नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

धनकुटा । नेपाल प्रहरी रानी विराटनगरले दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको चौबिसे गाउँपालिकाको हंसमोरङमा त्रिवेणी खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै प्रहरीले उपाधि जितेको हो । फाइनलमा प्रहरीले ट्रेनिङ सेन्टरलाई २६-२४, २५-२२ र २५-२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । विजेता हुँदै नेपाल प्रहरी रानी विरा...
पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगर प्राइम राउन्ड टेबल १० ले विराटनगर-१९ घिनाघाट स्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । मकर संक्रान्तिको अवसर पारेर एक सय ५० जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो । संस्थाका अध्यक्ष भास्कर सोनी लगायत प्रतिनिधिहरूले विद्यार्थीहरूलाई स्विटर वितरण गरेका हुन् । आज सार्वजनिक विदा भएपनि शिक्षक र बालबालिकालाई विद्यालयमा बोलाएर स्विटर वितरण गरिएको ...
विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । विराटनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे विराटनगर-१४ हिमाल आँखा अस्पताल अगाडि रानीबाट विराटनगर आउँदै गरेको बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बसको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको हो । प्र १-०१-००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा खातुन गम्भीर घा...
विराट एक्स्पोमा बिजनेश क्लिनिक

विराट एक्स्पोमा बिजनेश क्लिनिक

विराटनगर । उद्योग सङ्गठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्न लागेको आठौँ संस्करणको विराट एक्स्पोमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरेको छ । उद्योगी व्यवसायीका उद्योग विशेष समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरिएको हो । एक्स्पोमा बिजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरिने भएको हो । जसबाट अवलोकनकर्ता उद्योगी ...
लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगरलाई ७८ अङ्क

लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगरलाई ७८ अङ्क

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक समानता एवं सामाजिक  समावेशीकरण (लैससास) परीक्षणमा ७८ अङ्क पाएको छ । आर्थिक वर्ष २०८०/८१ को परीक्षणमा महानगरले ७८ अङ्कसहित उत्कृष्ट नतिजा ल्याएको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा...
विराटनगर जेसिजको ५२ औं अध्यक्षमा दाहाल

विराटनगर जेसिजको ५२ औं अध्यक्षमा दाहाल

विराटनगर । विराटनगर जेसिजको ५२ औं अध्यक्षको रूपमा प्रीतेशराज दाहालले पदभार ग्रहण गरेका छन् । २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका दाहालले पदभार ग्रहण गरेका हुन् । वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शङ्कर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभास भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी, शिवराज पोखरेल र अनुज दाहाल तथा जनसम्पर्क अधिकारीमा निर्वाचि...
धरानका मेयरले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घको निष्कर्ष 

धरानका मेयरले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घको निष्कर्ष 

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घले निष्कर्ष निकालेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले बुझाएको प्रतिवेदनलाई आधार मानेर महासङ्घले यस्तो निष्कर्ष निकालेको हो । केन्द्रीय सदस्यद्वय कमल रिमाल र ...
सुनको मूल्य बढ्यो 

सुनको मूल्य बढ्यो 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक हजार छ सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने यथावत छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार आठ...
आजबाट सुरु भयो स्वस्थानी व्रत कथा 

आजबाट सुरु भयो स्वस्थानी व्रत कथा 

विराटनगर । आजबाट स्वस्थानी व्रत कथा शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ...
बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ टंकी चोकबाट बाढीको पानी खदरा खोला हुँदै सिङ्घिया नदीमा मिसाउने निर्णय प्रति स्थानीयले आपत्ति जनाएका छन् । प्रभावित क्षेत्रका स्थानीयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई किलोमिटर पूर्वको खदरा खोला हुँदै सिङ्घिया खोलामा बाढी मिसाउने निर्णय गलत भएको बताएका हुन् । उनीहरूले विभिन्न माग राख्दै यो निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए । उनीहरूले बिना सरकारी...
मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब्बल कार्यसम्पादन गर्ने बताएका छन् । बुधबार मोरङको सीडीओका रूपमा पदभार सम्हालेका यादवले आज पत्रकारहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् । उनले कार्यालयले प्रवाह गर्ने सेवालाई चुस्तदुरुस्त राख्दै सहज सेवा उपलब्ध गराउने उल्लेख गरे । आफूले धेरै जिल्लामा सीडीओ भएर काम गरिसकेको बताउँदै सबैभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । ...
लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित शिवरात्रिमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । शिवरात्रिबाट लेगुवा आउँदै गरेको बा ५४ प ७५९० नम्बरको मोटरसाइकलले आज बिहान ११ः४५ बजे स्थानीय माझी गाउँका ४३ वर्षीय पदम राईलाई ठक्कर दिएको हो । बाटो पार गर्ने क्रममा राईलाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि ध...
कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्ने निर्णय भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ ७ गतेका लागि बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए ।
आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । आज  चाँदी...
सुरज रानाको ‘जब कविता जुलुसमा निस्कन्छ’ विमोचन

