बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला
विराटनगर । बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका-१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा ५२ वर्षीय बस्नेत मृत फेला परेका हुन् ।
झापा गोल्डकपका पूर्वअध्यक्ष समेत रहेका बस्नेत समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय रहँदै आएका थिए । उनी नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत हुन...


























