काठमाडौं । फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ?

Advertisement

वास्तवमा हेल्लो शब्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् । सन् १९७३ को नोभेम्बर २१ मा विश्वमा पहिलेपटक विश्व हेल्लो दिवस मनाइएको थियो ।

फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा हेल्लो भन्ने चलनको सुरुवात टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ । उनले केवल फोनको आविष्कार मात्र गरेनन् , फोनमा बोलिने यो भाषाको पनि आविष्कार गरे । वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो । उनी प्रेमिकालाई निकै माया गर्थे र हेल्लो भनेर बोलाउँथे ।

त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शव्द निस्कियो हेल्लो । उनले फोनमा पहिलोपटक हेल्लो शव्द उच्चारण गरे, जुन एउटा मानक बन्यो । तर कतिपयको भने तर्क अलग छ । उनीहरुका अनुसार हेल्लो शव्दको उत्पत्ति फ्रेन्च शव्द होल बाट भएको हो । जसको अर्थ होल्ड गर्नुस् भन्ने हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!