संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आगामी चैत पहिलो साता हात्तीपाइले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमवार पत्रकार सम्मेलन गरी चैत ५ देखि ७ गतेसम्म तीन दिन औषधी खुवाईने जानकारी दिएको हो ।

सो अवसरमा जिल्ला स्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले ७५ हजार महिला र ७१ हजार पुरुष गरी १ लाख ४६ हजारलाई औषधी खुवाउँने लक्ष राखिएको जानकारी दिए । उनका अनुसार हात्तीपाईले रोग बिरुद्धको औषधी खुवाउँनका लागि जिल्लामा २ सय स्वास्थ्यकर्मी र ९ सय ३० जना स्वयंसेवक परिचालन गरिने छ ।

Advertisement
हात्तीपाइले बिरुद्धको औषधी खुवाउँने अभियानको बिषयमा जानकारीका लागि आयोजित कार्यक्रम । तस्वीर-संगालोखबर

धनकुटा नगरपालिकामा करिव १ सय केन्द्रसहित जिल्लाभर ४ सय ८० केन्द्रवाट औषधी वितरणको तयारी गरिएको छ । दुई बर्ष मुनिका वालवालिका, गर्भवती महिला, सिकिस्त बिरामी र छारे रोगका बिरामी बाहेक सम्पुर्णले यो औषधी खान मिल्ने डा. उपाध्यायले बताए ।

हात्तीपाइले रोग निवारणको अभियान सफल पार्न औषधी सेवनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लावासी सम्पुर्णलाई आग्रह पनि गरेको छ । महालक्ष्मी नगरपालिकाको लेगुवामा ६ जना र पाख्रीवास नगरपालिकाको घोर्लिखर्कमा १ गरी धनकुटामा हाल ७ जनामा हात्तीपाइले रोग भेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!