- संगालोखबर सम्वाददाता

बिराटनगर। १९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस आईतबार नोबेल शिक्षण अस्पतालमा पनि मनाईएको छ । दिवसको अवसर पारेर नोबेलले नर्सिङ दिवस बिशेष कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् । नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, मेट्रोन कल्पना पोख्रेल, नर्सिङ निर्देशक सिता चापागाई, सहायक प्राद्यापक दुर्गा चौलागाई लगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।

नर्सिङ दिवसकै अवसर पारेर गरिएको हाजिरी जवाफ प्रतियोगिताका बिजयीहरुलाई सोहि अवसरमा पुरस्कृत गरियो । कार्यक्रममा नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका बिद्यार्थी, कर्मचारी लगायत सहभागि थिए ।

नोबेलमा ५ सय ५५ जना स्वास्थ्य परिचारिका (नर्स) कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!