उच्च तहका सरकारी कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक

उच्च तहका सरकारी कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक

काठमाडौँ, २४ चैत । उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिर जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका लागि राज्य व्यवस्था समितिमा गएको छ । सो कानुनको मस्यौदामा सहसचिव र सचिवलाई अवकाश लिनेवित्तिकै एनजिओ, आइएनजिओ, कन्सल्टेन्सी, विकासका योजना तथा संवैधानिक ...
आइपीएल : बैंग्लोर ५ विकेटले पराजित

आइपीएल : बैंग्लोर ५ विकेटले पराजित

काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । शुक्रबार राति बैंग्लोरको घरेलु मैदानमा टस जितेर फिलेडिङ रोजेको कोलकताले रोयल च्यालेन्जर्स बैंग्लरलाई ५ विकेटले पराजित गरेको हो । कप्तान बिराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा बैंग्लोरले कोलकत्तालाई २ सय ६ रनको लक्ष्य दिएको थियो । कोलकताले १९ ओभर १ बलमा ५ ...
अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर  बन्द हुनेछ !

अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर बन्द हुनेछ !

काठमाडौं/एजेन्सी । अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर लगाएतका सोसल साइटको सपोर्ट बन्द गरिने बताइएको छ । माइक्रोसफ्टले विन्डोज फोन  को लागि फेसबुक बन्द गर्ने तयारी गरिरहेको छ । यदि तपाईसँग पनि विन्डोज फोन  छ भने सोसल मिडियाको सपोर्ट पाउनुहुनेछैन । तर विन्डोज फोन युजर्सहरुले सोसल मिडियाको एक्सेस पाउनका लागि थर्ड पार्टी एप या वेबको साहारा लिनुपर्नेछ । अहिले आएर वि...
दक्षिण कोरियाका ५ वटा शहरमा भीषण डढेलो

दक्षिण कोरियाका ५ वटा शहरमा भीषण डढेलो

सोल । दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो । यस प्रकोपको...
भिडियो गेम खेलेरै वार्षिक सवा २ करोड कमाउँछन् यी १४ वर्षे बालक

भिडियो गेम खेलेरै वार्षिक सवा २ करोड कमाउँछन् यी १४ वर्षे बालक

एजेन्सी । आजकलका बालबालिकाहरु भिडियो गेम खेल्न निकै मन पराउँदछन् । कतिपय बालबालिकामा भिडियो गेमको लतले अभिभावकहरु वाक्क दिक्क बन्छन् । तर अमेरिकामा एकजना १४ वर्षका बालकको भिडियो गेम खेल्ने लतले उनका बाउआमालाई मालामाल बनाइदिएको छ । ती बालकले धेरै भिडियो गेम खेल्दा उनका बाउआमाले गाली होइन स्याबासी दिन्छन् । नदेउन् पनि किन ? उनले भिडियो गेम खेलेरै एक वर्षमा झण्डै सवा २ करोड रुपैयाँ बराबरको रकम कमा...
गोप्य रुपमा आलिया भट्ट र रणबिर कपूरले गरे इन्गेजमेन्ट ?

गोप्य रुपमा आलिया भट्ट र रणबिर कपूरले गरे इन्गेजमेन्ट ?

एजेन्सी । बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ । साथै आलिया र रणबिरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । रणबिर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा यतिबेला भइरहेको छ । रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए । भारतीय स...
डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

डोल्पा, २२  चैत । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १०० बालबालिका शैक्षिक सत्र शुरु भएको दुई महीना वितिसक्दा पनि पाठ्यपुस्तकबिना नै अध्ययन गर्न बाध्य भएका हुन् । महादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरीद गरेर ढुवा...
‘एभेन्जर्सः एन्ड गेम’ को टिकट मूल्य ५० हजार रूपैयाँ !

‘एभेन्जर्सः एन्ड गेम’ को टिकट मूल्य ५० हजार रूपैयाँ !

हलिउड फिल्म 'एभेन्जर्स' का तीन वटा श्रृंखलाले दर्शकलाई भरपुर मनोरञ्जन दियो। मार्भल स्टुडियोजले श्रृखंलावद्ध बनाएका यी फिल्म संसारमै धेरै कमाउने फिल्मको सूचीमा परे। अब भने यो श्रृंखलाको अन्तिम भाग रिलिज हुँदैछ। 'एभेन्जर्सः एन्ड गेम' अप्रिल २४ मा जर्मनीमा रिलिज हुँदै छ भने अरू देशमा अप्रिल २६ मा हुनेछ। फिल्म रिलिज हुन तीन साता बाँकी भए पनि दर्शकमा 'एभेन्जर्स क्रेज' लागिसकेको छ। फ्यान तथा दर्शक य...
राहत वितरणमा एकद्वार प्रणाली लागू

राहत वितरणमा एकद्वार प्रणाली लागू

वीरगञ्ज, २२ चैत । हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजे...
घोडासम्बन्धी केही तथ्य

