झापाको सुरुंगामा बस दुर्घटना

झापाको सुरुंगामा बस दुर्घटना

झापा । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटना भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

सङ्खुवासभा । सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण ...
भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुर । भोजपुरमा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो । चरन क्षेत्र अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रवि...
सिरहामा सर्पदंशबाट युवतीको मृत्यु

सिरहामा सर्पदंशबाट युवतीको मृत्यु

जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो । सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख ००३५ नम्बरको बसले गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उप...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८२...
महिला लिग आजदेखिः उद्‌घाटन खेलमा कोशी र वालिङ भिड्ने

महिला लिग आजदेखिः उद्‌घाटन खेलमा कोशी र वालिङ भिड्ने

काठमाडौँ । एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको उद्‌घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा सुरु हुनेछ । प्रतियोगिताको उद्‌घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार लिग दुई चरणमा हुनेछ । लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागीय तीन टोली त्रिभुवन आर्मी, एपीएफ र...
सुशील कोइराला फाउण्डेसनद्वारा महिला नेतृहरू सम्मानित   

सुशील कोइराला फाउण्डेसनद्वारा महिला नेतृहरू सम्मानित   

विराटनगर । सुशील कोइराला फाउण्डेसनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पुर्याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ । तीजका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेसनले पाँचजना महिलालाई सम्मान गरेको हो । ‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेसनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई सम्मा...
झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ ले निर्देशन गरेको नाटकको ५१ औँ शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा ३० शो तथा झोराहाटमा २१ शो मञ्चन भएको हो । नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगर लगायतका स्थानबाट बाक्लो स...
मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

विराटनगर । मोरङको सुन्दरहरैँचामा आज दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केराघारीभित्र दिदीबहिनी मृत भेटिएका हुन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आइका र १ वर्षीया अर्पणा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनीहरूलाई केराघारीमा मृत अवस्थामा देखेर प्रहरीमा खबर गरेका थिए । अर्जुनकी श्रीमती २९...
हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा तामाङ

हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा तामाङ

धनकुटा । हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा आशिष तामाङ निर्वाचित भएका छन् । क्लबको शनिबार भएको छैटौँ साधारणसभाबाट तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो । क्लबको उपाध्यक्षमा राम प्रधान, सचिवमा लक्ष्मण प्रधान, सहसचिव पेम्बा लामा र कोषाध्यक्षमा कुमार तितुङ चयन भएका छन् । सदस्यमा श्रीओम श्रेष्ठ, सन्तोष राणा, अम्बर तितुङ, रमेश श्रेष्ठ, अरुणा तामाङ, प्रमिला बरुवाल ठकुरी चुनिएका छ...
हत्या मुद्दामा जन्मकैद सजाय पाएका दोषी पक्राउ

हत्या मुद्दामा जन्मकैद सजाय पाएका दोषी पक्राउ

झापा । हत्या मुद्दामा जन्मकैद सजाय पाएर फरार रहेका पाँचथरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको च्याङथापु घर भइ झापाको दमक–१० बस्दै आएका ३३ वर्षीय सुजन बेघा छन् । प्रहरीका अनुसार २०६७ जेठ २९ गते उनले स्थानीय खगेन्द्र राईलाई कुटपिट गरेका थिए । उपचारका क्रममा राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १४ गते मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान गरी मुद्दा ...
खोटाङमा चट्याङले तीनजना घाइते

खोटाङमा चट्याङले तीनजना घाइते

खोटाङ । चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीनजना गम्भीर घाइते भएका छन् । गएराति परेको चट्याङले स्थानीय मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस, दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा र टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा उपचार भइरहेको छ । सुरुमा बेहोस भएका उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको...
चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ छन् । माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो । उनीसँगै रहेका स्थानीय हदिस मियाँ घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पलेशाले जितिन् नेपालका लागि कांस्य पदक

पलेशाले जितिन् नेपालका लागि कांस्य पदक

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्बियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्द...
मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

