‘डान्स इन्डिया डान्स’को निर्णायक बस्न ८० करोड लिइन् करिनाले
मुम्बई । बलिउड अधिनेत्री करिना कपुर यतिखेर सैफअली खानसँग विवाह गरी घरजममा ब्यस्त छिन् । एक छोराको आमा समेत बनीसकेकी करिना खानपानमा उचित ब्यवस्थापन र फिटनेसका कारण उत्तिकै सुन्दर देखिन्छिन् जती पहिला थिइन् ।
बेबो नामले समेत परिचित करिनाले भारतिय एक टेलिभिजन कार्यक्रममा निर्णयकका लागि ८० करोड लिएको खवर बाहिरिएको छ । भारतीय टिभी रियालिटी सो ‘डान्स इन्डिया डान्स’को निर्णायकमा बस्न करिनाले ८० करोड भ...































