एजेन्सी । हालै अष्ट्रेलियामा एक अपत्यारिलो मुद्दा दर्ता भएको कुराले निकै हास्यासपद चर्चा पाएको छ । अष्ट्रेलियाको मेलबर्नका डेभिड नामक एक व्यत्तिले आफ्नो कार्यालयमा आएर पाद्ने गरेको आरोप लगाउँदै आफ्ना सहकर्मीविरुद्ध मुद्दा दर्ता गरि करिब २० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

Advertisement

निर्माण इन्जिनियरको काम गर्ने डेभिड नामक ती व्यत्तिले आफ्ना सहकर्मीले प्रत्येक दिन आफ्नो कार्यालयमा आएर पाद्ने गरेको अरोप लगाउदै मुद्दा दर्ता गरेका हुन् । तर भिक्टोरिया उच्च अदालतले भने यसबारे अहिले कुनै कुरा बाहिर निकालेको छैन् । ती व्यत्तिले आफ्नाे सहकर्मी दिनमा ५-६ पटक कार्यालयमा आएर पाद्ने हुँदा काम गर्न नै अफ्ठ्यारो परेपछि मुद्दा दर्ता गर्न बाध्य भएको ती व्यत्तिको भनाइ छ ।

सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ । डेभिड नामका ती ५६ वर्षीयय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्ने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!