रामेछाप , २२ फागुन । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएपछि अहिले उक्त पाडो हेर्न जाने हेरालुहरुको घुइचो नै लाग्ने गरेको छ ।

Advertisement

६ खुट्टे उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गर्दै आएको छ । यसअघि भैसी वा अन्य कुनै पनि घरपालुवा जनावरले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु भैसी र उनको पाडो हेर्न दैनिक घरमा आउने गरेको किसान वलकवहादुरले जानकारी दिए ।

उनले भने– ”अन्य सपाङ्ग पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको छ । ” भैसीले ६ वटा खुट्टा भएको पाडो पाएको थाहाँ पाएपछि गाउँका मात्र हैन अन्य छिमेकी गाउँका किसानहरु पनि पाडो हेर्न दैनिक ठूलो संख्यामा आउने गरेको आले मगर वताउँछन् ।

गाउँमै ६ वटा खुट्टा भएको पाडो भैँसीले पाएको छरे भनेकाे सुनेर आफु पनि हेर्न वलकवहादुरको घर पुगेको सालु कविलासका तिर्थवहादुर केसीले जानकारी दिए । उनले भने,” सुन्दै अचम्म लाग्यो झन् आफ्नै आँखाले ६ वटा खुट्टा भएर पनि सहजै हिड्ेको देख्दा अचम्मीत नै भयौं । ”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!