विपदमा सबैभन्दा पहिला स्थानीय निकाय क्रियाशील हुनुपर्छ : गृहमन्त्री लेखक
विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुरक्षाको स्थिति कायम राख्नका लागि वृहत रूपमा काम भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘शान्ति, सुरक्षाको अवस्था, अपराध नियन्त्रणको विषय अहिले तपाईँहरूले हेर्नुभयो भने पछिल्लो समयमा धेरै पहिला अपराध गरेका मान्छेहरू पनि पक्राउ परिरहेका छन्’, उनले भने, ‘...






























