संगालोखबर संवाददाता

स्लोभेनियाकी एक जना महिलाले बिमा रकम प्राप्त गर्नका लागि वृत्ताकार करौँती प्रयोग गरेर आफ्नो हात काटिन्। स्लोभेनियाली प्रहरीका अनुसार उनलाई आठ वर्ष जेल सजाय भएको छ।

Advertisement

हात काट्ने २१ वर्षीय महिलाको परिचय गोप्य राखिएको छ। करिब पाँच करोड रुपैयाँ बिमा भुक्तानी प्राप्त गर्ने लालसाले उनले आफ्नो हात काटेकी थिइन्। उनलाई उनका आफन्तले पनि उक्साएका र सघाएका थिए। महिलाले रूखका हाँगा काट्दा बायाँ हात काटिएको दाबी गरे पनि प्रहरीले पत्याएन।

महिलाको परिवारका सदस्यले उनको काटिएको हात अस्पताल लैजानुको साटो घरमै छोडिदिएका थिए। तर, डाक्टरहरूले समयमै हात फेला पारेर जोडिदिएका थिए।

प्रहरीका अनुसार यो वर्षको सुरुतिर ती महिलाले पाँच वटा बिमा कम्पनीसँग बिमा सम्झौता गरेकी थिइन्। ‘उनले बिमा रकम पाउनेछैनन्,’ प्रहरीले भनेको छ, ‘धोकाधडी गरेकाले आठ वर्षको जेल सजाय पाउनेछिन्।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement