- संगालोखबर सम्वाददाता

बिराटनगर, २७ बैशाख । पूर्वी नेपालमै पहिलो पटक नोबेल शिक्षण अस्पतालले मेडिकल थोर्याकोस्कोपी सुरु गरेको छ । रोगका कारण फोक्सो बाहिरको झिल्लीमा जमेको पानी, पिप, हावा वा विकार युक्त पदार्थ निकाल्ने वा फोक्सो सम्बन्धि रोग पत्ता लगाउँने बिधि थोर्याकोस्कोपी हो ।

Advertisement

यो बिधि मार्फत छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई रोग पत्ता लगाउँने र उपचार गर्ने गरिन्छ । नेपालमा बिरलै मात्र प्रयोगमा रहेको यो उपचार पद्धती काठमाण्डौं बाहिर पहिलो पटक सुरु गरिएको नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ डा.रामहरी घिमिरेको भनाई छ । डा.घिमिरेका अनुसार रोगका कारण फोक्सो बाहिरको झिल्लीमा पानी, पिप, हावा वा विकार युक्त पदार्थ जम्मा हुने गर्छ । त्यसलाई थोर्याकोस्कोपी बिधि मार्फत निकालेपछि बिरामीलाई निको हुन्छ ।

थोर्याकोस्कोपीका लागि पूर्वी नेपालका बिरामीहरु काठमाण्डौं वा मुलुक बाहिर जानुपर्ने बाध्यता थियो । तर, अव नोबेलले यो उपचार पद्धती सुरु गरेपछि बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको डा.रामहरीले बताए । ‘हामीले पूर्वी नेपालमा पहिलो पटक थोर्याकोस्कोपी सुरु गरेका हौ । नेपालका १/२ वटा अस्पतालमा मात्र यो उपचार हुँने गर्छ ।’ उनले भने ‘यसबाट बिरामीलाई धेरै सजिलो भएको छ ।’ थोर्याकोस्कोपीका लागि बिरामी पनि प्रशस्त आउँन थालेको नोबेल अस्पतालले जनाएको छ ।

नोबेलमा थोर्याकोस्कोपी सुरु भएपछि सजिलो भएको भन्दै बिरामीहरु हर्षित छन् । फोक्सोको बाहिरी झिल्लीमा पिलिएको रगत जमेर उपचारका लागि तेह्रथुमबाट आएका जिवेन्द्ररन शेर्माले नोबेलमा थोर्याकोस्कोपी गराएपछि निको भएको भन्दै खुःशी व्यक्त गरे । भर्याङबाट लडेका शेर्माको फोक्सोको बाहिरी झिल्लीमा रगत पिलिएर जमेको थियो । जसका कारण उनलाई बोल्न र श्वास फेर्नसमेत गाह्रो थियो ।

तर, छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई पिलिएको रगत निकालेपछि सन्चो भएको उनले बताए । शेर्माको जस्तै समस्या भएका दर्जन बढी बिरामीलाई नोबेलले थोर्याकोस्कोपी बिधिमार्फत रोग पत्ता लगाई निको पारिसकेको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!