बडा दशैँको आज छैटौं दिन : कात्यायिनी भगवतीको पुजा गरिदै
काठमाण्डौं । बडा दशैँको आज छैटौं दिन । नवरात्रीको छैटौं दिन कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ । आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास छ ।
कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रम...































