सरकारको आर्थिक नीतिमा सुधार गर्न पूर्वका उद्योगी-व्यवसायीको माग

सरकारको आर्थिक नीतिमा सुधार गर्न पूर्वका उद्योगी-व्यवसायीको माग

विराटनगर । उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्थाहरु मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सरकारको आर्थिक नीतिमा गरिनुपर्ने सुधारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका छन् । ती संस्थाका प्रतिनिधिले काठमाडौंमा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरी सुधारका सुझावसहित ज्ञापनपत्र बुझाएका हुन् । टोलीमा संघका अध्यक्ष अनुपम राठी, ...
संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै

संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ निर्माण लगभग पूरा भएको छ । ११.८३ किलोमिटर लम्बाईको उक्त सुरुङ मंगलबार पूरै छिचोलिने भएको छ । सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट–२ मा प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार...
धरान र इटहरी उपमहानगरपालिकाको बेरुजु सबैभन्दा बढी

धरान र इटहरी उपमहानगरपालिकाको बेरुजु सबैभन्दा बढी

विराटनगर । कोशी प्रदेशका स्थानीय तहमध्ये दुईवटा उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । इटहरी र धरान उपमहानगरपालिकाको बेरुजु २५ करोड ७ लाख पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कोशी प्रदेशका १३७ वटा स्थानीय सरकारको बेरुजु २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखाको प्रतिवेदनअनुसार विराटनगर महानगरको बेरुजु आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ देखिएको छ । प्...
सहकारी क्षेत्रलाई प्राथमिकता दिने कोशीका मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

सहकारी क्षेत्रलाई प्राथमिकता दिने कोशीका मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्ने बताएका छन् । विराटनगरमा शनिवार आयोजित सहकारी संस्थाहरू सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको भन्दै मुख्यमन्त्री कार्कीले यो क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । वर्तमान ...
‘स्वदेशमै नपुगिरहेको अवस्थामा भारत बिजुली निर्यात किन ?’

‘स्वदेशमै नपुगिरहेको अवस्थामा भारत बिजुली निर्यात किन ?’

विराटनगर । केही महिनायता अघोषित विद्युत कटौतीका कारण औद्योगिक क्षेत्र प्रभावित भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ । यस्तो अवस्थामा पनि नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले उल्लेख गरेको छ । प्राधिकरणले विगत केही महिनादेखि स्वदेशी उद्योगहरुको आवश्यकताअनुरुप विद्युत आपूर्ति गर्न नसकिरहेको तथा उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित रुप...
सकियो ‘श्रमाधान रोजगार मेला’, २ हजारले दिए आवेदन

सकियो ‘श्रमाधान रोजगार मेला’, २ हजारले दिए आवेदन

विराटनगर । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा ‘श्रमाधान रोजगार मेला’ सम्पन्न भएको छ । यस अवसरमा विराटनगरस्थित सिटी प्यालेसमा राखिएका स्टलको जेठ १७ गते बिहीबार तीन हजार र १८ गते शुक्रबार दुई हजार गरी पाँच हजारभन्दा धेरैले अवलोकन गरेका छन् । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र ...
धनकुटामा कृषि–औद्योगिक मेलाः १ करोड ८० लाखको कारोबार

धनकुटामा कृषि–औद्योगिक मेलाः १ करोड ८० लाखको कारोबार

धनकुटा । धनकुटामा भएको प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबलमा १ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार सम्पन्न भएको औद्योगिक मेला नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा सञ्चालन भएको हो । ‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिर्भरतातर्फ अग्रसर बनौँ’ भन्ने नाराका साथ आयोजित मेलामा घरेलु उत्पादन, स्थानीय, खानाक...
प्रधानमन्त्री दाहालद्वारा विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ उद्घाटन

प्रधानमन्त्री दाहालद्वारा विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ उद्घाटन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना सुरु भएको मेलाको बिहीबार विराटनगरको सिटी प्यालेस होटलमा आयोजित कार्यक्रममा उनले उद्घाटन गरेका हुन् । कोशी प्रदेशमा रोजगार मेला भोलि शुक्रबारसम्म सञ्चालन हुने छ । कोशी प्रदेशबाट सुरु भएको मेला अन्य सबै प्रदेशमा आयोजना हुँदै बागमती प्रदेशमा ३० गते समापन गरिने...
विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा बिहीबार ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ । विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा हुने उद्घाटनको तयारी पूरा भएको मेलाको संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेश...
विराटनगरमा रोजगार मेलाः जागिरको खोजीमा रहेकालाई अवसर

