धनकुटा-इटहरी सम्पर्क समाज गठन

धनकुटा-इटहरी सम्पर्क समाज गठन

धनकुटा । धनकुटा पुख्यौली घर भई सुनसरीमा बसोवास गर्दै आएकाहरुको भेलाले ‘धनकुटा-इटहरी सम्पर्क समाज’ गठन गरेको छ । पाचौं साधारण सभाले अध्यक्षमा तेजबहादुर पुरी, उपाध्यक्षमा अमला श्रेष्ठ र देशबन्धु कार्की, सचिवमा रियन्द्रप्रसाद गुरागाई र कोषाध्यक्षमा अमृत बहादुर बस्नेतलाई चयन गरेको छ । नव गठित समितिको सदस्यहरुमा घनश्याम अधिकारी, कमलबहादुर महत, दधिराम चौहान, गीतादेवी आचार्य, भीमकला श्रेष्ठ र शिवबहाद...
सप्तरी आज पनि तनावग्रस्त, मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी आज पनि तनावग्रस्त, मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी । सप्तरीको राजविराजमा फेरि प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।  मधेस बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीको राजविराजको अदालत छेउमा मंगलबार केहीबेर झडप भएको हो । झडपका क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । एमाले मेची महाकाली अभियान रोक्न खोज्‍ने मोर्चाका कार्...
धनकुटामा भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा तीन घाईते

धनकुटामा भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा तीन घाईते

धनकुटा । धनकुटामा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीन जना घाईते भएका छन । भेडेटार–३ कोलबोटे स्थित कोशी राजमार्गमा वा.२.ख ८०५३ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिदा दुई जना घाईते भएका छन् । दुर्घटनामा परी ट्रकका साहु खोटाङका गणेश कार्की र चालक उदयपुर त्रियुगा नगरपालिका वस्ने चन्द्र नारायण श्रेष्ठ घाईते भएका हुन । त्यस्तै धनकुटा नगरपालिका–४ देव्रेवास स्थित कोशी राजमार्गमा सोमवारसाँझ भएको ...
अपडेट : सप्तरीमा प्रहरीले हानेको गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

अपडेट : सप्तरीमा प्रहरीले हानेको गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

राजविराज । सप्तरीमा प्रहरी र प्रदर्शनकारीवीच सोमवार भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ । यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित ...
सप्तरीमा एमालेको आकस्मिक बैठक, मेची-महाकाली अभियान तीन दिन स्थगित

सप्तरीमा एमालेको आकस्मिक बैठक, मेची-महाकाली अभियान तीन दिन स्थगित

सप्तरी । नेकपा एमालेको मेची-महाकाली अभियान तीन दिन स्थगित भएको छ । सप्तरी घटनापछि एमालेले मेची-महाकाली अभियान तीन दिनका लागि रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ । लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक...
सप्तरीमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सप्तरीमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सप्तरी । सप्तरीको राजविराजमा प्रहरी र प्रदर्शनकारीवीच झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले गोली चलाउँदा सप्तरी मलेठ गाबिस निवासी सञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको हाम्रा सप्तरी सहकर्मी एके यादवले जानकारी दिए । नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा मधेशी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा आज दिनभर सो क्षेत्र तनावपूर्ण भएको हो ।...
एमालेको मेची-महाकाली अभियान सप्तरीमा

एमालेको मेची-महाकाली अभियान सप्तरीमा

इनरुवा (सुनसरी) । तीन पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपालसहित एमालेको मेची-महाकाली अभियानको एमाले टोली प्रदेश नम्बर २ सप्तरी पुगेको छ। झन्डै तीन किलो मिटर लामो टोलीको अगुवाई एमालेका शीर्ष नेताहरुले गरिरहेका छन्।  मेची-महाकाली अभियानको गाडीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल छन्। करिब पाँच हजार जतिको अभियानका सहभागीहरु म...
संखुवासभामा छोराद्धारा बाबुको हत्या