काठमाडौँ । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि चार लाख रुपैयाँ छ । यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो । छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्म...
विराटनगरका सिटी सफारी चालकहरू आन्दोलित

विराटनगरका सिटी सफारी चालकहरू आन्दोलित

विराटनगर । राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाउने निर्णयविरुद्ध चालकहरू आन्दोलित भएका छन् । उनीहरूले आज विराटनगर महानगरपालिकाको मूल गेट अगाडि भेला भएर विरोध प्रदर्शन गरे । सिटी सफारी समेत लिएर पुगेका उनीहरूले गरेको प्रदर्शनका कारण विराटनगरको मेनरोड क्षेत्रमा अवरोध भएको थियो । विराटनगरको कोशी राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन नपाइने निर्णय फिर्ता लिन उनीहरूले माग गरेका थिए । महानग...
ब्राउन सुगरसहित विराटनगरबाट दुईजना पक्राउ

ब्राउन सुगरसहित विराटनगरबाट दुईजना पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का २१ वर्षीय तिलक यादव र भारतको जोगवनीका २१ वर्षीय विशालकुमार साहलाई पक्राउ गरिएको हो । इलाका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बिहीबार अपरान्ह पक्राउ गरेको हो । भारतको जोगवनीबाट को २५ प २११ नम्बरको स्कुटरमा आउँदै गरेका उनीहरूलाई जाँच ...
कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय गरिने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलको बैठकले यसबारे निर्णय गर्दैछ । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका र्छौं’ उनले संगालोखबरसँग भने, ‘अब प्रतिपक्षमा बसेर आफ्नो भूमिका न...
बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

धनकुटा । धनकुटाको चौबिसेमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका–५ बैकुण्ठेका ४५ वर्षीय प्रेमबहादुर जोगीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले जोगीको साथबाट एउटा भरुवा बन्दुक, एउटा खुकुरी र एउटा चक्कु समेत बरामद गरेको छ । उनीबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्...
पाँचथर विस्फोटः दाजु बहिनीको मृत्यु

पाँचथर विस्फोटः दाजु बहिनीको मृत्यु

पाँचथर । विस्फोटक पदार्थ पड्‌किँदा घाइते भएका पाँचथरको फालेलुङका दाजुबहिनीको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–५ स्थित डाँडा गाउँको एक घरमा विस्फोट हुँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षीय दिप्सन साँवा र उनकी बहिनी दुई वर्षीया प्रियंशा साँवा छन् । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचा...
पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङमा भएको अज्ञात वस्तु विस्फोट घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा इलाममा पुग्दा बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार अढाइ वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको हो । उक्त घटनामा परी डाँडागाउँका दिलीप सा...
भारी वर्षापछि भेलले बगाएर धरानमा बालकको मृत्यु

भारी वर्षापछि भेलले बगाएर धरानमा बालकको मृत्यु

सुनसरी । भारी वर्षापछि आज साँझ भेलले बगाउँदा धरानमा एक बालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ ऐश्वर्य मार्गको नालामा आएको भेलले बाढीले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो । स्थानीय भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत उनलाई पढाइ सकेर घर फर्कँदै गर्दा नालाको भेलले बगाएको थियो । उनको शव धरान–१७ स्थित ठकुरी खोला पुलदेखि करिब सय मिटर उत्तरतर्फ फेला परेको प्रहरीले जनाएको छ । भारी ...
धनकुटाको पाख्रिबासमा चट्याङले घरमा क्षति

धनकुटाको पाख्रिबासमा चट्याङले घरमा क्षति

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा चट्याङबाट एक घर पूर्णरूपमा क्षति भएको छ । बिहीबार दिउँसो पानीसँगै चट्याङ पर्दा घरमा आगो लागेको प्रहरीले जनाएको छ । स्थानीय खेमबहादुर गिरिको घरमा चट्याङ पर्दा आगलागी भइ घर क्षतिग्रस्त भएको हाृ । घरमा कोही नबस्ने भएकाले मानवीय क्षति नभएको वडाध्यक्ष हेमबहादुर गिरिले बताए । घरको छानो लाउन ठिक पारेको ठूलो परिमाण काठ समेत जलेको छ । आगो करिब २ घण्टा पछि नियन...
पाँचथरको फालेलुङमा विस्फोटः चार जना घाइते

