- रबिन कटेल/संगालोखबर

धनकुटा । बिहिवारबाट सुरु हुँने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा पूर्वी नेपालका १६ जिल्लाबाट १ लाख १७ हजार विद्यार्थी सामेल हुने भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार १ लाख १६ हजार ८ सय ७५ विद्यार्थी परीक्षामा सामेल हुने भएका हुन ।

जसमध्ये नियमित तर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेड तर्फ ७ हजार ४१ परीक्षार्थी एसइइ परीक्षामा सामेल हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक केशव प्रसाद दाहालले जानकारी दिए । उनका अनुसार आंशिक ग्रेड बृद्धिका लागि १५ हजार १२ जना परीक्षार्थी सामेल हुनेछन ।

Advertisement
पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा । तस्वीर-संगालोखबर

यसबर्ष पूर्वमा सवैभन्दा बढी मोरङबाट २० हजार ७ सय ६ जना र सवैभन्दा कम सोलुखुम्वुबाट १ हजार ९ सय ७६ जना परीक्षार्थी एसइइमा सामेल हुँदैछन । साविक पूर्वाञ्चलका १६ जिल्लामा ४ सय ४८ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

पूर्वका १६ जिल्लाको जिल्लागत विवरण हेर्नुहोस्…

धनकुटामा डेढसय विद्यार्थी अयोग्य

धनकुटामा डेढसय विद्यार्थी एसइइ परीक्षा दिन अयोग्य भएका छन । कक्षा १० मा भर्ना भएर पनि बिभिन्न कारणले परिक्षा आवेदन फारम नभरेका कारण १ सय ५८ जना विद्यार्थी परीक्षाका लागि अयोग्य भएको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय धनकुटा । तस्वीर- संगालोखबर

यता धनकुटाका १७ परीक्षा केन्द्रबाट ३ हजार ४ सय ५५ जना बिद्यार्थी एसइइ परीक्षामा सामेल हुने भएका छन ।

जसमध्ये नियमित तर्फ २६ सय ६१, एक्जाम्टेड तर्फ १ सय ८४ र आंशिक ६ सय १० बिद्यार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । धनकुटा कारागारबाट पनि एक जना विद्यार्थीले परीक्षा दिने भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!