कोशी प्रदेश सभामा लफडा : पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्टमको माइक फाल्न पुगेपछि…

कोशी प्रदेश सभामा लफडा : पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्टमको माइक फाल्न पुगेपछि…

विराटनगर । कोशी प्रदेश सभामा लफडा भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर आजको प्रदेश सभा बैठकमा लफडा भएको हो । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले आजको प्रदेश सभा बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ । सभामुखले प्रतिपक्षीको विरोधका बीच जसपा सांसद नि...
कोशी प्रदेशमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने, के छ तयारी ?

कोशी प्रदेशमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने, के छ तयारी ?

विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिव, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू र अन्य कार्यालयहरूमा कार्यालय प्रमुखहरूको नेतृत्वमा सरसफाइ गर्ने र साँझ दीपावली गर्ने तयारी...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । उनीहरूलाई झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । भद्रपुर नगरपालिका-५ बाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मिया १ ग्राम ६ सय मिलिग्राम र इलामको माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने ...
जेठ १६ देखि निजी अस्पतालमा आकस्मिक बाहेकको बीमा सेवा कटौती

जेठ १६ देखि निजी अस्पतालमा आकस्मिक बाहेकको बीमा सेवा कटौती

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशका निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य बीमा सेवाहरू स्थगित गर्ने भएको छ । जेठ १६ गतेदेखि आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य बीमा सेवाहरू पूर्ण रूपमा स्थगित गर्ने बोर्डले निर्णय गरेको हो । दिनानुदिन बढ्दै गएको चरम वित्तीय संकटलाई व्यवस्थापन गर्न तत्कालका लागि यस्तो कदम चाल्नुपरेको बोर्डले स्पष्ट पारेको छ । बोर्डक...
भीमनारायण गोल्डकपमा आज बेलबारी र सातदोबाटो भिड्दै

भीमनारायण गोल्डकपमा आज बेलबारी र सातदोबाटो भिड्दै

धनकुटा । धनकुटामा जारी १८ औं संस्करणका सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज बेलबारी फुटबल क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् । आज दिउँसो तल्लो टुँडिखेलमा हुने खेलमा दुवै टोली जितको खोजीमा मैदान उत्रने छन् । मंगलबारको खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई १-२ गोलअन्तरले पराजित गर्दै आयोजक विजयी भएको छ । पहिलो हाफको २७ औं मिनेटमा जर्जियन फुटबल क्लबका गुन्जमान थापाले गोल गर्दै ट...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला २० रुपैयाँ बढेर पाँच हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोल...
संसद् बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीलाई जवाफ दिन दबाब

संसद् बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीलाई जवाफ दिन दबाब

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूले फेरि अवरोध गरेका छन् । प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूले दोहोर्याएका हुन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्न लाग्दा विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन् ...
भीमनारायण गोल्डकप : झापासँग १-३ गोल अन्तरले उदयपुर पराजित

भीमनारायण गोल्डकप : झापासँग १-३ गोल अन्तरले उदयपुर पराजित

धनकुटा । धनकुटामा जारी १८ औं संस्करण सहिद भीमनारायण गोल्डकप प्रतियोगिता अन्तरगत आज भएको खेलमा झापा विजयी भएको छ । तल्लो टुँडिखेलमा भएको खेलमा उदयपुरको गाईघाट युनाइटेड फुटबल क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड क्लब विजयी भएको हो । पहिलो हापको ३३ औं मिनेटमा बिर्तामोडका प्रदिप बुढाथोकीले गोल गर्दै अग्रता बनाएका थिए । यस्तै दोस्रो हापको ६२ मिनेटमा झापाका क्याप्टेन आशिष चा...
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो । देउवा दम्पतीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिँदा नै प्रक्रिया नमिलेको सर्वोच्चले औँल्याएको छ । सर्वोच्चले देउवा दम्पतीलाई पक्राउ पुर्जी जारी गर्दा कानुनी व...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय ४० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार एक सय ५० रुपैयाँमा कार...
मोरङमा लागूऔषध विरुद्ध टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

मोरङमा लागूऔषध विरुद्ध टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण र युवा पुस्तामा सचेतना फैलाउन भिडियो प्रतियोगिता घोषणा गरेको छ । ‘लागूऔषध विरुद्धको महाअभियान २०८३’ अन्तर्गत प्रहरीले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले आज अभियानको उद्‌घाटन गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै युवाहरूलाई रचनात्मक ढङ्गले लागूऔ...
विराटनगरको किड्स भिलेज स्कुलद्वारा अभिभावकहरूलाई अभिमुखीकरण