घोडासम्बन्धी केही तथ्य

मानिसपछि घोडा मात्र यस्तो जनावर हो, जसको शरीरबाट पसिना आउँछ ।  घोडामात्र यस्तो जनावर हो, जसको मानिसको जस्तै केस हुन्छ ।  घोडाले नाकबाट मात्र श्वास फेर्छ । श्वास फेर्दा घोडाले हामीलेजस्तो वा अन्य जनावरलेजस्तो मुख प्रयोग गर्दैन ।  घोडा नरोकिई लगातार आठ घण्टासम्म दौडन सक्छ ।  धेरै मानिसले घोडालाई बसेको अवस्थामा नदेखेका हुन सक्छन् । यसका पछाडि पनि वैज्ञानिक कारण छ । घोडाले उभिदाभन्दा...
चितवनमा एकै परिवारका तीन जनाले गरे आत्महत्या

चितवनमा एकै परिवारका तीन जनाले गरे आत्महत्या

भरतपुर, २२ चैत । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनल...
आईपीएल : सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित

आईपीएल : सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बिहीबारको खेलमा समेत नेपाली बलर सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित भएको छ। टस हारेर ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई आठ विकेटको क्षतिमा १३० रनको चुनौती दिएको थियो। यो चुनौती हैदरवादले नौ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टाएको हो। आईपीएल १२ संस्करणमा हैदरावालको यो तेस्रो जित हो। आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछ...
खुत्रुकेको पैसा,खेलौना र एउटा केरा बोकेर विश्वभ्रमण गर्न निस्किएका बालक

खुत्रुकेको पैसा,खेलौना र एउटा केरा बोकेर विश्वभ्रमण गर्न निस्किएका बालक

दक्षिणी रुसको यास्ट्राखान सहरका एक बालक "विश्वभ्रमणमा निस्किएपछि" अहिले सामाजिक सञ्जालमा चर्चित भएका छन्। आफू विश्वभ्रमण गर्न हिँडेको भन्दै ती बालकले घरमा एउटा टिपोट लेखेर छोडेका थिए। त्यो भेटेपछि उनकी आमा प्रहरीलाई गुहार्न पुगेकी थिइन्। केही घण्टामै एउटा टोलीले ती बालकलाई बाटोमा भेट्यो। रुसको गृह मन्त्रालयले आफ्नो वेबसाइटमा ती बालकसँग इन्साइक्लोपेडियाहरू (विश्वकोषहरू), एउटा खेलौना, एउटा केरा ...
फिफा वरियतामा नेपाल यथावत्

फिफा वरियतामा नेपाल यथावत्

काठमाडौँ, २१ चैत । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन् । नेपाल भन्दा तल रहेको भूटान १८६औँ, बङ्गलादेश १८८औँ, पाक...
एसईईमा प्रश्नपत्र आउट गरेको आरोपमा ६ जना पक्राउ

एसईईमा प्रश्नपत्र आउट गरेको आरोपमा ६ जना पक्राउ

सप्तरी । एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा एक शिक्षकसहित ६ जना पक्राउ परेका छन् । उनीहरुमाथि पक्राउपछि कारबाही सुरु भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो । स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविरा...
भक्तपुरमा बर्डफ्लु, दुई हजार ९०० कुखुरा नष्ट

भक्तपुरमा बर्डफ्लु, दुई हजार ९०० कुखुरा नष्ट

भक्तपुर, २१ चैत । भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ । उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग...
अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ

अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ

काठमाडौँ, २१ चैत । माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । अ...
‘लभ स्टेशन’ ले पायो उच्च सोज

‘लभ स्टेशन’ ले पायो उच्च सोज

शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ का लागि मल्टीप्लेक्स हलहरुले अग्रिम बुकिङका सोज निर्धारण गरेका छन् । एकल प्रदर्शनको अवसर पाएका कारण फिल्मले मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ । नेपालकै ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्सले मात्र राजधानीका पाँच स्टेशनमा फिल्मलाई १९ र मोफसलका चार स्टेशनमा १७ सोज प्रदान गरेको छ । यो फिल्मले अभिनेता अनमो...
माडी नगरपालिकाका किसानलाई अनुदानै अनुदान

माडी नगरपालिकाका किसानलाई अनुदानै अनुदान

चितवन, २१ चैत । माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो ।नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको रु १८ लाख ६६ हजार अनुदान किसानलाई वितरण गरी सकिएको छ । दोस्रो चौमासिकको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले बताउनुभयो । हरेक दिन छ हजार लिटर हाराह...
विशेष अधिवेशनको सामना गर्छु : सभापति देउवा

विशेष अधिवेशनको सामना गर्छु : सभापति देउवा

विराटनगर, २१ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पार्नुभयो । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्का...
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कार्यक्रमहरु नदोहोरिउन भनेर ति...
अब गाईको लागि पनि ट्वाइलेट

