- प्रेम देवान/संगालोखबर

विराटनगर । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी गर्ने प्रक्रियाको विरोधमा मंगलबार बिराटनगरमा सिठी जुलुस निकालिएको छ ।

परिमार्जनसहित संविधान संशोधनको माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा सिटी जुलुस निकालेका हुन ।

Advertisement

स्थानीय संन्सारी माईस्थानबाट निकालिएको सिटी जुलुस ट्राफिक चोक, वडा प्रहरी कार्यालय हुँदै जिल्ला प्रसाशनको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो ।

पाँंच वुदे मागसहित उनीहरुले आदिवासी जनजातीहरुको ऐतिहासिक थलो किटानगरी विशेष स्वायत र संरक्षित क्षेत्रको निर्धारण, स्थानीय तह अन्र्तगत गांउपालिका तथा नगरपालिकामा आदिवासीहरुको थलोको किटागर्न तथा सयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आफनो अधिकार शुनिश्चित गर्न माग गरेका छन ।

यसैविच आगामी चैत्र १२ गते जिल्ला सदरमुकाम तथा नगरपालिकामा बृहत मानव साङ्लो गर्ने नगर अध्यक्ष सुरेसप्रसाद सिह गनगाईले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!