विराटनगरमा रोजगार मेलाः जागिरको खोजीमा रहेकालाई अवसर

विराटनगर । तपाईंसँग सीप र क्षमता छ ? जागिरको खोजीमा भौंतारिइरहनुभएको छ ? त्यसो हो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा विराटनगरसहित देशभर हुने ‘श्रमाधान रोजगार मेला’ ले तपाईंलाई जागिर दिलाउन सक्छ । मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा जेठ १७ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने ‘श्रमाधान रोजगार मेला’ तपाईंका लागि जागिर पाउने उपयुक्त थलो ...
कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख

विराटनगर । कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोडभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार कोशीका प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छैटौं लेखापरीक्षण प्रतिवेदनले बेरुजु औँल्याएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदनअनुसार कोशीमा आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रस...
मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

विराटनगर । मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिको सबैभन्दा कम बेरुजु प्रतिशत देखिएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका सबैभन्दा कम बेरुजु प्रतिशत १.०३ भएको पालिकामा परेको हो । पथरीशनिश्चरे नगरपालिका सबैभन्दा बढी बेरुजु प्रतिशत ३.५२ हुने पालिकामा परेको छ । विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा बेरुजु रकम...
संघीय सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्ण पाठसहित)

संघीय सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्ण पाठसहित)

विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यसैगरी, यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चा...
कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

विराटनगर । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् । उनले कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्...
बजेटः प्रदेश र स्थानीय तहलाई अनुदानबापत ५ खर्ब ६७ अर्ब

बजेटः प्रदेश र स्थानीय तहलाई अनुदानबापत ५ खर्ब ६७ अर्ब

विराटनगर ।  सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले संविधानको धारा ६० अनुसार यो रकम विनियोजन गरेको बताएका छन् । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा विनियोजन भएको समेत बताए । यस्तै सर्सत अनुदानतर्फ प्रदेशका ल...
सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

विराटनगर । कोशी प्रदेशसहित देशका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना मेला आयोजना हुन लागेको हो । मेलाको शुभारम्भ भने कोशी प्रदेशबाट हुने विराटनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ गते मेलाको शुभारम्भ भएर १८ गते समापन हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र ...
यस्तो छ कोशी सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको प्राथमिकता र सिद्धान्त

यस्तो छ कोशी सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको प्राथमिकता र सिद्धान्त

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८३ का लागि बजेटको प्राथमिकता र सिद्धान्त आइतबार सार्वजनिक गरेको छ । प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । त्यस क्रममा समग्र आर्थिक वृद्धिदर कम भएकाले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको मन्त्री मगरले बताए । राजस्व संकलन लक्ष्यअनुरुप हुन नसक्दा सार्व...
रोजगारी बढाउन कोशीसहित सातै प्रदेशमा ‘रोजगार मेला’

रोजगारी बढाउन कोशीसहित सातै प्रदेशमा ‘रोजगार मेला’

विराटनगर । आन्तरिक रोजगारीलाई बढवा दिन कोशीसहित सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते मेला चल्नेछ । मेला विराटनगरको जहदा रोडस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुने जनाइएको छ । यस्तै, मधेश प्रदेशको जनकपुर...
कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकले बहुमतले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए । सभामुख घिमिरेले नेपालको संविधानको ...
विराटनगर महानगरको राजश्व संकलन लक्ष्यभन्दा आधामात्रै हुने अनुमान

विराटनगर महानगरको राजश्व संकलन लक्ष्यभन्दा आधामात्रै हुने अनुमान

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ४० करोड २३ लाख राजश्व संकलन गरेको छ । आन्तरिक आयतर्फ चालु आर्थिक वर्षमा ८९ करोड ५० लाख राजश्व संकलनको लक्ष्य लिएको महानगरले बैशाख मसान्तसम्म ४० करोड २३ लाख १८ हजार मात्रै संकलन गर्न सकेको छ । यसरी हेर्दा महानगरले चालु आर्थिक वर्षको अन्त्यसम्ममा लगभग ५० प्रतिशत राजश्व संकलन गर्न सक्ने देखिन्छ । गत आर्थिक वर्षमा महानगरले ९९ कर...
विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगर । उद्योगी–व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिएको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘इनर्जी इफिसियन्सी’ प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा २२ जना प्राविधिकको सहभागिता थियो । २० दिने तालिम समापनका अवसरमा बिहिवार सहभागीहरुलाई...
ताप्लेजुङमा सुरू भयो १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना

