संखुवासभामा चट्याङ लागेर स्ववियु अध्यक्षको मृत्यु, दुई घाईते

संखुवासभामा चट्याङ लागेर स्ववियु अध्यक्षको मृत्यु, दुई घाईते

संखुवासभा । संखुवासभाको आँखिभूइमा शुक्रवार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन । हावाहुरी र बर्षासँगै चट्याङ पर्दा आँखिभूइ हुमिङका २२ बर्षिय नविन जिमी राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए । मृतक जिमी माम्लिङ स्थित रामेश्वर क्याम्पसका स्ववियु अध्यक्षसमेत हुन । घरमै रहेका वेला चड्याङ लागेर जिमीको मृत्यु भएको हो...
धनकुटामा भीषण असिना, बालिनालीमा क्षति

धनकुटामा भीषण असिना, बालिनालीमा क्षति

धनकुटा । धनकुटामा शुक्रवार अपरान्ह हावाहुरी र पानीस‘गै वाक्लो असिना परेको छ । लामो समयपछि परेको वाक्लो असिनाले बालिनालिमा क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन । सदरमुकाम तथा आसपासका देब्रेबास, कचिंडे, सेउले लगायतका स्थानमा करिब आधा घण्टासम्म पानीसगै असिना परेको थियो । अपरान्ह ४ बजे परेको असिना करिब आधा फिटसम्म जमेको देव्रेवासका स्थानीय रेनु पौड्यालले जानकारी दिईन । ‘हालसम्म यत्ति धेरै असिना...
दोस्रो दिन पूर्वमा चार हजार परीक्षार्थी अनुपस्थित

दोस्रो दिन पूर्वमा चार हजार परीक्षार्थी अनुपस्थित

धनकुटा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन शुक्रवार पूर्वी नेपालमा करिव चार हजार परिक्षार्थी अनुपस्थित भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार पूर्वी नेपालका १६ जिल्लाका करिव ३ हजार ७ सय विद्यार्थी परिक्षामा अनुपस्थित भएका हुन । कुल परीक्षार्थी मध्ये छात्रा करिव १ हजार ९ सय र छात्रतर्फ १ हजार ३ सय अनुपस्थित रहेको क्षेशिनिका उप–निर्देशक सूर्य सुवेदीले जानकारी दिए । उनका अ...
धनकुटामा जेलबाटै परीक्षा, अढाईसय विद्यार्थी अनुपस्थित (भिडियोसहित)

धनकुटामा जेलबाटै परीक्षा, अढाईसय विद्यार्थी अनुपस्थित (भिडियोसहित)

धनकुटा । धनकुटा जिल्ला कारागारमा रहेका एक कैदीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छन । जिल्लाको छथर जोरपाटी गाउँपालिका–२ का महेश पिठाकोटेले कारागारबाटै परीक्षा दिएका हुन । कारागारमै निरीक्षक खटाएर परीक्षा लिईएको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले जानकारी दिए । यता माध्यमिक शिक्षा परीक्षा (एसइइ) को पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षामा धनकुटाका २ सय ४४ विद्यार्थी ...
पूर्वका एक लाख १७ हजार विद्यार्थी एसइइ परीक्षामा सामेल हुँदै

पूर्वका एक लाख १७ हजार विद्यार्थी एसइइ परीक्षामा सामेल हुँदै

धनकुटा । बिहिवारबाट सुरु हुँने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा पूर्वी नेपालका १६ जिल्लाबाट १ लाख १७ हजार विद्यार्थी सामेल हुने भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार १ लाख १६ हजार ८ सय ७५ विद्यार्थी परीक्षामा सामेल हुने भएका हुन । जसमध्ये नियमित तर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेड तर्फ ७ हजार ४१ परीक्षार्थी एसइइ परीक्षामा सामेल हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक केशव प्रसाद...
बसको ठक्करबाट मोटरसाईकलमा सवारको मृत्यु

