भोजपुरको षडानन्दले जित्यो भलिबलको उपाधि

भोजपुरको षडानन्दले जित्यो भलिबलको उपाधि
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंघरुमा सञ्चालित चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । फाइनल खेलमा झापाको दमक नगरपालिकालाई पराजित गर्दै षडानन्दले उपाधि जितेको हो । षडानन्दले दमकलाई २५-२२, २५-१५ र २५-२२ को सेटमा पराजित गर्यो । उपाधिसँगै षडानन्दले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरप...

महालक्ष्मीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

महालक्ष्मीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
धनकुटा । धनकुटाको महालक्ष्मीले जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । महालक्ष्मी नगरपालिका-४ स्थित दमारमा भएको प्रतियोगितामा ३३ स्वर्ण, २१ रजत र २६ कास्य पदकसहित महालक्ष्मी नगरपालिकाले उपाधि जितेको हो । १३ स्वर्ण, १३ रजत र ७ कास्य पदकसहित धनकुटा नगरपालिकाले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै, ३ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित चौबिसे गाउँपालिका तृतीय बनेको छ ...

धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन
धनकुटा । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा-६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि...

चौबिसे कप फुटबलः पुरुषतर्फ ६ र महिलातर्फ २ नं. वडाले जित्यो उपाधि

चौबिसे कप फुटबलः पुरुषतर्फ ६ र महिलातर्फ २ नं. वडाले जित्यो उपाधि
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मुढेवासमा आयोजित पाँचौ चौबिसे महिला तथा पुरुष रनिङ कप फुटबल प्रतियोगितामा पुरुषतर्फ चौबिसे वडा नं.६ र महिलातर्फ चौबिसे वडा नं.२ ले उपाधि जितेको छ । पुरुषतर्फको खेलमा चौबिसे वडा नं.१ लाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै चौबिसे वडा नं.६ ले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा विश्वकु...

चौबिसे रनिङ कप फुटबल माघमा हुने

चौबिसे रनिङ कप फुटबल माघमा हुने
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा आगामी माघ १ गतेबाट पाँचौ चौबिसे महिला तथा पुरुष रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । मुढेवासस्थित त्रिवेणी क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । आयोजकले आज कार्यक्रम गरेर चार दिनसम्म हुने खेलको तालिका सार्वजनिक गरेको छ । स्थानीय त्रिवेणी खेल मैदानमा हुने प्रतियोगितामा आठ वडाका पुरुष र महिलाका आ...

खाल्साथुम कप भलिबल: भोजपुरले जित्यो महिला पुरुष दुवैको उपाधि

खाल्साथुम कप भलिबल: भोजपुरले जित्यो महिला पुरुष दुवैको उपाधि
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ ढोलमुखामा आयोजित प्रथम खाल्साथुम कप अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । महिला र पुरुषतर्फ बेग्लाबेग्लै भएको दुवै प्रतियोगिताको उपाधि भोजपुरले जितेको हो । पुरुषतर्फको फाइनल खेलमा हतुवागढी-७ लाई पराजित गर्दै हतुवागढी-९ भोजपुरले उपाधि जितेको छ । उपाधिसँगै हतुवागढी-९ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्...

इटहरीले जित्यो रारा भेट्रान गोल्डकपको उपाधि

इटहरीले जित्यो रारा भेट्रान गोल्डकपको उपाधि
धनकुटा । हाम्रो इटहरी भेट्रान क्लबले धनकुटाको राजारानीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि जितेको छ । राजारानी खेल मैदानमा भएको फाइनल खेलमा भारतको बेर्मियोक नाम्फिङ भेट्रान, सिक्किमलाई १-० गोलले पराजित गर्दै इटहरीले उपाधि जितेको हो । खेलको ११ औं मिनेटमा दीपेन राईले गरेको एकमात्र गोल नै इटहरीलाई जित दिलाउन पर्याप्त बन्यो । उपाधिसँगै इटहरीले १ लाख नगदसहित ट्रफी, मेडल ...

रारा भेट्रान गोल्डकप: दुधे र विराटको विजयी सुरुवात

रारा भेट्रान गोल्डकप: दुधे र विराटको विजयी सुरुवात
धनकुटा । धनकुटाको राजारानीमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपमा झापाको दुधे भेट्रान क्लब र विराटनगरको विराट मेगा भेट्रान क्लबले विजयी सुरुवात गरेका छन् । राजारानी खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा हाम्रो धरान भेट्रान क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल ट्राइबेकरमा...

हिले फुटबल क्लबले जित्यो उपाधि

हिले फुटबल क्लबले जित्यो उपाधि
धनकुटा । हिले फुटबल क्लबले धनकुटाको सहिदभूमि गाउँपालिका–२ पातालडाँडामा आयोजित प्रथम अन्डर १९ कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पिप्ले फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै हिलेले उपाधि जितेको हो । उपाधिसँगै हिले फुटबल क्लबले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पिप्ले फुटबल क्लबले नगद १५ हजारमा चित्त बुझाएको छ । विजेता टिम तथा खेलाड...

धरानले जित्यो क्रिकेटको उपाधि

धरानले जित्यो क्रिकेटको उपाधि
धनकुटा । धनकुटामा सञ्चालित दीपावली खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धरान क्रिकेट क्लबले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा एकता क्रिकेट क्लब धनकुटालाई ७० रनले हराउँदै धरान क्रिकेट क्लबले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको धरानले पुरै २० ओभर खेल्दै धनकुटालाई १ सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा धनकुटाले १६ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय २९ रन मात्र बनायो । धनकु...
error: Content is protected !!