धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटा । धनकुटामा आजदेखि कोशी प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदैछ । घरेलु तथा कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले मेला आयोजना गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिउँसो १ बजे मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । धनकुटा-६ स्थित औद्योगिक ग्...
उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित

उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित

विराटनगर । स्वास्थ्यकर्मीमाथि हातपात घटनाको विरोधमा मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरु अस्पतालको ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही तथा सुरक्षाका लागि अस्पताल परिसरमा प्रहरी बिट राख्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । घटनामा संलग्नमाथि कारबाही गरिनुका साथै सुरक्षाको प्रत्याभूति गरिनुपर्ने माग ...
आफ्नै रेकर्ड तोड्दै कामीरिता पुगे ३०औँ पटक सगरमाथा चुचुरो

आफ्नै रेकर्ड तोड्दै कामीरिता पुगे ३०औँ पटक सगरमाथा चुचुरो

विराटनगर । ११ दिनमै आफ्नो कीर्तिमान तोड्दै आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले ३०औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान ७ः४९ बजे उनी ३०औँ पटक चुचुरोमा पुग्न सफल बनेका हुन् । गत वैशाख ३० गते आइतबार कामीरिता २९औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । पर्यटन विभागका अनुसार उनले सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान तोडेका हुन् । फोर्टिन पिक एक्पीडिसन कम्प...
कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बुधबार सुनुवाइ हुँदैछ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा गत साता रिट दर्ता गराएका थिए । उनले आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार बनाउने प्रक्रिया असंवैधानिक भएको दाबी गरेका छन् । यसैगरी, आफू नेतृत्वको सरकारलाई नै निरन्तरता दिन माग पनि उनले गरेका छन् । कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार स्वत...
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार राति बलात्कार गरेको जानकारी प्रहरीसमक्ष पुगेपछि उनको खोजी सुरु गरिएको थियो । खोजीका लागि परिचालित गछियास्थित प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो । पीडित बालिकाको तर्फबाट प...
राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’ समापन

राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’ समापन

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ समापन गरिएको छ । ललितपुरको कुमारीपाटी शाखामा मंगलबार आयोजित कार्यक्रमसँगै समापन गरिएको हो । बैशाख २९ गते काठमाडौंमा भएको कार्यक्रम बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङमा आयोजना भएको थियो । कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु स...
कोशीका विभिन्न जिल्लामा गतिविधि गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’

कोशीका विभिन्न जिल्लामा गतिविधि गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’

विराटनगर । ‘बहुलराष्ट्रिय राज्य स्थापनार्थ’ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो र बुद्ध छिरिङ मोक्तानले सञ्चालन गरेको ‘राष्ट्रिय मुक्ति क्रान्ति’ ले पूर्वमा विविध गतिविधि गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । उक्त संगठनको गभर्निङ्ग काउन्सिलले जेठ ७ देखि २६ गतेसम्म विविध कार्यक्रम गर्ने सार्वजनिक गरेको छ । कार्यक्रम विस्तार साथै व्यवस्थापनमा सनम लिम्बू र सन्तोष मेहतालाई जिम्मेवारी दिइएको जनाइएको छ ...
दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

विराटनगर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीमा रहेको कार्यालयबाट पक्राउ गरेको हो । दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । उनले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । यसैबी...
विराट मानव सेवा समाजमा नयाँ नेतृत्व

विराट मानव सेवा समाजमा नयाँ नेतृत्व

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहँदै आएको विराटनगरस्थित विराट मानव सेवा समाजमा नयाँ नेतृत्व चयन भएको छ । कृष्णबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिनेशराज सुवेदी, उपाध्यक्षमा श्यामसुन्दर (मिलन) पौडेल, सचिवमा सञ्जित रिजाल, सहसचिवमा राजकुमार दाहाल र कोषाध्यक्षमा निर्मला अधिकारी तथा सहकोषाध्यक्षमा दिलिप तामाङ चयन भएका छन् । यसैगरी, का...
विराटनगरमा अदालत छेउबाट मोटरसाइकल चोर्न खोज्ने २ भारतीय पक्राउ

