चैती छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
विराटनगर । मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ । आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन् ।
पर्वको मुख्य दिन आज साँझ व्रतालुले आ-आफ्ना घरमा गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका...
