पाँचथरको फालेलुङमा विस्फोटः चार जना घाइते

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–५ डाँडागाउँका आइतराज केरुङको घरमा अज्ञात वस्तु विस्फोट भएको छ । विस्फोटमा परी चारजना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । विष्फोटमा परी दिलिप साँवाका ११ वर्षीय छोरा दिपसन र २ वर्षीया छोरी प्रियङ्का गम्भीर घाइते भएका छन् । सोही घरमा बस्दै आएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राई पनि गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाला...
पारस खड्का लिजेन्ड्स लिग खेल्न गुजरातबाट अनुबन्धित

पारस खड्का लिजेन्ड्स लिग खेल्न गुजरातबाट अनुबन्धित

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई गुजरातले टोलीमा अनुबन्ध गरेको छ । बिहीबार गुजरातले उनलाई अक्सनमार्फत १२ लाख ५ हजार भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । तेस्रो संस्करणको लिजेन्ड्स लिगका लागि उनलाई गुजरातले अनुबन्ध गरेको हो । लिग २० सेप्टेम्बरबाट सुरु हुँदैछ । उनले वेस्ट इन्डिजका ब्याटर क्रिस गेलसँग खेल्नेछन् । लिगमा ६ टोलीले सहभागिता जनाउँदै छन् । पारस कतारमा...
भक्तपुर क्यान्सर अस्पतालको सेवा अब कोशी अस्पतालमा

भक्तपुर क्यान्सर अस्पतालको सेवा अब कोशी अस्पतालमा

विराटनगर । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा विराटनगरको कोशी अस्पतालमा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । बिहीबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको उपस्थितिमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्...
बँदेल मारेको आरोपमा पूर्व डीआइजी शाहसहित १० जना पक्राउ

बँदेल मारेको आरोपमा पूर्व डीआइजी शाहसहित १० जना पक्राउ

विराटनगर । बँदेल मारेको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह जोगिनिया कोशी पलार क्षेत्रमा बँदेल मारेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई स्कारपियो गाडीमा ‘पोइन्ट टुटुु’ क्यालिबर राइफल सहित फेला पारेक...
विराटनगरमा ज्येष्ठ नागरिक सेवा समाजको तीज कार्यक्रम 

विराटनगरमा ज्येष्ठ नागरिक सेवा समाजको तीज कार्यक्रम 

विराटनगर । ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालय विराटनगरले हरितालिका तीजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आमाहरूलाई दर खुवाउनुका साथै नाचगानसमेत गरिएको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय तीज पर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन...
धनकुटाको खनियाबासमा यात्रु लिएर गुडिरहेको टेम्पोमा अचानक आगलागी

धनकुटाको खनियाबासमा यात्रु लिएर गुडिरहेको टेम्पोमा अचानक आगलागी

धनकुटा । धनकुटाको खनियाबासमा गुडिरहेको टेम्पोमा आगलागी भएको छ । यात्रु लिएर छथर जोरपाटीबाट धनकुटा आउँदै गरेको अवस्थामा धनकुटा नगरपालिका–५ खनियाबासमा पुगेपछि टेम्पोमा अचानक आगलागी भएको थियो । प्र १–०२–००३ ह ३८९७ नम्बरको उक्त टेम्पो छथर जोगपाटी–३ का ४० वर्षीय कुमार लिम्बूले चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार टेम्पोमा उनीबाहेक अरु तीनजना यात्रु पनि थिए । उक्त स्थानमा पुग्दा अचानक आगो...
अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने पक्राउ

अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने पक्राउ

विराटनगर । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । संदिग्धलाई बुधबार बेलुका ८ बजे ट्राफिक स्टपमा पक्राउ गरिएको जनाइएको छ । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही टेलिफोन कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन । संदिग्धसँग प्रहरीले बयान लिएपनि अभियोगहरू लगाइसकेको छैन । प्रहरीले बुधबा...
error: Content is protected !!