छ । विवादका क्रममा ३८ वर्षीय मुकेशकुमार साह र उनकी श्रीमती ३२ वर्षीया सीमादेवी साहमाथि कुटपिट भएको हो । प्रहरीका अनुसार सोही ठाउँका ५० वर्षीय बिन्देश्वर सरवरीया, उनकी श्रीमती ५० वर्षीया हिरामनी सरवरीया, छोरा ३० वर्षीय सुनिल र छोरी २६ वर्षीया सुनिताले कुटपिट गरेका हुन् ।...
कोशी प्रदेश सभा कटहरीको कृषि बजारमा बस्ने निश्चित

कोशी प्रदेश सभा कटहरीको कृषि बजारमा बस्ने निश्चित

विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि मोरङको कटहरी स्थित कृषि बजारलाई वैकल्पिक स्थानको रूपमा छनोट गरिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका कारण प्रदेश सभा ध्वस्त भएपछि वैकल्पिक स्थल छनोट गरिएको हो । यसअघि प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृहलाई अस्थायी स्थलको रूपमा प्रयोग गर्ने तयारी गरिएको थियो । तर आर्थिक भार बढी पर्ने भएकाले पुनः कृषि बजारलाई छनोट गरिएक...
जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गा कारोबार बन्द

जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गा कारोबार बन्द

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गासम्बन्धी कारोबार नहुने जनाएको छ । अभिलेखहरू नहुँदा जग्गासम्बन्धी कारोबार प्रभावित भएको कार्यालयले जनाएको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण महत्वपूर्ण अभिलेख नष्ट भएपछि कार्यालयले अभिलेखहरू पुनः कायम गर्न थालेको छ । कार्यालयका सूचना अधिकारी गोपाल दाहालका अनुसार २०७० देखि २०८...
वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन हुने

वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन हुने

विराटनगर । विराटनगरको वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन गर्ने निर्णय भएको छ । कोशी प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेश सभा ध्वस्त भएपछि अस्थायी भवनका रूपमा वीरेन्द्र सभागृह छानिएको हो । प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार सोमबार बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले सभागृह छनोट गरेको...
कोशी प्रदेश सभा सञ्चालनका लागि दुई स्थान प्रस्ताव, टुङ्गो लाग्न बाँकी

कोशी प्रदेश सभा सञ्चालनका लागि दुई स्थान प्रस्ताव, टुङ्गो लाग्न बाँकी

विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृह र कटहरीको कृषि बजारलाई वैकल्पिक स्थलको रूपमा प्रस्ताव गरिएको छ । जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालय जलेर पूर्णरूपमा ध्वस्त भएपछि वैकल्पिक स्थलका रूपमा दुई स्थानलाई तोकिएको हो । प्रदेश सभाको आन्तरिक छलफल अनुसार वीरेन्द्र सभागृहलाई अस्थायी रूपमा प्रयोग गर्ने प्रस्ताव अगाडि सारिएको कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमा...
वर्षापछिको डुबानले विराटनगर कति प्रभावित ?

वर्षापछिको डुबानले विराटनगर कति प्रभावित ?

विराटनगर । केही दिन अघिको अविरल वर्षाका कारण भएको डुबानबाट विराटनगरका करिब एक हजार मानिस प्रभावित भएका छन् । असोज १८ देखि २० गतेसम्म तीन दिनको वर्षाले विराटनगर महानगरको पाँच वटा वडाका २ सय १८ घरमा डुबान हुँदा ९ सय ८१ व्यक्ति प्रभावित भएका हुन् । विराटनगर-१६ दरैयाका ७७ घरमा डुबान हुँदा ३८१ जना, १२ नं.को बखरीमा ७५ घर डुबानमा पर्दा ३५० जना र २ नं. का ३५ घरमा डुबान हुँदा १५० जना प्रभावित भए । त्यस्...
विराटनगरमा दशैँको भव्य सजावट, बाँसका स्वागतद्वारले थप्यो ट्राफिक जाम