संखुवासभामा छोराद्धारा बाबुको हत्या

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ४ गैरीपांमाका १९ बर्षीय सकुल राईको आफनै बाबुको हत्या गरेका छन । घरयासी बिवाद हुँदा छोरा सकुलले आफनै बाबु ४३ बर्षीय वालकृष्ण राईलाई कुटपिट गरि हत्या गरेका प्रहरीले जनाएको छ । छोराको कुटपिट बाट शुक्रवार साझ गंम्भिर घाईते भएका बालकृष्णलाई खदवारी अस्पतालमा उपचारको क्रममा शनिवार मृत्यू भएको प्रहरी नायव उपरिक्षक गौतमकुमार केशीले जानकारी दिए। उनले ब...
जुनसुकै हालतमा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री

जुनसुकै हालतमा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासहितको सहभागीतामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर छाड्ने बताएका छन् । ‘३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित हुन्न’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेसी मोर्चालाई साथमा लिएर तोकिएकै समयमा निर्वाचन गरेर छाड्ने छ ।’ पूर्वञ्चल विश्व विद्यालयको दिक्षान्त समा...
धनकुटामा अनेरास्ववियुको बिजय जुलुश

धनकुटामा अनेरास्ववियुको बिजय जुलुश

धनकुटा । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा बिजयी भएको खुसीयालीमा अनेरास्ववियुले बिहीवार धनकुटामा बिजय जुलुश निकालेको छ । स्थानीय मदनचौकबाट सुरु भएको जुलुशले हुलाकटोल, वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे लगायत स्थानको परिक्रमा गरेको थियो । ब्यानर, झण्डा र टाउँकामा अनेरास्वबियु लेखिएको फेटा लगाएर संगठनको पक्षमा नारा लगाउँदै बिद्यार्थीहरुले बजार परिक्रमा गरेका हुन । स्ववियु निर्...
धनकुटाका तीन क्याम्पसमा अनेरास्ववियु बिजयी, एउटामा अखिल क्रान्तिकारी

धनकुटाका तीन क्याम्पसमा अनेरास्ववियु बिजयी, एउटामा अखिल क्रान्तिकारी

धनकुटा । धनकुटाका चार क्याम्पसमा बुधवार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा तीन क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । एक क्याम्पसमा अखिल क्रान्तिकारीले बिजयी हासिल गरेको छ । धनकुटा बहुमुखीसहित तीन क्याम्पसमा भने निर्वाचन नै भएन । जनता क्याम्पस जीतपुर, जालपादेवी क्याम्पस पाख्रीवास र हिले क्याम्पस हिलेमा अनेरास्ववियुको प्यानलनै बिजयी भएको हो । यता कागते स्थित भाषा क्याम्पसमा भने अखिल क...
क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा तालाबन्दी

क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा तालाबन्दी

धनकुटा । स्वास्थ्यकर्मीहरुले धनकुटा स्थित पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा मंगलवार तालाबन्दी गरेका छन । स्वास्थ्य सेवा ऐन दफा ९ को ‘ख’ कार्यान्वयनको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले कार्यालयमा ताला लगाएका हुन । स्वास्थ्यकर्मी पूर्वाञ्चल क्षेत्रीय ट्रेड युनियन संघर्ष समितिले क्षेत्रीय स्वास्थ्य निर्देशक विष्णुबहादुर बस्नेतसहित कार्यलयको आर्थिक, प्रशासनीक लगायत सबै शाखाका कर्म...
फोक्लेण्डटापुमा ट्याक्टर पल्टियो (फोटो फिचरसहित)

फोक्लेण्डटापुमा ट्याक्टर पल्टियो (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको फोक्लेण्डटापुमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन । उत्तरपानीबाट दाउरा लिएर आएको को.२ त ३८०६ नम्बरको ट्याक्टर धनकुटा नगरपालिका–६ स्थित फोक्लेण्डटापुमा पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टर चालक धनकुटा नगरपालिका–१४ का २३ बर्षिय डम्बर अधिकारी र सह–चालक २० बर्षिय सुवास तामाङ्ग घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । घाईतेको धनकुटा...
भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव

भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव

भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुर बिभिन्न पर्यटकीय स्थल लगायत प्राकृतिक सुन्दरताले समेत भरिपुर्ण छ । त्यसमा पनि मैयुङ हाँस पोखरीको सुन्दरताले त्यहाँ पुग्ने जो कोहीलाई समेत मोहित पार्ने गर्छ । जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा रहेका मैयुङ डाँडा प्राकृतिक सुन्दरताको अनुपम देन नै हो भन्दा फरक नपर्ला । सदरमुकामदेखि ८ कोषको दुरीमा समुन्द्र सतहदेखि ३ हार ३ सय ३३ मिटरको उचाईमा रहेको सो डाँडा भोजपुर...
अब चुनाव होइन, महाभारत हुन्छ, तयारी हुनुहोस : उपेन्द्र यादव