विराटनगरमा अदालत छेउबाट मोटरसाइकल चोर्न खोज्ने २ भारतीय पक्राउ

विराटनगर । मोरङ जिल्ला अदालत परिसर अगाडि राखिएको मोटरसाइकल चोरी गर्ने प्रयास गर्दै गरेको अवस्थामा मंगलबार प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतको मिरगन्जका २८ वर्षीय एहसान सेख र २० वर्षीय साजिद रजालाई नियन्त्रणमा लिइएको हो । अदालत अगाडि सडकमा पार्किङ गरी राखिएका दुईवटा मोटरसाइकल उनीहरुले चोरी गर्ने प्रयास गरेका थिए...
विराटनगरले जित्यो मिल्स टि–२० क्रिकेटको उपाधि

विराटनगरले जित्यो मिल्स टि–२० क्रिकेटको उपाधि

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसीसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफी हात पारेको छ । उपविजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चित्त बुझायो । वाइ...
मोरङ कारागारका एकजना कैदीको मृत्यु

मोरङ कारागारका एकजना कैदीको मृत्यु

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारका एकजना कैदीको मंगलबार मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० घर भएका ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो । मुटुसम्बन्धी समस्या भएका थापा एक्कासि बेहोस भएका थिए । उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । कारागार प्रशासनका अनुसार थापा लागूऔषध मुद्दामा ज...
करेन्ट लागेर मोरङको बेलबारीमा एकजनाको मृत्यु

करेन्ट लागेर मोरङको बेलबारीमा एकजनाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर मंगलबार स्थानीय कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर बेलबारी नगरपालिका–९ का ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको हो । आफूले सञ्चालन गरेको कुखुरा फार्ममा पंखा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
धनकुटाको महालक्ष्मीमा निःशुल्क स्वास्थ्य शिविर

धनकुटाको महालक्ष्मीमा निःशुल्क स्वास्थ्य शिविर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार नगरपालिकाले वडा नम्बर १ र ८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा वडा नम्बर १ मा ७१ जना र वडा नम्बर ८ मा ८३ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा आङ खस्ने, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिनुका साथै परिवार योजनाका साधन सेवालगायतका बारेमा समेत ...
प्रेस युनियनले विराटनगरमा दौड प्रतियोगिता आयोजना गर्ने

प्रेस युनियनले विराटनगरमा दौड प्रतियोगिता आयोजना गर्ने

विराटनगर । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसका अवसरमा युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता आयोजना हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीन...
सरकारमा नहुँदा कांग्रेस छटपटाएको होः ओली

सरकारमा नहुँदा कांग्रेस छटपटाएको होः ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास र मूल्य मान्यतामा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा नहुँदा छटपटाउनु र पानीबाट बगरमा निकालेको माछाजस्तो भट्याकभट्याक गरेर कांग्रेसले अचम्मको अवस्था बनाएको अध्यक्ष ओलीले टिप्पणी गरे । कांग्रेसले संविधान जारी भएदेखि...
किशोरीलाई धम्क्याएर बलात्कार गरेको आरोपमा पक्राउ

किशोरीलाई धम्क्याएर बलात्कार गरेको आरोपमा पक्राउ

संखुवासभा । एक किशोरीलाई धाकधम्की दिंदै जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई धम्क्याएर गत जेठ १ गते जबर्जस्ती करणी गरेको आरोपमा २१ वर्षीय गयामणि राई (देवान) लाई प्रहरीले पक्राउ गरेको हो । पीडित परिवारका तर्फबाट जेठ ५ गते प्राप्त भएको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीका क्रममा मादी नगरपालिका–६ मा हिँडिरहेको अवस्थामा फेला ...
यी सावधानी अपनाए चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ

