- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको आँखिभूइमा शुक्रवार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन ।

हावाहुरी र बर्षासँगै चट्याङ पर्दा आँखिभूइ हुमिङका २२ बर्षिय नविन जिमी राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए ।

Advertisement
चट्याङ लागेर मृत्यु भएका स्ववियु अध्यक्ष जिमी ।

मृतक जिमी माम्लिङ स्थित रामेश्वर क्याम्पसका स्ववियु अध्यक्षसमेत हुन । घरमै रहेका वेला चड्याङ लागेर जिमीको मृत्यु भएको हो । उनको सवलाई शनिवार बिहान पोष्टमार्टमका लागि चैनपुर ल्याईने प्रहरीले जनाएको छ ।

संखुवासभामा शुक्रवार अपरान्ह बर्षा र हावहुरीसँगै चट्याङ पर्दा आँखिभूई र मादीका दुई जना घाईते भएको प्रहरी निरीक्षक पोख्रेलले संगालोखबरलाई बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!