चार वर्षसम्म पेप्सी पिउन नपाउने सजायँ
एजेन्सी । कार चोरी गर्ने मानिसमाथि अदालतले कस्तो सजायँ गर्ला ? जेल सजायँ वा नगद जरिवाना । तर अमेरिकामा भने एकजना कार चोरीका अभियुक्तलाई अदालतले चार वर्षसम्म पेप्सी पिउन नपाउने फैसला गरेको छ ।
अमेरिकाको हवाईस्थित अदालतले २१ वर्षका एक अभियुक्त विरुद्ध यस्तो फैसला गरेको हो । समाचार अनुसार क्रिस्टोफर मोन्टीलियानो नामका ती अभियुक्तलाई उनको मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म नपिउने आदेश गर्ने न्य...






























