- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शुक्रवार अपरान्ह हावाहुरी र पानीस‘गै वाक्लो असिना परेको छ । लामो समयपछि परेको वाक्लो असिनाले बालिनालिमा क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन ।

सदरमुकाम तथा आसपासका देब्रेबास, कचिंडे, सेउले लगायतका स्थानमा करिब आधा घण्टासम्म पानीसगै असिना परेको थियो ।

Advertisement

अपरान्ह ४ बजे परेको असिना करिब आधा फिटसम्म जमेको देव्रेवासका स्थानीय रेनु पौड्यालले जानकारी दिईन । ‘हालसम्म यत्ति धेरै असिना परेको देखेको थिईन’ पौड्यालले भनिन् ‘डाडाँ, पाखा, सडक जताजतै हिउँजस्तै असिनै–असिनाले सेताम्मे भयो ।’

धनकुटाको देव्रेवासमा असिनामा रमाउँदै स्थानीयबासी । तस्वीर-संगालोखबर

अपरान्ह परेको असिना साँझ मात्र सुकेको थियो । २००१ सालमा देव्रेवास आसपासका क्षेत्रमा हिउ‘ परेको थियो ।

त्यसपछि कहिले काँही तुसारो परेपनि यसरी अचम्मै लाग्नेगरी असिना जमेको पहिलो पटक देखेको पौड्यालले बताईन् । असिनाले विशेषगरी फलको भर्खर फुलेको फूल नष्ट गरेको छ ।

सुन्तला, जुनार, कागती, नासपाती, लिची लगायतका फलफूलमा बढीमात्रामा क्षति पुगेको किसानहरुले बताएका छन ।

यो पनि पढ्नुहोस..

हावाहुरीले मुर्तिढुंगामा पोल भाचिदा बिधुत सेवा अवरुद्ध, हुरीले दुईवटा घरको छानो उडायो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!