बसको ठक्करबाट मोटरसाईकलमा सवारको मृत्यु

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ मा मंगलबारराति बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४ ख ६९३ नम्बरको हाइस बसले बिपरीत दिसाबाट आईरहेको को.२७ प १४६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकलमा सवार गोलबजार नगरपालिका–४ बस्ने कुसेश्वर महत्तोको मृत्यु भएको हो । ठक्क्रबाट गंभीर घाईते महतोलाई उपचारका लागी...
विराटनगरमा आदिवासी जनजातिको सिठी जुलुस

विराटनगरमा आदिवासी जनजातिको सिठी जुलुस

विराटनगर । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी गर्ने प्रक्रियाको विरोधमा मंगलबार बिराटनगरमा सिठी जुलुस निकालिएको छ । परिमार्जनसहित संविधान संशोधनको माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा सिटी जुलुस निकालेका हुन । स्थानीय संन्सारी माईस्थानबाट निकालिएको सिटी जुलुस ट्राफिक चोक, वडा प्रहरी कार्यालय हुँदै जिल्ला प्रसाशनको गेटमा पुगेर कोण सभामा परिणत भएक...
सिमरनको शिरमा प्रिन्सेसको ताज

सिमरनको शिरमा प्रिन्सेसको ताज

विराटनगर । कलेज स्तरमा अध्ययरत बिद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको पूर्वाञ्चल कलेज प्रिन्सेसको ताज विराटनगर–१५ की सिमरन श्रेष्ठले पहिरिएकी छन् । २० जना प्रतिष्प्रधीलाई उछिन्दै १७ बर्षिया सिमरनले कलेज प्रिन्सेसको ताज जित्न सफल भएकी हुन् । सफलता के हो भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ठ जवाफ दिदै टप फाइभमा रहेका अन्यलाई उछिन्दै उनी कलेज प्रिन्सिेसको यो संस्करणको बिजेता बनेकी हुन । बिजयी भएसँगै उन...
धनकुटामा चैत ५ देखि ७ गतेसम्म हात्तीपाइलेको औषधी खुवाईने

धनकुटामा चैत ५ देखि ७ गतेसम्म हात्तीपाइलेको औषधी खुवाईने

धनकुटा । धनकुटामा आगामी चैत पहिलो साता हात्तीपाइले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमवार पत्रकार सम्मेलन गरी चैत ५ देखि ७ गतेसम्म तीन दिन औषधी खुवाईने जानकारी दिएको हो । सो अवसरमा जिल्ला स्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले ७५ हजार महिला र ७१ हजार पुरुष गरी १ लाख ४६ हजारलाई औषधी खुवाउँने लक्ष राखिएको जानकारी दिए । उनका अनुसार हात्तीपाईले रोग बिरुद्ध...
धनकुटा क्याम्पसमा अनेरास्ववियुको १७ वुँदे माग, वेवास्ता गरे आन्दोलनमा उत्रने चेतावनी

धनकुटा क्याम्पसमा अनेरास्ववियुको १७ वुँदे माग, वेवास्ता गरे आन्दोलनमा उत्रने चेतावनी

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि अनेरास्ववियुले १७ वुँदे माग राखेको छ । अनेरास्ववियु क्याम्पस कमिटीले प्रेस विज्ञप्ति जारी गरेर बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि माग संबोधन गर्न क्याम्पस प्रशासनलाई दवाव दिएको हो । तोकिएको समयमा हुन नसकेको धनकुटा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले माग गरेको छ । त्यस्तै विभिन्न संकाय तथा ...
चौबिसे गाउँपालिका शिक्षक संघमा चेम्जोङ्ग

चौबिसे गाउँपालिका शिक्षक संघमा चेम्जोङ्ग

धनकुटा । नेपाल शिक्षक संघ चौबिसे गाउँपालिका स्थानीय तहको शनिवार राजारानीमा सम्पन्न ८ औं अधिवेशनले ललित वहादुर चेम्जोङ्गलाई अध्यक्षतामा चयन गरेको छ । अधिवेशनले समितिको महिला उपाध्यक्षमा सविना राई, उपाध्यक्षमा चिरञ्जिवी अधिकारी, सचिवमा चेतनाथ आचार्य, सचिव अर्थमा वीर वहादुर वाजी, महिला सहसचिवमा कमला योञ्जन, सह–सचिवमा हरी नारायण यादव, सह–सचिव अर्थ अर्जुन वराल, उपसचिव अर्थ (महिला) उत्तर कुमारी लिम्बु,...
धनकुटामा त्रियासी हजार नगरवासी, गाउँपालिकामा अठहत्तर हजार जनसंख्या

