धनकुटाका एक व्यक्तिद्वारा आत्मदाह प्रयास
धनकुटा । धनकुटामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् ।
आत्मदाहको प्रयास गरेका उनलाई श्रीमतीले देखेपछि आगो निभाएकी थिइन् । उनको अनुहार, छाती र ढाड जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनको शरीरको करिब १७ प्रतिशत भाग डढे...






























