रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटा जिल्ला कारागारमा रहेका एक कैदीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छन । जिल्लाको छथर जोरपाटी गाउँपालिका–२ का महेश पिठाकोटेले कारागारबाटै परीक्षा दिएका हुन ।

धनकुटा जिल्ला कारागार । तस्वीर-संगालोखबर

कारागारमै निरीक्षक खटाएर परीक्षा लिईएको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले जानकारी दिए ।

Advertisement

यता माध्यमिक शिक्षा परीक्षा (एसइइ) को पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षामा धनकुटाका २ सय ४४ विद्यार्थी अनुपस्थित भएका छन । जसमध्ये नियमित तर्फ १४ जना विद्यार्थी परिक्षामा अनुपस्थित भए ।

धनकुटाको त्रिवेणी परिक्षा केन्द्रमा अनिवार्य अंग्रेजी बिषयको परिक्षा लेख्दै विद्यार्थीहरु । तस्वीर-संगालोखबर

त्यस्तै एक्जाम्टेड तर्फ ३१ र आंशिक ग्रेड बृद्धिका लागि परीक्षा आवेदन फारम भरेका १ सय ९५ जना विद्यार्थी परिक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । धनकुटामा एसइइ परीक्षाका लागि ३ हजार ४ सय ५५ जना विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए ।

धनकुटाको त्रिवेणी परिक्षा केन्द्रमा अग्रेजीको परीक्षा सकेर फर्कदै विद्यार्थीहरु । तस्वीर-संगालोखबर

यसैवीच धनकुटाका १७ वटै परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । धनकुटामा एसइइ परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी ४ सय ३५ जनसक्ती परिचालन गरिएको छ ।

धनकुटामा एसइइ परीक्षाको पहिलो दिन यस्तो देखियो, भिडियो हेर्नुहोस…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!