धनकुटामा त्रियासी हजार नगरवासी, गाउँपालिकामा अठहत्तर हजार जनसंख्या

धनकुटा । सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएपछि धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बनेका छन । यो सँगै यसअघिका दुई नगरपालिका र २८ गाबिस हटेर नयाँ स्थानीय तह बनेको छ । पाख्रीवास, धनकुटा र महालक्ष्मी नगरपालिका बनेका छन । त्यस्तै साँगुरीगढी, खाल्सा छिन्ताङ सहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका भएका छन । धनकुटा र पाख्रीवास यस अघि नै नगरपालिका बनिसकेका थिए । जीतपुर, मारेककटहरे डाँडागाउँ,...
उदयपुरमा बन्दकर्ताद्धारा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड

उदयपुरमा बन्दकर्ताद्धारा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड

उदयपुर । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिवार उदयपुरमा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड गरेका छन । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली प्रहारबाट नेपालीको मृत्यु भएको घटनाको बिरोधमा बन्द आवहन गरेको सो पार्टीका कार्यकर्ताले सदरमुकाम गाईघाटस्थित सडक छेउमा रोकेर राखिएको बीआर ११ एस ७६३५ नम्बरको ट्रकमाथि ढुंगा प्रहार गरेका हुन । गाईघाट ...
बन्दले नायव सुब्बाका परीक्षार्थीको बिचल्ली (फोटो फिचरसहित)

बन्दले नायव सुब्बाका परीक्षार्थीको बिचल्ली (फोटो फिचरसहित)

धनकुटा । ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार आवहन गरेको बन्दका कारण गाडी नचल्दा घर फर्कन नपाएर नायब सुब्बाको परिक्षा दिन धनकुटा आएका परीक्षार्थीहरुको बिचल्ली भएको छ । नायब सुब्बाको प्रथम चरणको परिक्षा दिन बिभिन्न जिल्लाबाट धनकुटा आएका सयौं परीक्षार्थीहरु बन्दका कारण गाडी नपाउँदा घर फर्कन नपाएर समस्यामा परेका हुन । सार्वजनिक सवारी नचलेका कारण केहीले निजि तथा साना सवारीमा महंगो शुल्...
सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँच मृतकको शवयात्रा

सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँच मृतकको शवयात्रा

सप्तरी । सप्तरी गोलीकाण्डको ५ दिनपछि आज ५ मृतकको शवयात्रा निकालिँदै छ । एमाले मेची–महाकाली अभियानका क्रममा गत सोमबार भएको झडपमा प्रहरीले गोली चलाउँदा मधेसी मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मृतक पाँच कार्यकर्ताहरुको शनिवार शवयात्रा निकाल्ने तयारी गरेको हो । विहान १० बजे निकाल्ने भनिएको शवयात्रा विहानैदेखि वर्षाका कारण प्रभावित भएकोले वर्षा रोकिएसँगै...
धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बन्यो, पूर्ण विवरण हेर्नुहोस्

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बन्यो, पूर्ण विवरण हेर्नुहोस्

धनकुटा । सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएपछि धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बनेका छन । यो सँगै यसअघिका दुई नगरपालिका र २८ गाबिस हटेर नयाँ स्थानीय तह बनेको छ । धनकुटामा पाख्रीवास, धनकुटा र महालक्ष्मी नगरपालिका बनेका छन । त्यस्तै साँगुरीगढी, खाल्सा छिन्ताङ सहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका बनेका छन । धनकुटाको नयाँ स्थानीय तहको पूर्ण विवरण हेर्नुहोस्... यो पनि हेर्न...
उदयपुरमा आँखा अस्पताल बन्ने, भवन निर्माणमा सर्वदलीय सहमति

