संगालोखबर


विराटनगर । सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभरका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट दिने जनाइएको छ । भदौ ८ गतेको मन्त्रीस्तरको निर्णयअनुसार खाद्यले देशभर ४५ जिल्लाका १११ स्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको थियो ।

Advertisement

जेनजी पुस्ताको आन्दोलनका कारण प्रभावित क्षेत्रमा भने क्रमिक रूपमा पसल सञ्चालन गरिने जनाइएको छ । खाद्य व्यवस्थाले कोशी प्रदेशका विभिन्न स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

झापाको मुख्य शाखा कार्यालय बिर्तामोड, ताप्लेजुङ शाखा कार्यालय, मोरङको प्रादेशिक कार्यालय विराटनगर, भोजपुरको शाखा कार्यालय, संखुवासभाको शाखा कार्यालय र हटियागोला बिक्री केन्द्र (भोटखोला गाउँपालिका), सोलुखुम्बु शाखा कार्यालय, ओखलढुंगा शाखा कार्यालय र कालिका खरिद बिक्री केन्द्र (चम्पादेवी गाउँपालिका)मा र खोटाङको शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!