मान्छेलाई लाग्छन् यस्ता अनौठा डर
सोम्निफोबियाः निद्राको भयलाई सोम्निफोबिया भनिन्छ। यो भय भएको मान्छे निदाएपछि मरिने हो कि भन्ने त्रासले ग्रस्त हुन्छ र निदाउन चाहँदैन।
नोमोफोबियाः एक सर्वेक्षणका अनुसार बेलायतको आधाभन्दा बढी जनसंख्यालाई नोमोफोबिया छ। यस भयले गाँजेपछि मोबाइल फोनमा सिग्नल नआउने हो कि अथवा यसको ब्याट्री सिद्धिने पो हो कि भन्ने डर लागिरहन्छ।
प्लुटोफोबियाः यो पैसादेखि डराउने मनोदशा हो। यसमा धनी भइएला कि भन्ने भय पनि...































