झनै संक्रामक बन्दै डेंगु

झनै संक्रामक बन्दै डेंगु
काठमाडौं । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ । संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, क...

उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य
काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन लक्षित आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो । निर्वाचन आचारसंहिता २०७९ सार्वजनिक आचारसंहिता प्रकाशित भए पनि आयोगले तोकेको मिति र क्षेत्रमा मात्रै लागू हुनेछ । ‘आचारसंहिता...

घोषणापत्र साझा, निर्वाचन चिह्न आ-आफ्नै

घोषणापत्र साझा, निर्वाचन चिह्न आ-आफ्नै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् । ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेबारे समेत ...

भन्सारको नाम देखाउँदै ह्वाट्स एपबाट ठग्दै

भन्सारको नाम देखाउँदै ह्वाट्स एपबाट ठग्दै
काठमाडौं । झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिने गरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो । प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिख...

सुटुक्क ल्याइँदै संघीय निजामती सेवा ऐन

सुटुक्क ल्याइँदै संघीय निजामती सेवा ऐन
काठमाडौं । सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ । संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको छ । तर, यही प्रावधान पुरै बेवास्ता गर्दै केन्द्र सरकारसँग प्रदेश र स्थानीय तहको सम्बन्ध पूर्ण रूपमा विच्छेद हुनेगरी संघीय निजामती सेवा ऐन ल्याउन लागिएको हो । सो व...

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा
काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ । वैदेशिक सम्पति, चालू खाता, शोधानान्तर ...

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि
काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ
काठमाडौं । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ ग...

संघीय शासन प्रणालीलाई कडा चुनौती, बिचौलियाले ढाकिन थाले सरकारी कार्यालय

संघीय शासन प्रणालीलाई कडा चुनौती, बिचौलियाले ढाकिन थाले सरकारी कार्यालय
काठमाडौं । स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकारका कार्यालय बिचौलियाले ढाकिन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको छ भने कयौं नागरिकले सेवा लिँदा ‘अतिरिक्त शुल्क’ बुझाउन बाध्य छन् । योक्रम पछिल्ला दिन ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गर्दा पनि बिचौलिया पर्ने गरेको पाइएको छ । अख्तियारले गरेका विभिन्न अध्ययनले सरकारी कार्यालय बिचौ...

थपिए साढे ४ लाख नयाँ मतदाता

थपिए साढे ४ लाख नयाँ मतदाता
काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो । निर्वाचन आयोगले भने २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरे...
error: Content is protected !!