विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नसक्ने बताएका छन् । सभामुखले पटक-पटक बस्न आग्रह गरे पनि नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
पठन संस्कृति पुनर्जागरण गर्न विराटनगरमा पहिलो पटक ‘हिमालय रोड किताब मेला’ 

पठन संस्कृति पुनर्जागरण गर्न विराटनगरमा पहिलो पटक ‘हिमालय रोड किताब मेला’ 

विराटनगर । विराटनगरमा पहिलो पटक ‘हिमालय रोड किताब मेला’ आयोजना गरिएको छ । पठन संस्कृति हराउँदै गएको बेला यसको पुनर्जागरण गर्ने उद्देश्यका साथ किताब मेला आयोजना गरिएको हो । मेलाले पुस्तक, पाठक र साहित्यबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ । मेलामा पुस्तक प्रदर्शनीसँगै साहित्य, भाषा, कला, संस्कृति तथा नेपाली वाङ्मयसँग सम्बन्धित बहस र अन्तरक्रिया समेत गरिएको थियो । मेलाको पहिलो सत्रमा ‘विराटनगरमा स...
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु

दाङ । दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु भएको छ । आज बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दवै जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक लमही–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराजको उपचार क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार नेपालगन्जस्थित संजिबनी कलेज अफ मेडिकल साइनसेजमा बिहान ९ः४...
दमकमा बोराभित्र भेटिएको शव २१ वर्षीया रमा तिवारीको भएको पुष्टि, हत्या आशङ्का

दमकमा बोराभित्र भेटिएको शव २१ वर्षीया रमा तिवारीको भएको पुष्टि, हत्या आशङ्का

विराटनगर । झापाको दमक नगरपालिका-१० सेतुमाडी स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ । मृतक दमक नगरपालिका-८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारी रहेको खुलेको हो । शनिबार बिहान करिब ११ बजे पुलमुनि सेतो प्लास्टिकको बोरामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले बोरा खोलेर हेर्दा युवतीको...
चोरीको मोटरसाइकलसहित बेलबारीबाट दुई युवक पक्राउ

चोरीको मोटरसाइकलसहित बेलबारीबाट दुई युवक पक्राउ

विराटनगर । सुनसरीको इटहरीबाट चोरी गरिएको मोटरसाइकलसहित मोरङको बेलबारीबाट दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-३ का २७ वर्षीय सुरज विक र २७ वर्षीय अनिष परियार छन् । शनिबार दिउँसो बेलबारी नगरपालिका-५ कसेनीस्थित भित्री सडक खण्डमा रोकेर राखिएको प्र ०१-०२-०४३ प ७२६६ नम्बरको पल्सर मोटरसाइकल फेला परेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल न...
उर्लाबारीमा बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

उर्लाबारीमा बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा बारीमा उम्रिएको च्याउ खाँदा दुई बालकसहित एकै परिवारका चार जना बिरामी परेका छन् । बिरामी पर्नेमा ३६ वर्षीय भूमिराज उराउ, उनकी ३२ वर्षीया पत्नी रामकुमारी, १४ वर्षीय छोरा अर्विन र ८ वर्षीय छोरा अरुण छन् । प्रहरीका अनुसार आज बिहान आफ्नै बारीको परालमा उम्रिएको सेतो रङको च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका हुन् । बिरामीमध्ये ८ वर्षीय बालक अरुण ...
घरायसी विवादमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

घरायसी विवादमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

नवलपुर । नवलपुरमा बुबाले आफ्नै छोराको हत्या गरेका छन् । शनिबार राति १० बजेतिर गैडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको हो । गिरीको हत्या आरोपमा ६३ वर्षीय बुबा डम्मरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूबीच गएराति घरायसी विवाद भएको थियो । त्यही क्रममा बुबा डम्मरले खुर्पाले शंकरको टाउकोमा प्रहार गरेका थिए । खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका शंकरको उप...
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धनकुटाबाट जय नेपाल यात्रा सुरु

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धनकुटाबाट जय नेपाल यात्रा सुरु

धनकुटा । स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र संस्कृति निर्माणका लागि धनकुटाबाट जय नेपाल यात्रा सुरु भएको छ । जय नेपाल फाउण्डेसन धनकुटाले पत्रकार सम्मेलनको आयोजना गर्दै धनकुटाबाट यात्रा सुरु भएको जनाएको हो । ‘हाम्रो माटो, हाम्रो उत्पादन, स्वदेशी रोजगारी र आत्मनिर्भर जीवन’ भन्ने मूल नाराका साथ धनकुटाबाट सुरु भएको यात्रा ७७ वटै जिल्लामा पुग्ने छ । फाउण्ड...
सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार पाँच सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन सय पाँच रुपैयाँ बढेक...
अरनिको विद्यालयद्वारा नयाँ विद्यार्थीलाई स्वागत, ५ विद्यार्थीलाई पूर्णछात्रवृत्ति प्रदान