विराटनगरमा दशैँको भव्य सजावट, बाँसका स्वागतद्वारले थप्यो ट्राफिक जाम

विराटनगर । विराटनगरमा दशैँको रौनक बढेको छ । मेन रोडस्थित वडा प्रहरी कार्यालय नजिकबाट ट्राफिक चोकसम्म बाँसको प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । यस्तै झिलिमिली बत्ती प्रयोग गरी सजाइएको छ । यसले साँझको समयमा रौनकता थपेको छ । रमणीय बजार क्षेत्रको दृष्यावलोकन गर्न स्थानीयहरू पुग्ने गरेका छन् । विगतका वर्षहरूमा पनि महानगरसँग अनुमति लिएर बजार क्षेत्रलाई सजाइने गरिएको थियो । तर यसपटक भने अनुमति बिनै स...
विराटनगरवासीलाई सुरक्षा चिन्ता, ढुक्क भएर चाडपर्व मनाउन प्रहरीको आग्रह

विराटनगरवासीलाई सुरक्षा चिन्ता, ढुक्क भएर चाडपर्व मनाउन प्रहरीको आग्रह

विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले चाडपर्वको मुखमा सुरक्षा चुनौती थपिएको भन्दै विराटनगरवासी चिन्तित देखिएका छन् । मौकाको फाइदा उठाएर चोरी, डकैती लगायतका आपराधिक घटना हुन सक्ने भन्दै चिन्तित देखिएका हुन् । आन्दोलनका क्रममा प्रहरीको मनोबल कमजोर भएका कारण सक्रिय भएर काम गर्ने वातावरण नहुँदा चिन्ता थपिएको उनीहरू बताउँछन् । आन्दोलनपछि विराटनगरमा ट्राफिक व्यवस...
मोरङका एसपीको चेतावनी : जुवाजन्य खेल खेलाउनेलाई कारबाही गर्छौँ

मोरङका एसपीको चेतावनी : जुवाजन्य खेल खेलाउनेलाई कारबाही गर्छौँ

विराटनगर । मोरङमा जुवाजन्य खेल खेलाइएको पाइएमा कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । चाडपर्वका समयमा जुवाजन्य खेल खेलाउने क्रम बढेको भन्ने सूचनाहरू प्राप्त भइरहेको भन्दै मोरङ प्रहरीले विशेष निगरानी गरिने जनाएको हो । हालसालै मोरङ प्रहरी प्रमुखको जिम्मेबारी पाएका एसपी कवित कटवालले आज पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा यस्ता गतिविधि रोक्न सक्रिय भएर लाग्ने बताए । ‘विभिन्न स्थानमा जुवाजन्य ...
जेनजी आन्दोलनको प्रभाव : विराटनगरका सडकमा छैनन् ट्राफिक, अस्तव्यस्त बन्दै सडक

जेनजी आन्दोलनको प्रभाव : विराटनगरका सडकमा छैनन् ट्राफिक, अस्तव्यस्त बन्दै सडक

विराटनगर । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले विराटनगरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । केही दिनदेखि सडकमा ट्राफिक प्रहरी देखिए पनि उनीहरूले पूर्ण रूपमा काम गर्ने वातावरण नबनेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिएको हो । कोशी प्रदेशको राजधानी सहर समेत रहेको विराटनगरमा चाडपर्व नजिकिएसँगै सवारी साधनको चाप बढ्दै गएको छ । त्यसमाथि ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या धेरै हुँदा दुर्घ...
किन पर्छ भारतीय बजार जोगबनी नेपाली उपभोक्ताको रोजाइमा ?

किन पर्छ भारतीय बजार जोगबनी नेपाली उपभोक्ताको रोजाइमा ?