ताप्लेजुङमा सुरू भयो १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना

ताप्लेजुङ । ताप्लेजुङमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा उक्त आयोजनाका संरचना बनाइने भएको हो । आयोजनाको संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा शिलान्यास गरेका छन् । आउँदो चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गत...
कोशी प्रदेशमा कृषिको वृद्धिदर ३३ प्रतिशत

कोशी प्रदेशमा कृषिको वृद्धिदर ३३ प्रतिशत

विराटनगर । कोशी प्रदेशको अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । उक्त कार्यालयले संघीय राजधानी काठमाडौंमा सार्वजनिक गरेको तथ्यांकअनुसार कोशी प्रदेशको जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा धेरै ३२.८० प्रतिशत देखिएको छ । यस्तै, प्रशासनिक सेवा क्षेत्रको सबैभन्दा ...
चिया उद्गमस्थल इलाममा हुँदै अन्तर्राष्ट्रिय चिया महोत्सव

चिया उद्गमस्थल इलाममा हुँदै अन्तर्राष्ट्रिय चिया महोत्सव

इलाम । चिया खेती र बजार प्रवर्द्धन गर्ने उद्देश्यले यसको उद्गमस्थल इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिकाको आयोजनामा जेठ २६ देखि २८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । आयोजक समिति संयोजक एवं इलाम नगरपालिका प्रमुख केदार थापाका अनुसार नेपाली चियाको बजार विस्तारका साथै चिया पर्यटनलाई समेत बढावा दिन महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपाल पर्यटन बोर्डको ...
धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटा । धनकुटामा बुधबारदेखि प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबल–२०८१ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो । मेलाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसका दीप प्रज्वलन तथा रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले धनकुटामा एक सय शैय्याको अस्प...
धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटा । धनकुटामा आजदेखि कोशी प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदैछ । घरेलु तथा कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले मेला आयोजना गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिउँसो १ बजे मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । धनकुटा-६ स्थित औद्योगिक ग्...
धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटा । धनकुटा नगरपालिका–६ र ७ वडाका किराना पसल तथा हार्डवेयर पसलहरुमा अनुगमन गरी ४७ हजार रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । आज मंगलबार बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान पाइएको थियो । त्यस्तै, बढी मूल्य लिएको गुनासोका आधारमा धनकुटा बजारमा रहेका केही किराना पसल, डिलर, ग्यास डिलर, हार्डवेयर पसलहरुको अनुगमन गरिएक...
‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

‘कोशी प्रदेशको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याऊ’

विराटनगर । कोशी प्रदेशको बजेटको तयारी तथा सुझाव संकलन सम्बन्धमा आज बसेको प्रदेश सभाको अर्थ समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट राय सुझाव प्रस्तुत गरिएको छ । महासंघले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको ध्यानाकर्षण गराएको छ । आर्थिक क्षेत्रमा कोशी प्रदेश अरु प्र...
धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी र कृषि मेला हुने

धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी र कृषि मेला हुने

धनकुटा । धनकुटामा आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म ‘प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१’ हुने भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराएको हो । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा मेला हुन लागेको हो । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्यो...
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी चयन भएका छन् । विराटनगरमा आज सम्पन्न संघको ३४औं अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका हुन् । कार्यसमितिका लागि पहिले १९ सदस्यीय कार्यकारिणी समिति चयन भएको थियो । कार्यकारिणी समितिको बैठकले अध्यक्षमा राठीलाई नेतृत्वमा चयन गरेको हो । अनुपमका हजुरवुवा स्व. आशकरण राठी २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष थिए । त्यस्तै २०४९ सालमा...
मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

विराटनगर । मोरङमा आगामी एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने भएको छ । यसका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भइसकेको छ । उक्त सम्झौता गरेको कोशी एन के मोटर्स प्रालिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने जनाएको हो । कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताए । सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पा...
error: Content is protected !!