बसिला प्रहार गरी पत्नीको हत्या

बसिला प्रहार गरी पत्नीको हत्या

मोरङ । मोरङको सिजुवाका एक ब्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन । सिजुवा–६ मुसहर बस्तीका उदय सुतिहारले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी २५ बर्षीया शान्ता सुतिहारलाई बसिला (काठ ताछ्ने हतियार) ले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतिवीच घरायसी वाद विवाद हुँदा उदयले शान्तामाथी बसिला प्रहार गरेको स्थानीयको भनाई छ । गम्भीर घाइते शान्ताको रंगेली अस्पतालमा ...
सिरहामा ट्रक जुध्दा चालकको मृत्यु

सिरहामा ट्रक जुध्दा चालकको मृत्यु

सिरहा । सिरहाको लहानमा विहीबार दुई वटा ट्रक आपसमा जुध्दा चालकको मृत्यु भएको छ । दुई जना सह–चालक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख.१९२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख.७१२ नम्बरको ट्रक बिहान करिव ८ बजे लहान नगरपालिका–१ मा ठोक्किएका हुन । दुर्घटनामा ७१२ नम्बरको ट्रकका चालक मकवानपुर आमभञ्ज्याङ–४ का २७ बर्षिय हरिबहादुर तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रह...
भ्रष्टाचार नियन्त्रणको बिषयमा कविता प्रतियोगिता

भ्रष्टाचार नियन्त्रणको बिषयमा कविता प्रतियोगिता

धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिवसको अवसरमा मंगलवार धनकुटामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धन विषयक कविता प्रतियोगिता गरिएको छ । धनकुटा स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता गरेको हो ।जिल्लाका आठ विद्यालयले भाग लिएको प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माविका छात्र रोशन राई प्रथम, भाषा माविका...
सगरमाथा आधार शिविरमा लेक लागेर पथप्रदर्शकको मृत्यु

सगरमाथा आधार शिविरमा लेक लागेर पथप्रदर्शकको मृत्यु

सोलुखुम्बु, २५ माघ । सोलुखुम्बुको खुम्जुङमा लेक लागेर मंगलवार एक जना पथप्रदर्शकको मृत्यु भएको छ । खुम्जुङ–८ स्थित सगरमाथा आधार शिविर पुगेर फर्कनेक्रमममा सोताङ ८ बस्ने २० वर्षिय समिर नाक्षीरिङ राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । राई थियेरा एडभन्चर गाईड कम्पनी काठमाण्डौबाट पथप्रदर्शकका रुपमा त्यहा पुगेका थिए । सोमबार अपरान्ह शिविर पुगेर फर्कनेक्रममा राई बिरामी परेका थिए । ...
तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा

तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो झरना ओझेलमा

तेह्रथुम, २५ माघ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो मानिने ह्यात्रुङ्ग झरना ओझेलमा परेको छ । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा भरना ओझेलमा परेको हो । इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो उक्त झरना दक्षिण एसियाकै अग्गो मानिन्छ । निजी तथा सरकारी स्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम...
हिलेको सुनपसलमा चोरी गर्ने पक्राउ

हिलेको सुनपसलमा चोरी गर्ने पक्राउ

धनकुटा, २४ माघ । धनकुटाको हिले स्थित एक सुनपसलमा चोरी गर्ने युवालाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया सुरु गरेको छ । गत शनिवार राति हिले स्थित रेजिन धमलाको सुन पसलमा चोरी भएको थियो । चोरीमा संलग्न भएको अरोपमा प्रहरीले सुनसरी ईटहरी उप–महानगरपालिक–५ का २३ बर्षिय मिलन अधिकारी खत्रीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठको फट्टा जोडिएको ढिकको कव्जा फोडी उनले सुन–चाँदीका गरगहना चोरी गरेका थिए । ...
सप्तरीमा आफ्नै काकीद्धारा घाँटी  निमोठेर हत्या