विराटनगरको किड्स भिलेज स्कुलद्वारा अभिभावकहरूलाई अभिमुखीकरण

विराटनगर । विराटनगरको किड्स भिलेज स्कुलले अभिभावकहरूका लागि एकदिने विशेष अभिमुखीकरण कार्यक्रम गरेको छ । बालबालिकाको चौतर्फी विकास, उनीहरूको मनोविज्ञान र आधुनिक शिक्षण पद्धतिमा अभिभावकको भूमिकाबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक यम घिमिरेले सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा घिमिरेले बदलिँदो परिवेशमा बालबालिकालाई कसरी बुझ्ने, उनीहरूको ...
तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

विराटनगर । तमोर करिडोर अन्तर्गत तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । शुक्रबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पाँचथरको आठराई त्रिवेणी गाउँपालिका-१ निघुरादिन र हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने पुल बगाएको हो । गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुका अनुसार करिब एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको थियो । बाढीले ट्रस संरचनासहित निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बगाएको छ...
मोरङमा नक्कली सुन देखाएर लुटपाट गर्ने गिरोह सक्रिय, एक जना पक्राउ

मोरङमा नक्कली सुन देखाएर लुटपाट गर्ने गिरोह सक्रिय, एक जना पक्राउ

विराटनगर । मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोहका अभियुक्त पक्राउ परेका छन् । यसअघि पनि यस्तै घटनामा पक्राउ परिसकेका एक अभियुक्त पुनः आपराधिक ठगी गर्ने गतिविधिमा संलग्न रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धकलबहादुर थिङ रहेका छन् । झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ६१ वर्षीय थिङले अर्का एक व्यक्तिसँग मिलेर बेलबारीकी ७८ व...
सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने निर्णय तत्काल फिर्ता हुनुपर्छ : मन्त्री पराजुली

सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने निर्णय तत्काल फिर्ता हुनुपर्छ : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले सञ्चार क्षेत्रलाई सुव्यवस्थित गर्न सञ्चार प्रतिष्ठान गठन गरेर अगाडि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाले आयोजना गरेको चार दिने मोबाइल पत्रकारिता (मोजो) तथा मल्टिमिडिया आधारभूत पत्रकारिता तालिमको उद्‌घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् । प्रदेश सरकारले निती तथा बजेटमा सञ्चार क्षेत्रलाई व्यवस्थित ग...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार...
विराटनगरको एभरेष्ट स्कुलमा नमूना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन

विराटनगरको एभरेष्ट स्कुलमा नमूना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन

विराटनगर । विद्यार्थीको क्षमता र नेतृत्व विकासकासाथै भु–राजनीतिका बहुआयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा शुक्रबारदेखि ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ । रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा समारोहको आयोजना गरेको हो । २२ देखि २४ मे सम्म एभरेष्ट कलेजमा चल्ने सम्मलेनमा क...
१४ महिनादेखि तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

१४ महिनादेखि तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

उदयपुर । उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित भएका छन् । १४ महिनादेखि तलब नपाएका श्रमिक तथा कर्मचारीहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिएका हुन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालन हुँदै आएको उद्योगको अवस्थाबारे पछिल्ला दिनमा असन्तुष्टि तीव्र बनेको छ । नियमित उत्पादन ठप्पजस्तै भएपछि श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै उनीहरूले तत्काल बक्यौता तलब भुक्तानी र सामाजिक सुरक्षा कोषको रकम नि...
पाँचथरमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-६ अर्चलेमा पिकअप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ३ः३० बजे भएको दुर्घटनामा चालक झापाको बाह्रदशी गाउँपालिका-५ का ३५ वर्षीय गोपाल भट्टराईको मृत्यु भएको हो । पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णका अनुसार च्याङथापुबाट फलैंचातर्फ जाँदै गरेको प्रदेश ०१-००२ च १५६९ नम्बरको पिकअप दुर्घटना भएको हो । पिकअपमा चालकसहित तीन जना सवार थि...
जेठ १४ गते सार्वजनिक बिदा 

जेठ १४ गते सार्वजनिक बिदा 

विराटनगर । बकर ईदको अवसरमा जेठ १४ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । ईद-उल-अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा भनिएको छ ।
तालिमको क्रममा सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट गरियो उद्धार

तालिमको क्रममा सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट गरियो उद्धार

विराटनगर । कैलालीको टीकापुरमा तालिम गरिरहेको अवस्थामा सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएका हुन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । सशस्त्र प्रहरीका अनुसार बेहोसमध्ये ५ ज...
सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एस सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार...
एकैदिन २७४ जनाले सफलतापूर्वक गरे सगरमाथा आरोहण

