जापानको राजधानी टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ । जन्मिँदा शिशुको आकार एक दाना प्याज बराबरको थियाे, जो कसैले पनि बच्चालाई हत्केलामा अटाउन सक्थे।

Advertisement

खबरका अनुसार टोकियोको कियो युनिभर्सिटीको अस्पतालमा जन्मेको यस शिशुको तौल जन्मिदा २ सय ६८ ग्राम मात्र थियो । यो शिशुको जन्म ‘प्रिम्याचुअर बेबी’को रुपमा २४ हप्तामा भएको हो । बच्चालाई जन्मेको पाँच महिनासम्म सघन उपचार केन्द्र (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।

अघिल्लो हप्ताको बिहीबार मात्र उपचारपछि बच्चालाई सकुशल घर पठाइएको छ । अहिले बच्चाको तौल तीन किलो छ । सबैभन्दा सानो तौलको जन्मिएर सकुशल घर पठाइएको यो पहिलो रकेर्ड भएको कियो युनिभर्सिटीका डाक्टरले बताएका छन् ।

कियोका एक प्रोफेसरले ओवाज युनिभर्सिटीमा विश्वका सबैभन्दा कम तौल भएका बच्चाहरुको रेकर्डलाई उद्धृत गर्दै भने, ‘यो भन्दा अगाडिको रेकर्ड सन् २००९ मा जर्मनीमा जन्मेको २७४ ग्रामको बच्चाको थियो ।’

यस्तै सबैभन्दा कम तौलकी बालिका जर्मनीमा सन् २०१५ मा जन्मिएकी थिइन् । उनी जन्मिँदा उनको तौल २ सय ५२ ग्राम थियो ।

विश्वभरी अहिलेसम्म ‘प्रिम्याचुअर बर्थ’बाट तीन सय ग्राम मुनिका २३ शिशुको जन्म भइसकेको छ । सबैभन्दा साना शिशुहरु दर्ता गर्ने वेबसाइटका अनुसार तिनीहरुमध्ये चार मात्र केटा र अरु केटी रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!