अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
काठमाडौं, १८ बैशाख । बुधबार विश्वभर १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । ‘सबै श्रमिक र रोजगारदातामा आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा पनि १३० औं श्रमिक दिवस मनाइँदैछ ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमि...































