- संगालोखबर सम्वाददाता

धनकुटा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन शुक्रवार पूर्वी नेपालमा करिव चार हजार परिक्षार्थी अनुपस्थित भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार पूर्वी नेपालका १६ जिल्लाका करिव ३ हजार ७ सय विद्यार्थी परिक्षामा अनुपस्थित भएका हुन ।
कुल परीक्षार्थी मध्ये छात्रा करिव १ हजार ९ सय र छात्रतर्फ १ हजार ३ सय अनुपस्थित रहेको क्षेशिनिका उप–निर्देशक सूर्य सुवेदीले जानकारी दिए । उनका अनुसार परीक्षाको पहिलो र दोस्रो दिन अनुपस्थित बिद्यार्थीको संख्या लगभग उस्तै छ ।

नेपाली बिषयको परीक्षामा नियमिततर्फ करिव १ हजार १ सय विद्यार्थी परिक्षा दिन आएनन् । एक्जेम्टेडतर्फ ३ सय छात्रा र २ सय छात्र अनुपस्थित रहेको क्षेशिनिले जनाएको छ ।

Advertisement

पुर्वका १६ जिल्लामा गत वर्ष भन्दा २५ हजार कम परीक्षार्थी सामेल भएका छन् । ग्रेडिङ प्रणालीको परीक्षाका कारण अघिल्ला वर्षहरु भन्दा कम परीक्षार्थी सामेल भएको बताईन्छ ।

धनकुटाको त्रिवेणी परीक्षा केन्द्रबाट परीक्षा सकेर बाहिरिदै परीक्षार्थीहरु । तस्वीर-संगालोखबर

एसईई परीक्षामा नियमिततर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेडतर्फ ७ हजार ४१ परीक्षार्थी सामेल भनिएपनि उल्लेख्य परीक्षार्थी अनुपस्थित रहेका छन् । अघिल्लो वर्षको प्रवेशीका परीक्षामा १ लाख ४१ हजार ६ सय ४७ परीक्षार्थी सामेल थिए ।

साविकको पूर्वाञ्चल विकास क्षेत्रका करिब दुई हजार विद्यालयका विद्यार्थी परीक्षामा सामेल भएका छन । जसमा ४ सय ४८ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा फारम भरेको आधारमा सबैभन्दा बढि मोरङबाट २० हजार ७ सय ६ र सबैभन्दा कम सोलुखुम्बुबाट १ हजार ९ सय ७६ परीक्षार्थी सम्लग्न हुने भनिएपनि अनुपस्थित विद्यार्थीको संख्या उल्लेख्य छ ।

अव शनिवार परिक्षा नभएर आईतवार अनिवार्य गणित बिषयको परीक्षा हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!