- प्रेम देवान/संगालोखबर

विराटनगर । कलेज स्तरमा अध्ययरत बिद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको पूर्वाञ्चल कलेज प्रिन्सेसको ताज विराटनगर–१५ की सिमरन श्रेष्ठले पहिरिएकी छन् ।

२० जना प्रतिष्प्रधीलाई उछिन्दै १७ बर्षिया सिमरनले कलेज प्रिन्सेसको ताज जित्न सफल भएकी हुन् । सफलता के हो भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ठ जवाफ दिदै टप फाइभमा रहेका अन्यलाई उछिन्दै उनी कलेज प्रिन्सिेसको यो संस्करणको बिजेता बनेकी हुन । बिजयी भएसँगै उनले टिभिएस कम्पनीको स्कुटरसमेत उपहारमा जितेकी छन ।

जितसंगै उनले अबको दिनमा सामाजिक क्षेत्रमा काम गर्ने उद्घोष गरिन् । सिमरन हाल मेरील्याण्ड कलेमा कक्षा ११ मा अध्ययनरत छिन् । पढाई सकिएपछी अरु व्यूटीप्याजेन्टमा हात हाल्ने उनले बताईन् ।

त्यसैगरि कलेज प्रिन्सिसको फस्ट रनरअपको उपाधी अर्किड कलेजकी पेम्बा लामा भईन भने सेकेन्ड रनरअप एभरेष्ट कलेजकी तृष्णा थापा बनिन् ।

बिराटनगरको फन एन फुड भिलेज रिर्सोटमा भएको फाइनलको निर्णायकमा पूर्व मिस नेपाल मलिना जोशी, नायक तथा मोडल अनुपबिक्रम शाही, उद्योगपति भोलेश्वर दुलाल, श्याम पौडेल, भगवती कालिकोटे र डा.संगिता मिश्रा थिए । प्रतियोगिताको परिचयात्मक चरणमा प्रतिष्प्रधीहरु बिभिन्न भेषभुषामा सजिएका थिए ।

साजिद आलमको कोरियाग्राफीमा रहेको सो प्रतियोगिताको आयोजना एड होम एभटाइजिङले गरेको हो । साथै संस्थाले नै यस बर्षदेखि शुरु गरेको कलेज प्रिन्सको फाइनल पनि केही दिनमा सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!