यी सावधानी अपनाए चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ

विराटनगर । वर्षायाम सुरु हुँदैछ । मनसुनको मुख्य अवधि सुरु हुनुभन्दा पहिले हाल ‘प्रि–मनसुन’ को अवस्था छ । यस बेला विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै हावाहुरी र चट्याङ पनि पर्ने गर्छ । चट्याङले हरेक वर्ष धनजनको क्षति हुने गरेको छ । निश्चित कुराहरु पालना गर्न सके चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । यसका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सूचनामूलक सन्देश जारी गरेको छ । ...
प्रतिबन्धित लागूऔषधसहित मोरङ, सुनसरी र झापाका ५ जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित मोरङ, सुनसरी र झापाका ५ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोमवार सुनसरीको कोशी गाउँपालिका–१ पुरी टोलबाट इनरुवा नगरपालिका–६ का २६ वर्षीय सुशान्त खनाललाई पक्राउ गरेको हो । उनको साथबाट ३ ग्राम ९१ मिलिग्राम ब्र...
मोरङको बेलबारीमा बाल कला-साहित्य महोत्सव हुने

मोरङको बेलबारीमा बाल कला-साहित्य महोत्सव हुने

विराटनगर । मोरङको बेलबारीमा ‘बेलबारी बाल कला-साहित्य महोत्सव २०८१’ आयोजना हुने भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवका अवसरमा बाल कला र साहित्यबारे विस्तृत अन्तरक्रिया गरिने भएको छ । महोत्सव आगामी जेठ १७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यस अवसरमा विभिन्न विषयमा केन्द्रित रहेर कार्यशालाहरु सञ्चालन हुने जनाइएको छ । यसका लागि कार्यक्रम संयोजन गर्न बेलबारी...
इलामबाट भारत लैजान खोजिएको लाखौंका सामान बरामद

इलामबाट भारत लैजान खोजिएको लाखौंका सामान बरामद

इलाम । सीमावर्ती क्षेत्रबाट भन्सार छलेर भारततर्फ लैजान खोजिएको लाखौंका सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । इलामको सूर्याेदय नगरपालिका–२ मा बोलेरो पिकअप गाडीसहित सामान नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको उक्त सामान करिब १८ लाख रुपैयाँ बराबरको भएको जनाइएको छ । प्रदेश १–०३–००१ ज ००१९ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गस्ती टोलीलाई देखेपछि चालक भने ...
कोशीको पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

कोशीको पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा आज वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ । विभागका अनुसार आज देशका केही भागहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । कोशी र लुम्बि...
मोरङमा जेठ १३ देखि बालबालिकालाई पोलियोविरुद्ध खोप अभियान

मोरङमा जेठ १३ देखि बालबालिकालाई पोलियोविरुद्ध खोप अभियान

विराटनगर । मोरङमा आगामी जेठ १३ गतदेखि पोलियो विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । यो अभियान जेठ २२ सम्म सञ्चालन हुने जनाइएको छ । स्वास्थ्य कार्यालय मोरङका अनुसार अभियानमा क्रममा जिल्लाका ५२ हजार ३५२ बालबालिकालाई खोप लगाइने छ । विभिन्न स्थानमा रहने ६७२ वटा खोप केन्द्रबाट ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । सबैभन्दा धेरै बालबालिका रहेको (१८ हजार ८६४ जना) विराटनगर महानगरपाल...
संखुवासभामा चट्याङ लागेर ७२ वटा भेडा मरे

संखुवासभामा चट्याङ लागेर ७२ वटा भेडा मरे

संखुवासभा । वर्षासँगै परेको चट्याङले संखुवासभामा ७२ वटा भेडा मरेका छन् । जिल्लाको सभापोखरी गाउँपालिका–५ पेरुम्बामा दुई दिनअघि मध्यरातमा परेको चट्याङ लाग्दा भेडीगोठमा रहेका भेडा मरेका हुन् । प्रहरीका अनुसार स्थानीय सोमबहादुर लिम्बुको भेडीगोठमा रहेका ७२ वटा भेडा मरेका हुन् । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी नायब निरीक्ष्क हरिकुमार भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो...
दुहबी र इटहरीका आगलागी पीडितलाई राहत

