- संगालोखबर सम्वाददाता

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ मा मंगलबारराति बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

Advertisement

पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४ ख ६९३ नम्बरको हाइस बसले बिपरीत दिसाबाट आईरहेको को.२७ प १४६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाईकलमा सवार गोलबजार नगरपालिका–४ बस्ने कुसेश्वर महत्तोको मृत्यु भएको हो । ठक्क्रबाट गंभीर घाईते महतोलाई उपचारका लागी न्यूरो अस्पताल बिराटनगर लैजादै गर्दा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा लिएको छ ।

त्यस्तैगरी मोरङको सुन्दरदुलारी नगरपालिका–६ बलिया चौकमा माइक्रो बसको ठक्करबाट साइकलमा सवार एक महिला घाईते भएकी छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २१२२ नम्बरको माईक्रो बसको ठक्करबाट बलिया चौक बस्ने साबित्रा राई घाईते भएकी हुन ।

घाईतेलाई उपचारकालागी ईटहरी स्थित एपेक्स अस्पताल लगिएको छ । माईक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!