‘४५ वर्षदेखि बसिरहेको जग्गा खाली गर्न धम्की’

‘४५ वर्षदेखि बसिरहेको जग्गा खाली गर्न धम्की’
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–२ की अञ्जिराकुमारी पोद्दारले जग्गाको विषयलाई लिएर केही व्यक्तिले दैनिक धम्क्याइरहेको बताएकी छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनले आफ्नो परिवारलाई दैनिक धम्की आइरहेको बताएकी हुन् । उनको परिवार ऐलानी जग्गामा बसोबास गरिरहेको छ । २०३६ सालदेखि बसोबास गरिरहेको तर केही व्यक्तिले उक्त जग्गा आफ्नो नाममा रहेको भन्दै खाली गर्न बारम्बार धम्क्याइरहेको उनले बताइन् ...

इलाम : ५ जना उम्मेदवारलाई शून्य मत

इलाम : ५ जना उम्मेदवारलाई शून्य मत
इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रारम्भिक चरणको मतगणना परिमाण घोषणा हुँदा पाँचजना उम्मेदवारले एउटा पनि मत पाएनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १ हजार ५२१ मत गणना हुँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीतबहादुर राईसहित पाँचजना उम्मेदवारले शून्य मत पाएका हुन् । अन्य उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाकप्रसाद गौतम ...

इलाम मतगणना : कांग्रेसका खड्काको सुरूआती अग्रता

इलाम मतगणना : कांग्रेसका खड्काको सुरूआती अग्रता
इलाम । इलाम–२ को हिजो सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम गाउँपालिका वडा–१ को मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङभन्दा १२३ मतले अघि देखिएका छन् । सुहाङले ५३४ मत प्राप्त गरेका छन् । यसैगरी अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार डेकेन्द...

तराईमा अझै केही दिन तातो हावा चल्ने

तराईमा अझै केही दिन तातो हावा चल्ने
विराटनगर । तराईका विभिन्न भागमा पाँच दिनसम्म तातो हावा चल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बैशाख २० गतेसम्म तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आइतबार विराटनगर, दाङको घोराही, भैरहवामा तातो हावा चल्ने प्रक्षेपण गरेको छ । यसैगरी, पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ । मधेश प्रदेशसहित तराईका अधिकांश जिल्लाको तापक्रम केही दिनय...

इलामको मतगणना ११ बजे सुरू हुने

इलामको मतगणना ११ बजे सुरू हुने
इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजे सुरु गरिने भएको छ । राति अबेरसम्म सबै क्षेत्रका मतपेटिका संकलन भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा ती मटपेटिका संकलन गरिएको हो । मतगणना गर्ने सम्बन्धमा बिहानदेखि जारी सर्वदलीय, सर्वपक्षीय बैठक सकिएको छ । बैठकमा ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको कार्यालयले जनाएको छ ...

इलाममा मतगणनाको विषयमा सर्वदलीय बैठक जारी

इलाममा मतगणनाको विषयमा सर्वदलीय बैठक जारी
विराटनगर । इलाम क्षेत्र नं.–२ उपनिर्वाचनको मतगणनाका विषयमा अहिले सर्वदलीय बैठक जारी छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेद्वार, निर्वाचनका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन् । बैठकले मतगणनाको समय टुंगो लगाउँनेछ । इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचनका लागि हिजो मतदान भएको हो । निर्वाचन आयोगका अनुसार १ लाख १५ हजार ८८९ मत...

इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि

इलाम-२ : मतदान ५७ प्रतिशत, मतगणना भोलिदेखि
इलाम । इलाम क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा करिब ५७ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ न...

विराटनगरमा २७ जनाद्वारा रक्तदान

विराटनगरमा २७ जनाद्वारा रक्तदान
विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ । दुई महिने संगठन सुदृढीकरण अभियान उद्घाटन र १३५औं श्रमिक दिवसको अवसरमा महासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, केन्द्रीय सदस्य भोगेन्द्र यादव, केन्द्रीय सदस्य हेक कार्की, नेताहरू राजेन्द्र मण्डल, उपेन्द्र राय लगायतक...

जिफन्ट विराटनगर महानगर कमिटी अध्यक्षमा राय

जिफन्ट विराटनगर महानगर कमिटी अध्यक्षमा राय
विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको विराटनगर महानगर कमिटी गठन भएको छ । जिफन्ट कोशी प्रदेश युवा कमिटीको आयोजनामा भएको विराटनगर महानगर कमिटीको प्रथम भेलाले १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटी अध्यक्षमा रमेशकुमार राय, उपाध्यक्षमा सिर्जना लिम्बू, सचिवमा सोफिया केसी, सह-सचिवमा श्याम मण्डल चयन भएका छन् । सदस्यहरूमा जेसिका विश्वकर्मा, दिलिपकुमार मेहता, भोलाकुमार तबदार, दिनेशकुमार उराव, सञ...

इलाममा आजै मतगणना थालिने

इलाममा आजै मतगणना थालिने
इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम–२ मा आज भएको उपनिर्वाचनको मतगणना आजै सुरु गरिने भएको छ । सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन कार्यालयले आजै बेलुकादेखि मतगणना थाल्ने तयारी गरेको हो । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेका अनुसार मुचुल्का गरेर मतपेटिका संकलन गर्ने काम भइरहेको छ । मतपेटिकाहरु संकलन भएर आवश्यक प्रक्रिया पूरा गरेपछि आजैदेखि मतगणना ...
error: Content is protected !!