
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन सय २० रुपैयाँ बढेर दुई हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













