रोहित पौडेलको कप्तानीमा यू–१९ राष्ट्रिय क्रिकेट टोली घोषणा

रोहित पौडेलको कप्तानीमा यू–१९ राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौँ, २० चैत । यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एशिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् । त्यस्तै रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी...
आँधीबाट १ हजार ४० घर प्रभावित

आँधीबाट १ हजार ४० घर प्रभावित

जनकपुर ,२० चैत । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हुनुका साथै करिव एक हजार घाइते भएका छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबै प्रभावितहरुलाई चारकोठे घर बनाइदिने बताएका छन् । उनले चार म...
सिरहामा एड्सबाट २४ को मृत्यु

सिरहामा एड्सबाट २४ को मृत्यु

लहान, २० चैत । एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताउनुभयो । लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआ...
ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मार्ने कानुन आजबाट लागु

ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मार्ने कानुन आजबाट लागु

एजेन्सी । दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईमा सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो । गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि सरिया मुलुकी संहिता लागु हुने घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घल...
श्रीमानले डिभोर्स गरिएकी श्रीमतीको जिब्रो काटे

श्रीमानले डिभोर्स गरिएकी श्रीमतीको जिब्रो काटे

एजेन्सी । कसैको रिस निकै कडा हुन्छ । ठूलै ताण्डव मच्चाएर भए पनि त्यस्ता व्यक्तिहरू रिस मार्न पछि पर्दैनन् । पाकिस्तानमा एकजना पुरुषलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि पनि रिस मरेन । उनले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटिदिएका छन् । लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले पत्नीलाई तलाक दिएसँगै उनीमाथि आक्रमण गरेर जिब्रो काटिदिए । हाफिजाबाद जिल्लाको पिँडी भट्टिया ...
तीन सय बिघा वन बग्यो

तीन सय बिघा वन बग्यो

टीकापुर, २० चैत । हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम...
तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

हेटौँडा, २० चैत । प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे । तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभ...
आइपीएल  : राजस्थानद्वार बैंग्लोर ७ विकेटले पराजित

आइपीएल : राजस्थानद्वार बैंग्लोर ७ विकेटले पराजित

काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं खेलमा राजस्थान रोयल्सद्‍वारा रोयल च्यालेन्जर्स बैंग्‍लोर ७ विकेटले पराजित भएको छ । जयपुर भइरहेको खेलमा बैंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभर पुग्‍न १ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५८ रन बनाएको थ...
गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द

गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द

संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ। सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो। तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्। सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको 'मृत्यु'को घोषणा गरिसकेका थि...
६८ वर्षीय बृद्धले गरे हत्या

६८ वर्षीय बृद्धले गरे हत्या

बुटवल, १९ चैत । पैसाको लोभमा एक बृद्धले एक युवकको हत्या गरेका छन् । लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेलाई पोखरा–३० डुंडाकोमुखका ६८ वर्षीय बलबहादुर सुनारले हत्या गरेको खुलेको हो । पाण्डेको बुटवल ११ बुद्धनगर मजुवा र बिनापातेको बीचमा तिनाउ खोला बगरको चैत १ गते हत्या भएको थियो । फरक–फरक नाम भन्दै हिँड्ने सुनारले पाण्डेको हत्या गरेको पत्ता लागेपछि प्रहरीले उनलाई पोख...
मन्त्रिपरिषद् बैठक : घाइते हुने सबैको  उपचार सरकारले गर्ने

मन्त्रिपरिषद् बैठक : घाइते हुने सबैको उपचार सरकारले गर्ने

काठमाडौँ, १९ चैत । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइत...
अछाममा चट्याङ लागेर १५ जना घाइते

अछाममा चट्याङ लागेर १५ जना घाइते

अछाम । अछाममा चट्याङ लागेर १५ जना घाइते भएका छन् । जिल्लाको दुई स्थानमा आएको हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका ९ कालेकाडा र रामारोशन गाउँपालिका वडा नम्वर ५ मा क्रमश ११ जना र ५ जना घाईते भएका हुन्। घाईतेहरुको उद्धार गरि वयलपाटा अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ। घाइते हुने मध्ये स्थानीय भिमप...
साम्राज्ञीले लिइन् १६ लाख पारिश्रमिक