अरनिको विद्यालयद्वारा नयाँ विद्यार्थीलाई स्वागत, ५ विद्यार्थीलाई पूर्णछात्रवृत्ति प्रदान

विराटनगर । विराटनगरकाे अरनिको आवासीय माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरेको छ । कार्यक्रममा ५ जना विद्यार्थीलाई कक्षा ११ र १२मा पूर्णछात्रवृत्ति प्रदान गरिएको छ । एसईईमा अरनिकोबाट ३.९१ जिपीए ल्याएर प्रथम हुने जेबा प्रविनलाई राजबहादुर तथा कमला कुँवर छात्रबृत्ति प्रदान गरिएकाे छ । यस्तै कक्षा ११ को प्रवेश परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुनेला...
भीमनारायण गोल्डकप : झापालाई ०-३ गोलले स्तब्ध पार्दै बेलबारी फाइनलमा प्रवेश

भीमनारायण गोल्डकप : झापालाई ०-३ गोलले स्तब्ध पार्दै बेलबारी फाइनलमा प्रवेश

धनकुटा । धनकुटामा जारी १८ औं संस्करणकाे सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा माेरङकाे बेलबारी फुटबल क्लब फाइनलमा प्रवेश गरेकाे छ । आज भएको दोस्रो सेमिफाइनलमा झापाकाे बिर्तामोड युनाईटेड क्लबलाई ०-३ गोलअन्तरले हराउदै बेलबारी फाइनलमा प्रवेश गरेको हो । भोलि हुने फाइनल खेलमा आयोजक टिम धनकुटा र बेलबारी उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेता टिमले ६ लाख र उपविजेता टिमले ३ लाख रुपै...
आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड 

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को‌ संयुक्त बैठकमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् । चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात ...
सरकारी कर्मचारीको तलब २१ प्रतिशत बढ्यो

सरकारी कर्मचारीको तलब २१ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण प्रस्तुत गर्दै कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत बढाएको बताएका हुन् । सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले बताए । यसबाट हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१...
उनैले सुनुन् उनका बजेट भाषण भनेर हिँडे म चाँहि : हर्क साम्पाङ

उनैले सुनुन् उनका बजेट भाषण भनेर हिँडे म चाँहि : हर्क साम्पाङ

विराटनगर । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । बजेट प्रस्तुत हुँदाहुँदै बाहिरिएका साम्पाङले केहीबेर अघि फेसबकुकमा स्टाटस लेखेका छन् । ‘प्रधानमन्त्री आए । जवाफदेही बनाउने मेरो दवाव हो । त्यसैले उनैले सुनुन् उनका बजेट भाषण भनेर हिँडे म चाँहि । नीति तथा कार्यक्रम नसुन...
निःशुल्क वितरण गरिने २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गरिने

निःशुल्क वितरण गरिने २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गरिने

काठमाडौं । सरकारले नागरिकलाई निःशुल्क उपलब्ध गराइने औषधिहरू स्वदेशमै उत्पादन गर्ने उद्देश्यले नेपाल औषधि लिमिटेडलाई थप सुदृढ बनाउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका हुन् । सरकारले निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन स्वदेशी उत्पादन बढाउने र बाह्य...
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले (लाइभ)

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले (लाइभ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणा सुरु गरेका हुन् ।
कोशी प्रदेशमा निजामती कर्मचारीलाई हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य

कोशी प्रदेशमा निजामती कर्मचारीलाई हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीका लागि नयाँ पोसाक सम्बन्धी व्यवस्था लागू गरेको छ । प्रदेश राजपत्रमा ‘प्रदेश निजामती कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि, २०८३’ प्रकाशित गर्दै सरकारले नयाँ व्यवस्था लागू गरेको हो । सो व्यवस्था अनुसार अब हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य लगाउनुपर्ने भएको छ । कार्यविधिअनुसार सामान्य अवस्थामा कर्मचारीले नेपाल ...
कोशीका दुई जिल्लाबाट लागूऔषधसहित एकैदिन १५ जना पक्राउ

कोशीका दुई जिल्लाबाट लागूऔषधसहित एकैदिन १५ जना पक्राउ

विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित एकैदिन १५ जना पक्राउ परेका छन् । उनीहरूलाई झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरिएको हो । झापाको गौरीगञ्ज गाउँपालिका-२ बाट भारतकी रुकमणी देवी र उनकी छोरी कोमल कुमारी हरिजन पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले २० ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । यस्तै मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम...
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सबैको साझा दायित्व हो : मुख्यमन्त्री कार्की

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सबैको साझा दायित्व हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले लोकप्रियतावादको नाममा भइरहेका गतिविधिले मुलुकले प्राप्त गरेका राजनीतिक उपलब्धिहरूमाथि गम्भीर प्...
कोशी अस्पतालमा आफ्नै ब्लड बैंक र चस्मा घर 

