एजेन्सी । गिनिज बुकमा आफ्नो नाम दर्ज गर्नका लागि मानिसहरु के के सम्म गर्न पछि पर्दैनन् ! रेकर्ड कायम गर्नका लागि वर्षौँसम्मको मिहिनेत तथा अभ्यास र त्यागको फल प्राप्त गरेर गिनिज बुकमा नाम चढाएसँगै मानिसहरु रातारात चर्चित हुन्छन् ।

Advertisement

बितेको वर्ष सन् २०१८ मा पनि केही त्यस्ता कीर्तिमानहरु गिनिज बुकमा दर्ज भए । तीमध्ये केही यस्ता छन्ः

– विश्वमा सबैभन्दा लामा खुट्टा भएकी महिलाको कीर्तिमान रुसकी एकातेरिना लिसिनाले कायम गरेकी छिन् ।

उनको बायाँ खुट्टा १३२.८ सेमी र दायाँ खुट्टा १३२.२ सेमी लामो छ । अनौठो त के भने उनको घरका सबै सदस्यको उचाई ६ फिटभन्दा धेरै छ ।

– चीनकी यु जियांक्सिया विश्वमा सबैभन्दा लामो परेला भएकी व्यक्ति हुन् । उनको बायाँ आँखाका परेलाको लम्बाई १२.४० सेमी छ ।

गिनिज बुकमा दर्ज भएपश्चात् पनि उनका परेलाको लम्बाई लगातार बढिरहेको छ ।

– अमेरिकाकी आयना विलियम्स विश्वका सबैभन्दा लामो नङ भएकी महिला हुन् । उनको सबैभन्दा लामो नङ १०.९ इन्चको रहेको छ । जुन विश्व कीर्तिमान हो ।

– अमेरिकाको कोलोराडोका हन्टर इभन नामका व्यक्तिले लगातार ९ सय १० वटा बेलुन फुलाएर विश्व कीर्तिमान कायम गरे ।

– अमेरिकाकै लस एन्जल्सका बेनी हार्लेमको कपालको जुरो सबैभन्दा लामो छ । उनको कपाल जुरोको उचाई ५२ सेन्टीमिटर रहेको छ ।

– विश्वका सबैभन्दा होचो जोडी पालो ग्याब्रियल र सिल्भा बारास हुन् । उनीहरु दुबैको जिउको उचाई जम्मा १८१.४१ सेमी रहेको छ । उनीहरुको सन् २०१६ को डिसेम्बरमा बिहे भएको थियो ।

– अमेरिकाको मिसिगनमा रहेको एउटा बिरालो ४८.४ सेमी लामो छ। उक्त बिरालो विश्वकै सबैभन्दा लामो बिरालो हो ।

– बेल्जियमका इन्जिनियर जेफ पिटर्सले विश्वको सबैभन्दा गह्रौँ साइकल बनाएका छन् । उक्त साइकलको तौल ८६० किलो रहेको छ ।

– अमेरिकाका जिम एरिंगटन विश्वका सबैभन्दा बुढा बडी बिल्डर हुन् । उनको उमेर ८४ वर्ष रहेको छ । उनी पछिल्लो ७० वर्षदेखि बडी बिल्डिङ्ग प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!