सुरज रानाको ‘जब कविता जुलुसमा निस्कन्छ’ विमोचन

इटहरी । कवि सुरज रानाको कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’ को गृह विमोचन गरिएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो । सङ्ग्रहमा ४५ वटा कविता समावेश छन् । कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना-जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षक...
कोशी प्रदेशसभामा मनाइयो पृथ्वी जयन्ती

कोशी प्रदेशसभामा मनाइयो पृथ्वी जयन्ती

विराटनगर । कोशी प्रदेशसभामा राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्ती मनाइएको छ । कोशी प्रदेशसभा सचिवालयले आज बिहान एक कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सचिवालय परिसरमा राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदान-प्रदान गरे । राष्ट्रिय प्रजातन्त्र पा...
धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब ४ बजेको समयमा चौबिसे गाउँपालिका–७ किराँत चोकका ६५ वर्षीय मुसलमान लामाङको मृत्यु भएको हो । घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका तामाङलाई तत्काल उपचारका लागि घरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो । उनको घोपा पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश ...
धनकुटा नगरमा आइतबार शोक बिदा

धनकुटा नगरमा आइतबार शोक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । बिहीबार राति भएको पिकअप दुर्घटनामा नगरपालिकाका सफाइकर्मी प्रमोदकुमार मल्लिकको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले शुक्रबार सूचना जारी गर्दै २८ गते आइतबार धनकुटा नगरपालिका कार्यालय तथा वडा कार्यालय बन्द रहने निर्णय भएको उल्लेख गरेका छन् । सिराहाको लाहान घर भएका मल्लिकको पाख्रीबास नगरपालिका-३ जोउटार...
अमेरिकामा पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु

अमेरिकामा पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु

विराटनगर । अमेरिकाको भर्जिनिया स्थित शेन्टिलीमा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । बिहीबार स्थानीय समयअनुसार बिहान साढे सात बजे विन्गेट बाई विन्डहम होटल नजिकै हिउँमा चिप्लिएर पोखरीमा कार डुब्दा उनीहरूको मृत्यु भएको हो । गाडी आंशिक रूपमा जमेको पानीमा डुबेपछि चालक ५५ वर्षीय कर्ण खड्का र गाडीमा सवार २० वर्षीय निश्चल भट्ट फसेका थिए । उद्धार टोली पुग्दा १० फिट गहिरो पानीमा डुबेको अव...
सभामुखले मुख्यमन्त्री कार्कीलाई बुझाए अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र

सभामुखले मुख्यमन्त्री कार्कीलाई बुझाए अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च नेपालले सार्वजनिक गरेको घोषणा पत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएका छन् । सभामुख विष्टले मञ्चको १० औं सम्मेलनले सार्वजनिक गरेको घोषणापत्र मुख्यमन्त्री कार्कीलाई बुझाएका हुन् । घोषणापत्रमा सङ्घीयता र संविधान कार्यान्वयनदेखि संसद्को आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा ...
विराटनगरमा हुने प्रेस चौतारीको १० औं महाधिवेशन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

विराटनगरमा हुने प्रेस चौतारीको १० औं महाधिवेशन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

विराटनगर । आगामी फागुनमा विराटनगरमा हुने प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । चौतारीको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्दै प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने तय भएको हो । यसैगरी महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तय भएको सङ्गठनका महासचिव हिरामान लामाले जानकारी दिए । महाधिवेशन...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन प्रतितोला आठ सय रुपैयाँले बढेको थियो । सो दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी ...
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ जोउटारमा सुँगुर बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पिकअप चालक पाख्रीबास नगरपालिका–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह-चालक लहान नगरपालिका-५ सिराहाका २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो । मल्लिकको घटनास्थलमै मृत्यु भएको थियो । तामाङलाई जिल्ला अस्पताल धनकुटा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धन...
धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने

धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा खुला पुरुष तथा महिला छैटौँ रनिङ चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । आज आयोजक चौबिसे गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । चौबिसे गाउँपालिका-२, मुढेबास स्थित त्रिवेणी खेल मैदानमा आगामी माघ १ देखि ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा चौबिसे गाउँपालिका भित्रका पुरुष र महिलाको ८/८ टिमको सहभागी हु...
क्यानडामा गाडीले ठक्कर दिँदा खोटाङका गिरीको मृत्यु

