मन्टेश्वरीमा भौतिक संरचना निर्माण गर्न त्रिपक्षीय सम्झौता
विराटनगर । विराटनगर-८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ । जसका लागि त्रिपक्षीय सम्झौता भएको छ । आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर-८, विद्यालय र राउन्ड टेबल-५ बीच सम्झौता भएको हो ।
वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउन्ड टेबलका तर्फबाट अध्यक्ष पीयूष लुनिया र सचिव राजन भगतले सम्झौता पत्रमा हस्...






