सप्तरीमा आफ्नै काकीद्धारा घाँटी निमोठेर हत्या

सप्तरी, २४ माघ । सप्तरीको पातो गाविसमा एक जना बालकको हत्या भएको छ । तीन वर्षीय बालकको हत्या आफ्नै काकीले गरेको खुलेको छ । पातो गाविस ५ गोबिन्दपुर निवासी धर्मदेव मण्डल खत्बेका ३ वर्षीय  छोरा रामअवतार मण्डलको उनकै काकी उर्मिलादेवीले हत्या गरेकी हन् । बालकको घाँटी निमोठेर गत शनिबार नै उर्मिलाले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घाँटी निमोठेर हत्या गरी बोरामा हालेको अवस्थामा मृतकको घर पछाडिको...
धरानमा ग्यास सिलिन्डर पड्किएर आगलागी

धरानमा ग्यास सिलिन्डर पड्किएर आगलागी

सुनसरी, २४ माघ । सुनसरीको धरानमा गएराति ग्यास सिलिन्डर पड्किएर एक घरमा आगलागी भएको छ ।  धरान उपमहानगरपालिका–२२ स्थित देउरालीका रितेस लिम्बुको घरको भान्साकोठामा रहेको  सिलिन्डर पड्एिको हो । भान्साकोठामा रहेको ग्यास  सिलिन्डर राती करिव १० बजे अचानक पड्किएर आगालगी हुँदा करिव दुई लाख वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दमकल, प्रहरी र स्थानीयबासीले करिव एक घण्टा पछी आगो नियन्त्...
खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

मोरङ , २२ माघ । मोरङको बेलबारीमा शनिवार दिउँसो खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षीय मणिकुमार तामाङ छन । दिउँसो १ बजे स्थानीय बेतना खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैँलाई करेन्ट लाग्दा तामाङ घाइते भएका थिए । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्य...
प्रेस चौतारीको स्थापना दिवसमा देशभर कार्यक्रम

प्रेस चौतारीको स्थापना दिवसमा देशभर कार्यक्रम

धनकुटा, २२ माघ । पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा शनिवार देशभर कार्यक्रम भएको छ । प्रेस चौतारी केन्द्र र जिल्ला शाखाहरुले बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका हुन । यसैवीच प्रेस चौतारी नेपालको स्थापना दिवसकै अवसर पारेर शनिवार धनकुटामा छिन्ताङ्ग खोकु आँखिसल्ला शहीद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार कुलप्रसाद राईलाई पुरस्कृत गरिएको छ । चौतारी धनकु...
नेत्र ज्योती संघ धनकुटामा पुनः गुरागाई 

नेत्र ज्योती संघ धनकुटामा पुनः गुरागाई 

संगालो खबर/ धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाको आठौं जिल्ला अधिवेशनबाट पुनः दोर्ण गुरागाई अध्यक्षमा चयन भएका छन । आईतवार सम्पन्न अधिवेशनले गुरागाईको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । नव गठित समितिको सदस्यहरुमा ठेगनाथ घिमिरे, ऋषिराम ढुंगाना, रेणु श्रेष्ठ, अस्मिका राई, डा.घनश्याम भट्टराई, कुसुम श्रेष्ठ, जयप्रसाद निरौला, पुरेन्द्रलाल श्रेष्ठ, रोशेष श्रेष्ठ, असोक वाग्...
नाम्जेको ‘आत्मा बस्ने घर’ मा पर्यटकको आकर्षण

नाम्जेको ‘आत्मा बस्ने घर’ मा पर्यटकको आकर्षण

धनकुटा । सामान्यतया जिवित मानिस बस्नका लागि घर बनाईन्छ । तर, मृत्यु भएका ब्याक्तिको आत्मा बस्नका लागि भनेर धनकुटाको भेडेटार स्थित नाम्जे गाउँमा घर बनाईएको छ । सुन्दै अचम्म लाग्ने ‘आत्मा बस्ने घर’ करिव पाँच बर्ष अघि निर्माण गरिएको हो । नौलो किसिमको भएकै कारण उक्त घर हेर्नका लागि अहिले बिभिन्न स्थानबाट आन्तरीक तथा बाह्य पर्यटकहरु नाम्जे पुग्ने क्रम बढ्दै गएको छ । ‘आत्मा बस्ने घर’ हेर्नका लागि...
‘निःशुल्क औषधीको अभाव छैन’