क्यानडामा गाडीले ठक्कर दिँदा खोटाङका गिरीको मृत्यु

विराटनगर । क्यानडामा सडक दुर्घटनामा परेर खोटाङका युश गिरीको मृत्यु भएको छ । क्यानडाको समय अनुसार मङ्गलबार राति साढे १० बजेको समयमा क्युबेक सिटीमा उनको मृत्यु भएको हो । क्युबेक सिटीको सडकमा गाडी रोकेर बसेका उनलाई अर्को गाडीले ठक्कर दिएको जनाइएको छ । उनको घटनास्थलमै मृत्यु भएको उल्लेख गरिएको छ । गिरी क्यानडाको ब्राम्टनमा बस्दै आएका थिए । उनी अध्ययनका लागि सन् २०२२ जनवरी ११ मा क्यानडा गएका थिए । ...
मोरङको सुन्दरहरैँचामा भेटियो द्वन्द्वकालमा राखेको सिलिण्डर बम

मोरङको सुन्दरहरैँचामा भेटियो द्वन्द्वकालमा राखेको सिलिण्डर बम

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मालती पुल आसपासमा सिलिन्डर बम फेला परेको छ । तीन-चार दिनदेखि खोजी गरिरहेको सेनाको टोलीले आज सिलिन्डर बम फेला पारेको हो । मोरङ प्रहरीका अनुसार द्वन्द्वकालमा नै बम राखिएको सूचना आएपछि नेपाली सेनाको प्राविधिक टोलीसहितले केही दिन अघिबाट खोजी कार्य सुरु गरेको थियो । ‘त्यो ठाउँमा द्वन्द्वकालमा नै बम राखिएको भन्ने सूचना आएको थियो’, जिल्ला प्रहरी कार्यालय मोर...
बैशाखमा सर्‍यो कोशी प्रदेश सरकारको लगानी सम्मेलन 

बैशाखमा सर्‍यो कोशी प्रदेश सरकारको लगानी सम्मेलन 

विराटनगर । कोशी प्रदेश सरकारले माघमा गर्ने भनेको लगानी सम्मेलन बैशाखमा सरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । यसअघि माघ ११, १२ र १३ गते लगानी सम्मेलन हुने जनाइएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन लगायतका लागि समय अभाव भएकाले सम्मेलन सार्ने निर्णय गरिएको ज...
पाँचथरमा मानसिक सन्तुलन गुमाएका ब्यक्तिले घरमा लगाइदिए आगो 

पाँचथरमा मानसिक सन्तुलन गुमाएका ब्यक्तिले घरमा लगाइदिए आगो 

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ घुवाखोलामा मानसिक सन्तुलन गुमाएका व्यक्तिले घरमा आगो लगाइदिएका छन् । आज स्थानीय पञ्चबहादुर राईको फुसको छानो भएको घरमा तुम्बेवा गाउँपालिका-४ का रामचन्द्र राईले आगो लगाइदिएका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहका अनुसार आगजनीबाट सात लाख बराबरको क्षति भएको छ । आगजनीबाट एक घर, दुई वटा गोठ, घरमा राखिएको अन्नपात जलेर नष्ट भएको छ । आगजन...
भोजपुरको चखेवामा मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि कृषि मेला

भोजपुरको चखेवामा मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि कृषि मेला

विराटनगर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को अवसरमा सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरेको छ । स्थानीय कृषि उत्पादन, सांस्कृतिक परम्परा र पर्यटकीय गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मेला आयोजना गरिएको हो । माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्‌घाटन गर्नेछन् । उद्घा...
बेलबारी र सुन्दरहरैँचामा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

बेलबारी र सुन्दरहरैँचामा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

विराटनगर । मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  सुन्दरहरैँचा नगरपालिका-९ नागदेवीमा बुधबार बेलुका मोटरसाइकल र स्कुटर हुँदा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार प्र १-०२-०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १-०२-०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा-९ की ३८ वर्षीया प्रमिला श्रेष्ठ...
विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

विराटनगर । विराटनगरको इष्टर्न स्टार होटलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । भारतको बिहार पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत फेला परेका हुन् । बुधबार सियाराम नामक कपडा कम्पनीमा काम गर्ने समूह विराटनगरमा ‘रिफ्रेसमेन्ट’ का लागि विराटनगर आएको थियो । मोरङ प्रहरीका अनुसार साह पनि सोही कम्पनीमा काम गर्थे । होटलमा बेलुका कक्टेल डिनरसहितको कार्यक्रम भएको थियो । सोही क्रममा साहले बढी ...
error: Content is protected !!