अब चुनाव होइन, महाभारत हुन्छ, तयारी हुनुहोस : उपेन्द्र यादव

सिरहा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् । पार्टीको सिरहा प्रथम अधिवेसनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए । ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ ।’ चाँडै आन्दोलन सुरु हुने भन्दै उनले यो आन्दोलन तराई मधेसमा मात्रै नभई हिमा...
संविधान संशोधन विधेयक पारित हुँदैन :  नेम्वाङ

संविधान संशोधन विधेयक पारित हुँदैन :  नेम्वाङ

धनकुटा । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुँने दावी गरेका छन । देशब्यापी कार्यक्रम अनरुप एमाले धनकुटाले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान समापनका अवसरमा सोमवार डाँडाबजारमा अयोजित सभालाई संबोधन गर्दै नेम्वाङले यस्तो वताएका हुन । संविधान संशोधनका पक्षधरको संख्या घट्दै गएको तथा राप्रपालेसमेत विपक्षमा मतदान गर्न...
पूर्व सभामुख सुवास नेम्वाङ्ग आज डाँडाबजार आउने

पूर्व सभामुख सुवास नेम्वाङ्ग आज डाँडाबजार आउने

धनकुटा । पूर्व सभामुख एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्ग सोमवार धनकुटाको डाँडाबजार आउँदैछन । नेकपा एमाले धनकुटाले डाँडाबजारमा आयोजना गरेको बृहत जनसभालाई संबोधनका लागि नेम्वाङ्ग आउँन लागेका हुन । देशब्यापी कार्यक्रम अनरुप एमालेले धनकुटामा सञ्चालन गरेको संबिधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियानको समापनका अवसरमा कार्यक्रम आयोजना गरिएको एमाले धनकुटा प्रचार बिभाग ...
फर्जी बिद्यार्थी छानविन गरी स्वतन्त्र रुपमा स्ववियु निर्वाचन गराउँन माग

फर्जी बिद्यार्थी छानविन गरी स्वतन्त्र रुपमा स्ववियु निर्वाचन गराउँन माग

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा फर्जी बिद्यार्थी छानविन गरी निष्पक्ष, पारदर्शी र धादलीरहित रुपमा स्ववियु निर्वाचन गर्न नयाँ शक्ति बिद्यार्थी युनियनले माग गरेको छ । नयाँ शक्ति बिद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पस आधार समितिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । क्याम्पस आधार समितिका संयोजक फुर्वा शेर्पाद्धारा जारी विज्ञप्तिमा कागजात पुरा नगरी भर्ना भएका बिद्यार्थीको छान...
निजामति कर्मचारी युनियन धनकुटामा तिम्सिना

निजामति कर्मचारी युनियन धनकुटामा तिम्सिना

धनकुटा । नेपाल निजामति कर्मचारी युनियन (संघ) धनकुटाको चौथो जिल्ला अधिवेशनले हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा अठार सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा नारदमणी सुवेदी, महिला उपाध्यक्षमा निर्मला सुवेदी, समावेशी उपाध्यक्षमा गोर्खाबहादुर तामाङ्ग, सचिवमा डम्बरबहादुर कटुवाल, युवा सह–सचिवमा पुष्पराज अधिकारी र कोषाध्यक्षमा ढकराज कटुवाल चयन भएका छन । त्यस्तैगरी...
बिभिन्न कार्यक्रम गरेर सेना दिवस मनाईयो

बिभिन्न कार्यक्रम गरेर सेना दिवस मनाईयो

धनकुटा । देशभर बिभिन्न कार्यक्रम गरेर शुक्रवार सेना दिवस मनाईएको छ । दिवसको अवसरमा नेपाली सेनाले बिभिन्न कार्यक्रम गरेको छ । यसैवीच धनकुटामा पनि सेना दिवसको अवसरमा रक्तदान, सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको छ । दिवसको अवसर पारेर सल्लेरी स्थित श्रीमेहर गणको आयोजनामा जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा २२ जना नेपाली सेना, ६ जना सर्वसाधरण र ३ जना प्रहरीले रक्तदान गरेक...