विराटनगर । भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताको घुँइचो सँधै लाग्छ । चाडपर्वको बेला अन्य समयको तुलनामा थेगिनसक्नु भीड हुन्छ । दशैँ सुरु भएसँगै आवश्यक सामान खरिदका लागि विराटनगरसहित अन्य स्थानका उपभोक्ता पनि जोगबनी पुग्छन् । यता विराटनगर बजारमा भने अपेक्षाकृत व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् । उपभोक्ता नेपाली बजारको तुलनाका निक्कै सस्तोमा उपभोग्य सामान जोगबनीमा पाउने बताउँछन् । दशैँका ला...
विराटनगरमा ‘संघर्षदेखि समाधानसम्म’ विचार तथा विमर्श कार्यक्रम

विराटनगरमा ‘संघर्षदेखि समाधानसम्म’ विचार तथा विमर्श कार्यक्रम

विराटनगर । देशभरि फैलिएको पछिल्लो राजनीतिक तथा सामाजिक आन्दोलनका विषयमा गहिरो बहस र छलफल गर्न विराटनगरमा ‘संघर्षदेखि समाधानसम्म’ विचार तथा विमर्श कार्यक्रम गरिएको छ । विराटनगर यूथ रिभोलुसनको आयोजनामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू, युवापुस्ता र जेनजी सहभागि थिए । उनीहरूले पछिल्लो घटनाक्रम तथा आन्दोलनको आवश्यकता, चुनौती र सम्भावित समाधानबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।...
दशैँ नजिकिएसँगै विराटनगरको बजारमा बढ्यो चहलपहल

दशैँ नजिकिएसँगै विराटनगरको बजारमा बढ्यो चहलपहल

विराटनगर । नेपालीहरूको महान् चाड दशैं नजिकिएसँगै विराटनगरको बजार क्षेत्रमा चहलपहल बढेको छ । किनमेलका लागि उपभोक्ताहरू आउन थालेसँगै व्यापारीहरू पनि व्यस्त भएका छन् । विराटनगरको जलजला चोक सहित मुख्य बजार क्षेत्रमा यतिबेला उपभोक्ताको बाक्लो भीड लाग्ने गरेको छ । जेनजी आन्दोलनका कारण केही दिन ठप्प भएको व्यवसाय पुनः लयमा फर्किन थालेसँगै व्यापारीहरू उत्साहित भएका छन् । जलजला चोकमा व्यवसाय गर्दै आएका ज...
दिल्लीमा फेला परेकी नेपाली बालिकाको परिवार पहिचानका लागि अपिल

दिल्लीमा फेला परेकी नेपाली बालिकाको परिवार पहिचानका लागि अपिल

विराटनगर । भारतको दिल्लीमा एक नेपाली बालिका फेला परेकी छिन् । तर उनको नेपालमा घर कहाँ हो भनेर स्पष्ट खुल्न सकेको छैन । दिल्लीस्थित ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर बालिकाको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । संस्थाका अनुसार करिब १७ वर्षीया बालिकाले आफ्नो नाम सवाना बताएको जनाएको छ । उनले बुवाको नाम तसलिम मन्सुरी, आमा रोशन तारा, दाजुहरू नाजीम र सलिम, भाइ साजीम तथा दिदीहरू रिजावा...
विराटनगर विमानस्थलको भीआईपी कक्षमा ताला, यात्रु कक्षबाटै आवत-जावत

विराटनगर विमानस्थलको भीआईपी कक्षमा ताला, यात्रु कक्षबाटै आवत-जावत

विराटनगर । विराटनगर विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको छ । जेनजी आन्दोलन पश्चात नेपाल नागरिक उड्यन प्राधिकरणको निर्देशन अनुसार भीआईपी कक्ष बन्द गरिएको हो । भीआईपी कक्ष बन्द भएपछि विमानस्थलमा अनावश्यक भीड हटेको छ । विमानस्थलका अनुसार भीआईपी कक्षकै कारण सुरक्षा चुनौती थपिएको थियो । सबै यात्रु सरह सुविधा उपलब्ध हुनेगरि भीआईपी कक्ष बन्द गरिएको विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए । काठमाडौं ...
error: Content is protected !!