दुहबी र इटहरीका आगलागी पीडितलाई राहत

सुनसरी । सुनसरीको दुहबी र इटहरीका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । दुहबी नगरपालिका–९ छाताबेलीका ११ परिवारलाई राहत वितरण गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितिमा पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी हुन् । प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्याण्ड फ्यान, स्...
अरूण तेस्रो जलविद्युत् आयोजनाका पीडितप्रति आयोगको चासो

अरूण तेस्रो जलविद्युत् आयोजनाका पीडितप्रति आयोगको चासो

संखुवासभा । निर्माणको क्रममा रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाका मुआब्जा पीडितप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । पीडितले उजुरी दिएपछि आयोगले यसमा चासो देखाएको हो । पीडितले आयोगमा ३ महिनाअघि उजुरी दिएका थिए । यस क्रममा आयोगको टोलीले स्थलगत रुपमा बुझ्ने काम पनि सुरु गरेको छ । आयोगका सदस्य मनोज दुवाडी सहितको टोलीले आइतबार अरुण तेस्रो आयोजनाको पावरहाउस स्थलस...
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा झापाका डा. राजेन्द्र अधिकारी नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकमा मुख्यमन्त्री हिक्मततकुमार कार्कीको प्रस्तावमा झापाको बिर्तामोडका अधिकारीलाई आयोग उपाध्यक्षमा नियुक्त गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । अधिकारी झापाको ...
विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१९ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार राति आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लाग्दा स्थानीय ३० वर्षीय राजु ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङको टोली...
ग्रामथानमा दुर्घटना हुँदा सबइन्जिनियरको मृत्यु

ग्रामथानमा दुर्घटना हुँदा सबइन्जिनियरको मृत्यु

विराटनगर । मोरङको ग्रामथानमा आइतबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–५ तेतरिया चोकनजिक राति करिब १० बजे भएको दुर्घटनामा गाउँपालिकाका सबइन्जिनियर महमद मुख्तार खाँको मृत्यु भएको हो । ३५ वर्षीय खाँ विराटनगर महानगरपालिका-१ मा बस्दै आएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो आर्या अस्पताल ल्याइएको थियो । ल्याएको केही बेरमा चिकित्सकले ...
दुई सातादेखि विराटनगरमा बेवारिसे बसिरहेकी बालिकाको उद्धार

दुई सातादेखि विराटनगरमा बेवारिसे बसिरहेकी बालिकाको उद्धार

विराटनगर । सुनसरीको दुहबी घर बताउने १५ वर्षीया बालिका दुर्गा उरावको आइतबार साँझ उद्धार गरिएको छ । विराटनगर–५ जामुनगाछीस्थित खेतमा बनाइएको छाप्रोमा दुई सातादेखि बेवारिसे अवस्थामा बसिरहेकी उनको स्थानीयको पहलमा उद्धार गरिएको हो । उनी जामुनगाछी वरपर नियमित हिँडेको देखेपछि स्थानीयले सोधखोज गरेका थिए । उनले कामको खोजीमा हिँडेको बताउने गरेकी थिइन् । तर छाप्रो नजिकैका स्थानीयले केही दिनदेखि उनलाई त्यही...
विराटनगरका होराइजन र वाइआरसीसी मिल्स क्रिकेटको फाइनलमा

विराटनगरका होराइजन र वाइआरसीसी मिल्स क्रिकेटको फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो । उपाधिका लागि दुई टिमबीच मंगलबार दिउँसो १ बजे खेल हुनेछ । यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वा...
error: Content is protected !!