‘निःशुल्क औषधीको अभाव छैन’

धनकुटा । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले स्वास्थ्य संस्थावाट निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । मंगलवार जिल्ला स्वास्थय कार्यालय धनकुटाले पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरुवाट निःशुल्क रुपमा वितरण गरिने औषधीको अभाव नभएको जानकारी दिएको हो । सर्वसाधारण नागरिकलाई निःशुल्क रुपमा वितरण गरिने ७० प्रकारका औषधीको अभाव जिल्लामा नभएको जिल्ला स्वास्थ्य का...
सरकारलाई बाध्य पारेर निर्बाचन घोषणा गराउँने ओलीको दावी

सरकारलाई बाध्य पारेर निर्बाचन घोषणा गराउँने ओलीको दावी

संगालो खबर धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बाध्य पारेर भएपनि निर्बाचन घोषणा गराएरै छाड्ने दावी गरेका छन । सरकारले आफ्नो आयु लम्ब्याएर देशमा अस्थिरता सृजना गर्र्न निर्बाचन नगराउँने सड्यन्त्र गरिरहेको भन्दै ओलीले त्यस्तो सड्यन्त्रको भण्डाफोर गर्दै एमालेले जुनसुकै हालतमा पनि चुनावको मिति घोषणा गराएरै छाड्ने दावी गरेका हुन । नेकपा एमालेले बुधवार धनकुटामा आयोजना गरे...
धनकुटामा पनि सोनाम ल्होछार मनाईयो 

धनकुटामा पनि सोनाम ल्होछार मनाईयो 

संगालो खबर धनकुटा । २८५३ औँ सोनाम ल्होछारको अवसरमा सनिवार धनकुटाको हिले वजारमा विविध साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदन–प्रदान गरिएको छ । नेपाल तामाङ घेदुङ धनकुटाको आयोजनामा आ–आफ्नै भेषा–भुषामा भेला भएका तामाङ समुदायका ब्याक्तिहरुले हिले वजारको परिक्रमा गरेका थिए । तामाङ भेष–भुषामा सजिएका तामाङ समुदायका युवा युवती, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि, तामाङ घान्वा–ताम्वा, वौद्...
धनकुटाका पत्रकारलाई निःशुल्क उपचार घोषणा

धनकुटाका पत्रकारलाई निःशुल्क उपचार घोषणा

धनकुटा । साझा सञ्चार नेपाल धनकुटाले जिल्लामा क्रियासिल पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य उपचार र सञ्चार सामाग्री खरिदमा सहयोग गर्ने घोषणा गरेको छ । साझा सञ्चारको चौथो स्थापना दिवसका अवसरमा मंगलवार जिल्लामा आयोजित कार्यक्रममा अध्यक्ष भेषराज कटेलले धनकुटामा क्रियासिल पत्रकारहरुका लागि जिल्लाका अस्पतालमा हुने उपचारको सम्पुर्ण खर्च सस्थाले बेहोर्ने घोषणा गरेका हुन । उनका अनुसार जिल्लाका पत्रका...
महाभारतमा गोली प्रहारबाट मृत्यु

महाभारतमा गोली प्रहारबाट मृत्यु

धनकुटा । धनकुटाको महाभारत–९ मा सोमवार दिउँसो गोली लागेर एक युवकको मृत्यु भएको छ । भरुवा बन्दुक प्रहारबाट स्थानीय ३० बर्षिय सबिन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीका अनुसार ‘दिब्ये माईला’ भनिने ४० बर्षिय दिप बहादुर राईले हानेको भरुवा बन्दुकको गोली लागेर सबिनको मृत्यु भएको हो । स्थानीयको भनाई उदृत गर्दै प्रहरी ...