अब गाईको लागि पनि ट्वाइलेट

एजेन्सी । हाम्रो देशमा अझै पनि कैयन मानिसहरु शौचालयको पहुँचबाट टाढा छन् । तर युरोपेली देश नेदरल्याण्डमा चाहिँ मानिसले मात्र होइन, अब गाईले पनि ट्वाइलेटमा मात्र दिसा पिसाब गर्नेवाला छन् । हो, सुन्दा अचम्म र अपत्यारिलो लाग्दछ । तर, नेदरल्याण्डमा गाईका लागि ट्वाइलेट बनाइँदैछ । जथाभावी खुल्ला स्थानमा गाईले दिसा पिसाब गर्नाले वातावरणमा अमोनिया ग्यास फैलिएर प्रदूषण बढेको भन्दै अब गाईलाई पनि ट्वाइलेट...
देशभरकाे मौसम बदली

देशभरकाे मौसम बदली

काठमाण्डौ । अबको दुईतीन दिन देशभरी नै बदली रहने भएको छ । बिहीबार बिहानैबाट देशभरको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ भने राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ । त्यस्तै पूर्वमा बनेको न्यूनचापीय ...
एक सातामा १४ घुस्याहा कर्मचारी पक्राउ

एक सातामा १४ घुस्याहा कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् । मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज र...
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी

चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी

साँखु, २१ चैत । निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ । निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडको यो दयनीय अवस्थाका कारण सर्वसाधण त हैरानीमा छन् नै यसको मुख्य चपेटामा ट्राफिक प्रहरी पनि पर्ने गरेका छन् । बिहान उज्यालो...
आइपीएल : मुम्बइ इण्डियन्स ३७ रनले विजयी

आइपीएल : मुम्बइ इण्डियन्स ३७ रनले विजयी

काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्‍नई सुपर किङ्‍सले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको मुम्बइ इण्डियन्सले तीन खेल खेलेर अंक तालिकाको शीर्षस्थानमा रहेको चेन्‍नईलाई पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बइले घरेलु मैदानमा चेन्‍नईलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चेन्‍नईले निर्धारित २० ओभर खेलेर ८ ...
प्रियंकाले डिभोर्सकाे भ्रामक समाचार फैलाउने विरुद्ध  मुद्दा हाल्ने

प्रियंकाले डिभोर्सकाे भ्रामक समाचार फैलाउने विरुद्ध मुद्दा हाल्ने

एजेन्सी । बलिउड अभिनेत्री प्रियंक चोपडा र उनको श्रीमान निक जोनसबीचको डिभोर्सको समाचार सत्य नभएको खबर आएको छ । उनीहरुको डिर्भोसकाे समाचार मिडियामा भाइरल बनेको थियो । अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गरेपछि उक्त खवर बिस्तारै फैलिएको थियो । नायिका प्रियंका चोपडाले उक्त कुरा गलत भएको बताएकी छिन् । प्रियंकाले त्यस्तो समचार छाप्ने म्यागेजिनविर...
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स

चितवन, २० चैत । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई प्लाष्टिक लैजानमा कडाइ गरेसँगै होटलहरुले टिफिन बक्स (भाँडोमा खाजा) पठाउन थालेका छन् । निकुञ्जले गत माघ १८ गतेदेखि निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेका प्लाष्टिक फिर्ता ल्याउनैपर्ने नियम लागू गरेको छ । निकुञ्ज प्रवेशद्वारमा पर्यटकले लगेका प्लाष्टिकको तथ्याङ्क राख्ने गरिन्छ । फर्किँदा लगेका प्लाष्टिक फिर्ता आए नआएको परीक्षण गर्ने गरिएक...
शाहरुखका छोरा ‘तख्त’ बाट बलिउडमा डेब्यू गर्दै

शाहरुखका छोरा ‘तख्त’ बाट बलिउडमा डेब्यू गर्दै

सारा अली खान, जाह्नवी कपूरदेखि अन्नया पाण्डेसम्म लगातार बलिउडका स्टार किड्स फिल्ममा डेब्यू गरिरहेका छन् । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन र छोरी सुहानाको डेब्यूलाई लिएर पनि लामो समयदेखि चर्चा भइरहेको छ । करन जोहरको फिल्म ‘तख्त’ बाट आर्यनले बलिउडमा डेब्यू गर्ने खबर बाहिरिएको छ । यसबारे औपचारिक पुष्टि भने भएको छैन । आर्यनले यो फिल्ममा अभिनय नभई असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्नेछन् र ...
दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

सियोल, २० चैत । दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ । पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ ।तर दक्षिण कोरि...
विप्लव समूहका ५४० नेता कार्यकर्ता पक्राउ

विप्लव समूहका ५४० नेता कार्यकर्ता पक्राउ

काठमाडौँ, २० चैत । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्र...
error: Content is protected !!