एकैदिन २७४ जनाले सफलतापूर्वक गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्तकालीन हिमाल आरोहण याम अन्तर्गत बुधबार मात्रै २७४ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । यो संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमै एकैदिन शिखर पुग्ने आरोहीमध्ये अहिलेसम्मकै उच्च भएको बताइएको छ । पर्वतारोहण सञ्चालक सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वैशाख ३० गते आरोहण मार्ग खुलेपछि हालसम्मको सबैभन्दा धेरै आरोही बुधबार शिखर पुगेका हुन् । पछिल्ल...
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।  बुधवारबाट सुरु भएको कोशी प्रदेश सभाको दोस्रो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । यही नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर...
सुनसरीको दुहबीमा स्कुटर दुर्घटना हुँदा विराटनगरकी खरेलको मृत्यु

सुनसरीको दुहबीमा स्कुटर दुर्घटना हुँदा विराटनगरकी खरेलको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-८ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ः५० बजेतिर भएको दुर्घटनामा विराटनगर-३ की ४२ वर्षीया खगमाया खरेलको मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत पशुपति खाद्य उद्योगअगाडि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०२-०६० प २१२३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी खर...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ 

सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ 

विराटनगर । विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यस्तो परिस्थितिमा आधुनिक चिकित्सा विज्ञानले दिएको महत्वपूर्ण विकल्प ‘आईभीएफ प्रविधि’ हो । आईभीएफको पूरा रूप इन भिट्रो फर्टिलाइजेसन हो । सामान्य भाषामा भन्नुपर्दा,...
जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ : हर्क साम्पाङ

जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जिम्मेवार नभएसम्म आफूहरू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिर निस्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको बताए । उनले संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उल्लेख गरे । आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर...
अस्पताल आएकी महिला बिर्तामोडबाट सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

अस्पताल आएकी महिला बिर्तामोडबाट सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका घर भएकी ४५ वर्षीया कल्पना देवान गुरुङ सम्पर्कविहीन भएकी छन् । फलोअपका लागि झापाको बिर्तामोडस्थित सञ्जीवनी अस्पताल आउने क्रममा जेठ दुई गते दिउँसो ३ बजेदेखि महिला सम्पर्कविहीन भएकी हुन् । आफन्तका अनुसार महिला बिर्तामोडको पश्चिम बसपार्कबाट हराएकी हुन् । बेपत्ता महिलाले दुईवटा मोबाइल बोकेको भएपनि दुवैमा सम्पर्क हुन नसकेको छोरी करिना देवानले जानकारी दिइन् । ‘प...
विराटनगरको हाटखोला बसपार्क छेउमा महिलाको शव फेला

विराटनगरको हाटखोला बसपार्क छेउमा महिलाको शव फेला

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित हाटखोलामा आज बिहान महिलाको शव फेला परेको छ । हाटखोला बसपार्क पछाडि चउरमा बिहान ८ः४५ बजेतिर शव भेटिएको हो । प्रहरीका अनुसार मृत फेला परेकी अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुलेको छैन । स्थानीयले सुतिरहेको अवस्थामा महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको मोरङ प्रहरीका प्रहरी प्रवक...
झापामा श्रीमानद्वारा श्रीमतीको हत्या, श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हिँडेपछि स्थानीयले बुझाए प्रहरीमा 

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या, श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हिँडेपछि स्थानीयले बुझाए प्रहरीमा 

झापा । झापाको हल्दीबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गोकर्ण भनिने गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेका हुन् । गणेशले टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै उर्मिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबीच सामान्य विवाद सुरु भएको थियो । विवाद उग्र बन्दै जाँदा गणेशले आक्रोशमा आएर श्री...
विराटनगरमा स्कुलबाट फर्कँदै गर्दा भारतीय गाडीले दियो ठक्कर, बाबु-छोरीको मृत्यु

विराटनगरमा स्कुलबाट फर्कँदै गर्दा भारतीय गाडीले दियो ठक्कर, बाबु-छोरीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी मोडमा आज साँझ भारतीय गाडीको ठक्करबाट साइकलमा सवार बाबु-छोरीको मृत्यु भएको छ । भारतबाट एलपी ग्यास लिएर आएको एएस ०१ एफसी ०९१९ नम्बरको ग्यास बुलेटले साँझ करिब ५ बजे साइकललाई ठक्कर दिएको हो । ठक्करबाट विराटनगर-१४ जतुवाका ४२ वर्षीय शिवचरण ठाकुर र उनकी चोरी १४ वर्षीया गरिमा ठाकुरको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपान...
error: Content is protected !!