साम्राज्ञीले लिइन् १६ लाख पारिश्रमिक

फिल्म ‘रातो टीका निधारमा’मा नायिका साम्राज्ञी आरएल शाहले १६ लाख रूपैयाँ पारिश्रमिक लिएकी छन्। १६ लाख पारिश्रमिक लिने गरी उनले उक्त फिल्म साइन गरेकी हुन्। आयकर भने उनी आफैंले तिर्ने बताइएको छ। सोमबार निर्देशक अशोक शर्माले साम्राज्ञीलाई लिड रोलमा अनुबन्ध गरेका हुन्। फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माले डेब्यू गर्दैछन्। उनी साम्राज्ञीको जोडी बनेर सिनेमामा देखिदै छन्। फिल्मको छायांकन वैशाखद...
८० जनाको संख्यामा सेना रहेको देश

८० जनाको संख्यामा सेना रहेको देश

एजेन्सी । मुलुकको सुरक्षाका लागि हरेक देशमा हजारौंको संख्यामा सेना तैनाथ गरिएका हुन्छन् । तर, युरोपमा रहेको सेन मरिनोमा सेनाको संख्या ८० जनाको मात्र छ । सेन मरिनो जहाँ देशको सुरक्षाका लागि खटाइएका सेनाको संख्या मात्र ८० छ भन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । सेनाको संख्या न्यून भए पनि यहाँ कसैले हमला गर्दैनन् । यी सेना आफ्नो देशलाई सुरक्षित राख्न सफल छन् । अठारौं शताब्दीदेखि यसरी नै काम गर्द...
नेहा कक्कर काठमाडौं आउँदै

नेहा कक्कर काठमाडौं आउँदै

भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्...
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत शुरु, सेवा सामान्य अवस्थामै

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत शुरु, सेवा सामान्य अवस्थामै

काठमाडौं, १९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलले सोमबार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो । पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) प्रमुख सीताराम भण्डारीले राससलाई जानकारी दिए ।उनका अनुसार धावनमार्ग...
आरोही धमाधम हिमालतिर

आरोही धमाधम हिमालतिर

काठमाडौँ, १९ चैत । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकाम...
आईपीएल : दिल्ली १४ रनले पराजित

आईपीएल : दिल्ली १४ रनले पराजित

काठमाडौँ, चैत १९ । आईपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । पन्जाबले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रम दिल्लीको टीम १९.२ ओभरमा १५२ रनमा अल आउट हुन पुग्यो । पन्जाबको लागि साम करनले ह्याट्रिक विकेट लिए । उनले २.२ ओभरमा ११ रन मात्र दिएर कुल चार विकेट आफ्नो नाममा लेखाए । दिल्लीको लागि ब्याटिङका क्रममा पृथ्वी साव बिना रन आउट बने । त्यसपछि शिखर धावनल...
बडिगार्डका छोरालाई हिरो बनाउँदै सलमान खान

बडिगार्डका छोरालाई हिरो बनाउँदै सलमान खान

बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई आफ्नो फिल्ममा ब्रेक दिनमा अगाडि छन्। उनले धेरै नयाँ कलाकारलाई आफ्ना फिल्ममार्फत् बलिउडमा छिराएका छन्। चाहे त्यो 'दबंग' मार्फत् सोनाक्षी सिन्हालाई होस् चाहे 'लक्की' फिल्ममार्फत् स्नेहा उलाललाई होस्, चाहे 'वीर' मार्फत् जरिन खानलाई, चाहे कलाकारकै छोराछोरीलाई डेब्यु गराउन होस्। सुनील सेट्ठीकी छोरी आथिया, आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीदेखि उनले कोरियोग्राफर...
रविन्द्र मिश्रले फिल्ममा कमब्याक गर्ने