कोशी अस्पतालमा आफ्नै ब्लड बैंक र चस्मा घर 

विराटनगर । कोशी अस्पतालले आफ्नै ब्लड बैंक र चस्मा पसल सञ्चालनमा ल्याएको छ । ब्लड बैंक स्थापना भएसँगै बिरामी र बिरामीका आफन्तलाई सहज हुने भएको छ । अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो । ब्लड बैंक र चस्मा घरको उद्‌घाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामनारायण चौधरीले गरे । ब्लड बैंकको स्थापना २४ लाखको लागतमा भएको हो ।...
आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै, कर्मचारीको तलब बढ्ने अनुमान

आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै, कर्मचारीको तलब बढ्ने अनुमान

विराटनगर । सङ्घीय सरकारले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत हुँदै आएको छ । सोही अनुसार आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो । ...
सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ७५ रुपैयाँ बढेको हो । आज चाँदी प्रत...
आज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस मनाइँदै

विराटनगर । नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २४० वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहा...
सुनसरीको वराहक्षेत्रमा हात्तीको छावा मृत फेला

सुनसरीको वराहक्षेत्रमा हात्तीको छावा मृत फेला

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-२ स्थित गहने खोलाको दहमा हात्तीको छावा मृत फेला परेको छ । दहको दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको हो । बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा छावा दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आज बिहान हात्तीको छावाको शव दहमा टाउको भाग गाडिएको अवस्थामा फेला थियो । वराहक्षेत्र नगर प्रमुख रमेश क...
आधुनिक प्रविधिबाट सुन्दरता निखार्दै काठमाडौं मेडिकल कलेज

आधुनिक प्रविधिबाट सुन्दरता निखार्दै काठमाडौं मेडिकल कलेज

काठमाडौं । सुन्दर र आकर्षक देखिने चाहना कसलाई हुँदैन र ? ऐनामा अनुहार हेर्दा, समाजमा आत्मविश्वासका साथ उभिँदा वा जीवनका नयाँ अवसरहरू अँगाल्दा मानिस सधैँ आफूलाई अझ राम्रो, अझ सन्तुलित र अझ आकर्षक देखिन चाहन्छ । तर कहिलेकाहीँ शरीरका अङ्गहरूमा देखिने अनावश्यक गाँठागुँठी, दाग, कोठी, रौँ तथा विभिन्न प्रकारका छालासम्बन्धी रोगहरूले सुन्दर अनि आकर्षक देखिने मानिसको चाहनामा अवरोध पुर्याइरहेको हुन्छ । य...
झापामा स्कुल बसले किच्दा युकेजीमा पढ्ने ४ वर्षीय बालकको मृत्यु

झापामा स्कुल बसले किच्दा युकेजीमा पढ्ने ४ वर्षीय बालकको मृत्यु

झापा । झापामा स्कुल बसले किच्दा युकेजीमा अध्ययनरत बालकको मृत्यु भएको छ । दुर्घटनामा सर्जक एकता बोर्डिङ स्कुलमा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरियाको मृत्यु भएको हो । बुधबार साँझ करिब ५ बजे गौरादह नगरपालिका-७ स्थित भित्री पक्की सडक खण्डमा लाठीचौरबाट फगेटीतर्फ जाँदै गरेको सोही बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले बालकलाई किचेको थियो । प्रहरीका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको हो । बसबाट ओरा...
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु

रूपन्देही । कपिलवस्तु नगरपालिका-३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका-६ सेमेरीका तीन वर्षीय बालक महफुज मुसलमानको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
भीमनारायण गोल्डकपमा आज आयोजक र सहलेश फुटबल क्लब भिड्दै

भीमनारायण गोल्डकपमा आज आयोजक र सहलेश फुटबल क्लब भिड्दै

धनकुटा । धनकुटामा जारी १८ औं संस्करण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक टोली र सहलेश फुटबल क्लब सिरहाबीच भिडन्त हुँदैछ । आज दिउँसो तल्लो टुँडिखेलमा हुने खेलमा दुबै टोली जितको खोजीमा मैदानमा उत्रने छन् । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ०-१ गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ६ लाख र उपविजेता ...
कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विप्लव घोष नियुक्त

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विप्लव घोष नियुक्त

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा ११ को उपदफा (१) बमोजिम उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो । उनको कार्यकाल २०८१ जेठ १३ ...
सुनको मूल्य तोलामा ५५ सय घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य तोलामा ५५ सय घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई सय १५ रुपैयाँ घटेको हो । आज चाँदी ...
कोशी प्रदेश सभामा लफडा : पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्टमको माइक फाल्न पुगेपछि…

कोशी प्रदेश सभामा लफडा : पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्टमको माइक फाल्न पुगेपछि…

विराटनगर । कोशी प्रदेश सभामा लफडा भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर आजको प्रदेश सभा बैठकमा लफडा भएको हो । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले आजको प्रदेश सभा बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ । सभामुखले प्रतिपक्षीको विरोधका बीच जसपा सांसद नि...
error: Content is protected !!