चट्याङ लागेर मान्छेको मृत्यु भएको खबर बेलाबेला आउँछ। तर, चट्याङले कसैलाई नवजीवन दिएको तथ्य अपत्यारिलो लाग्छ। सन् १९८२ मा अमेरिकी नागरिक एड्विन ई रबिन्सनको शरीरमा वज्र पर्‍यो। त्यसअघि उनी आँखा देख्दैनथे, कान सुन्दैनथे।

Advertisement

नौ वर्षअघि एउटा भयानक दुर्घटनामा परेर उनले आँखाको ज्योति गुमाएका थिए। चट्याङ लागेर आधा घण्टाजति बेहोश भएका थिए, उनी। त्यसपछि जब होशमा आए, उनको जीवन कायापलट भयो। उनले देख्न थाले, सुन्न थाले। हुँदाहुँदा उनको खुइलिएको तालुमा पछि कपाल पनि उम्रिन थालेको थियो।

अमेरिकाको इलिनोय राज्यका माइक हेइज सन् १९८७ मा इलिनोय विश्वविद्यालयमा भर्ना भएका थिए। सामान्य रेस्टुरेन्टमा काम गर्ने १८ वर्षीय हेइजलाई पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो। उनले क्राउड फन्डिङ (अर्थ संकलन) बाट पढाइ खर्च जुटाउने विचार गरे र सिकागो ट्रिब्युन नामक पत्रिकाका स्तम्भकार बब ग्रिनलाई सहयोगका लागि पत्र लेखे। ग्रिनले आफ्नो स्तम्भमा हेइजको पढाइलाई सघाउन अमेरिकी जनतालाई एक पेन्नी (करिब एक रुपैयाँ) योगदान गर्न आग्रह गर्दै लेख लेखे।

त्यसपछि हेइजलाई पत्र आउन थाले। पत्रमा एक पेन्नी पनि हुन्थ्यो। उनले केही हप्तामै करिब २८ हजार डलर प्राप्त गरे। सन् १९९१ मा उनले स्नातक डिग्री हासिल गरे। पढाइमा खर्च गरेर करिब एक हजार डलर बचेको थियो।

उनले फेरि ग्रिनलाई आर्थिक अभाव भएको एक जना विद्यार्थीलाई आफूले एक हजार डलर दिन चाहेको बताउँदै स्तम्भमा सो कुरा उल्लेख गरिदिन आग्रह गरे। ग्रिनले यही ब्यहोरा समेटेर लेख लेखे। आफूलाई प्राप्त भएका ९० हजार पत्रमध्ये एक जनालाई हेइजले एक हजार डलर दिए।

सन् २०१२ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्ने कम्प्युटर प्रोग्रामर तथा लेखक मनीष सेठीले आफ्नो फेसबुक लतबाट मुक्त हुन अनौठो उपाय लगाएका थिए। काम गरिरहँदा सामाजिक सञ्जाल चलाए आफूलाई हिर्काउनका निम्ति कारा नाम गरेकी महिलालाई नियुक्त गरेका थिए।

फेसबुक चलाएको देख्नेबित्तिकै उनले सेठीलाई थप्पड हान्थिन्। त्यसबापत उनले घण्टाको आठ डलर पाउँथिन्। सेठीको निगरानी गरिरहँदा उनलाई आफ्नो निजी काम गर्ने सुविधा पनि थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!