उदयपुरमा आँखा अस्पताल बन्ने, भवन निर्माणमा सर्वदलीय सहमति

उदयपुर । उदयपुरमा आँखा अस्पताल भवन निर्माण सुरु गरिने भएको छ । मध्य तथा माथिल्लो सगरमाथा क्षेत्रलाई लक्षित गरी आँखा अस्पताल बनाउँन भवन निर्माण सुरु गरिने भएको हो । स्थानीय राजनीतिकदलबीचको आपसी असमझदारीका कारण भवन निर्माण पहल स्थिर रहेको खवर सञ्चारमाध्यममा आएसँगै सर्वदलीय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी द्रुत गतिमा भवन निर्माणको कार्य सुरु हुने जानकारी दिएको हो । नेपाल नेत्रज्योती संघ जिल्ल...
शुक्रवारको बन्दमा यस्तो देखियो धनकुटा (फोटो फिचरसहित)

शुक्रवारको बन्दमा यस्तो देखियो धनकुटा (फोटो फिचरसहित)

धनकुटा । संघीय गठबन्धन र संघीय लोकतान्त्रिक मधेसी मोर्चाले आवहन गरेको बन्दका कारण शुक्रवार धनकुटाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन फाटफुट मात्र सञ्चालन भए । लामो दुरीका सवारी साधन ठप्प भएपनि छोटोदुरीका सवारी फटफुट मात्रामा सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । यता बजार पसलमा भने बन्दको प्रभाव देखिएन । धनकुटा बजारका अधिकांस पसल ...
धनकुटाका किसानले पशु सेवा कार्यालयमा किन गरे तालाबन्दी ?

धनकुटाका किसानले पशु सेवा कार्यालयमा किन गरे तालाबन्दी ?

धनकुटा । धनकुटाका किसानहरुले शुक्रवार पशु सेवा कार्यालयमा तालाबन्दी गरेका छन । कार्यालय प्रमुख डा.नन्दलाल वर्माले मनोमानी गरेर किसानको हित विपरित काम गरेको भन्दै किसानहरुले जिल्ला पशुसेवा कार्यालयमा तालाबन्दी गरेका हुन । किसानहरुले कार्यालय प्रमुख एवं बरिष्ठ पशु विकास अधिकृत वर्मा र पशु चिकित्सक डा.झविन्द्रप्रसाद मरासिनीको कार्यकक्षमा ५ घण्टा ताला लगाएका हुन । बिरोध स्वरुप बिहान ७ बजेदेखि ...
धनकुटामा शान्ति समितिद्धारा पत्रकारलाई बधाई

धनकुटामा शान्ति समितिद्धारा पत्रकारलाई बधाई

धनकुटा । स्थानीय शान्ति समिति धनकुटाले पत्रकार महासंघ धनकुटाको नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरेको छ । शान्ति समितिले बिहिवार कार्यक्रम आयोजना गरी नयाँ कार्य समितिलाई बधाई एवं शुभकामना ब्यक्त गरेको हो । कार्यक्रममा शान्ति समिति संयोजक बलबहादुर राई, निवर्तमान संयोजक लालचन्द गोङ्वा, पूर्व संयोजक टिका घिमिरे, सदस्यहरु कोपिला शंकर, पार्वती राई, शान्ति समितिका सचिव सिता भण्डारी लगायतले पत्रकार...
धनकुटा-इटहरी सम्पर्क समाज गठन

धनकुटा-इटहरी सम्पर्क समाज गठन

धनकुटा । धनकुटा पुख्यौली घर भई सुनसरीमा बसोवास गर्दै आएकाहरुको भेलाले ‘धनकुटा-इटहरी सम्पर्क समाज’ गठन गरेको छ । पाचौं साधारण सभाले अध्यक्षमा तेजबहादुर पुरी, उपाध्यक्षमा अमला श्रेष्ठ र देशबन्धु कार्की, सचिवमा रियन्द्रप्रसाद गुरागाई र कोषाध्यक्षमा अमृत बहादुर बस्नेतलाई चयन गरेको छ । नव गठित समितिको सदस्यहरुमा घनश्याम अधिकारी, कमलबहादुर महत, दधिराम चौहान, गीतादेवी आचार्य, भीमकला श्रेष्ठ र शिवबहाद...