रविन्द्र मिश्रले फिल्ममा कमब्याक गर्ने

पूर्वपत्रकार तथा साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र नेपाली फिल्मका कलाकार हुन् भन्ने निकै कमलाई थाहा हुनसक्छ । उनले पत्रकारितामा सक्रिय रहँदा सन् २०१२ मा प्रदर्शनमा आएको दीपक रौनियार निर्देशित फिल्म 'हाइवे' मा अभिनय गरेका थिए । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका थियो । दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्यलगायतका कलाकारहरु फिल्ममा प्रमुख भूमिकामा थिए । यो फिल्म बक्सअफिसमा असफल भएपछि रविन्द्रले दो...
क्षणभरमै खोसिएको खुसी, मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा

क्षणभरमै खोसिएको खुसी, मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा

काठमाडौँ,१८ चैत । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थ...
उद्धारमा जुट्न सभापति देउवाको आग्रह

उद्धारमा जुट्न सभापति देउवाको आग्रह

काठमाडौँ, १८ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत हुनुभएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट...
यसरी प्रारम्भ भयो अप्रिल फूल

यसरी प्रारम्भ भयो अप्रिल फूल

अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ मा संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिवसका रुपमा लिइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन । मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्...
बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

भरतपुर, १८ चैत । तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिक...
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १८ चैत । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुःख प्रकट गर्नुभएको छ । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो । आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचार...
प्रधानमन्त्री बारा जाँदै

प्रधानमन्त्री बारा जाँदै

 काठमाडौं ,१८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।  प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् । झापा र मोरङका कार्यक्रममा सहभागी हु...
मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा, १८ चैत । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायत...
लोकसेवाले चैतभित्रै माग्दैछ २० हजार कर्मचारी

लोकसेवाले चैतभित्रै माग्दैछ २० हजार कर्मचारी

काठमाडौं । समायोजन सकिएसँगै लोकसेवा आयोगको परीक्षाका लागि बाटो खुलेको छ। चैतभित्रै २० हजार निजामती कर्मचारीका लागि विज्ञापन आह्वान हुने भएको छ। आगामी वर्ष साउन १ गतेभित्र सबै प्रदेश स्थानीय तहमा कर्मचारी पुर्याउने लक्ष्यसहित फास्ट ट्र्याकबाट विज्ञापन गर्ने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए। चैत मसान्तभित्रै विज्ञापन आह्वान गर्न संघीय मामिला तथा सामान्य ...
बारा र पर्सामा विनाशकारी हावाहुरी: कम्तीमा २७ को मृत्यु ४०० भन्दा बढी घाइते

बारा र पर्सामा विनाशकारी हावाहुरी: कम्तीमा २७ को मृत्यु ४०० भन्दा बढी घाइते

काठमाडौँ,१८ चैत । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले गोरखापत्रसँग राति १२ बजे कुरा गर्दै भन्नुभयो, “बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी २७ जनाको निधन भएको जानकारी आएको छ । ” उहाँले ४०० भन्दा बढी...
मानसिक रुपमा मरेकी महिलाले जन्माइन् बच्चा

मानसिक रुपमा मरेकी महिलाले जन्माइन् बच्चा

एजेन्सी । विश्वमा अनौठो लाग्ने खालका घटनाहरु भइरहेको हुन्छ । बंगलादेशमा एक महिलाले एक महिनामा तीन वटा बच्चाहरु जन्ममाएकी समाचार बीबीसीमा आएको थियो । फेरि अर्को फरक प्रकारको सामाचार आएको छ । जुन हो मानसिक रुपमा मरिसकेकी महिलाले बच्चा जन्माएकी छन् । पुर्तगालमा एक २६ वर्षीया महिला खेलाडी बच्चा जन्माएर मृत्यु भइन् । डिसेम्बर महीना मै उनी ब्रेन डेड अथवा मानसिक रुपमा मृत थिइन् । अन्तराष्ट्रिय स्तर खे...
भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

जोधपुर, १७ चैत । भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।...
error: Content is protected !!