एजेन्सी । अहिलेसम्म तपाईले केवल मानिसले अपराधमा सजाय पाएको सुन्नुभएको छ होला । कहिलेकाहीँ जनावरलाई समेत सजायँ दिएका अनौठा खबर पनि आउने गर्दछन् । तर सजायको यो दायरा केवल मानिस र जनावरमा मात्र सिमित छैन रहेछ । पाकिस्तानमा एउटा रुखले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ ।

Advertisement

१२१ वर्षअघि गिरफ्तार गरिएको यो रुखले त्यस समयदेखि कठोर कैद सजाय काटिरहेको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित लण्डी कोतलमा एउटा वरको रुख विश्वमै यसरी सजाय काट्ने एकमात्र रुख हो ।

उक्त रुखलाई सजायस्वरुप लामा लामा सिक्रिले बाँधिएको छ । त्यसमा एउटा साइनबोर्ड पनि छ । जसमा लेखिएको छ, I am under arrest ।

यो रुखको गिरफ्तारीका विषयमा रोचक कथा छ । पाकिस्तानी पत्रिका डनका अनुसार यो घटना सन् १८९८ को हो । रक्सीको नशाले चूर भएका ब्रिटिस अधिकारी जेम्स स्क्वायड लण्डी कोटल सैनिक क्याम्प क्षेत्रमा टहलिरहेका थिए । उनलाई रक्सी यतिधेरै लागेको रहेछ कि उनले नजिकै रहेको वरको रुख आफूतर्फ आइरहेको देखे । उनी निकै नराम्रोसँग आत्तिए । उनले त्यहाँ रहेका सैनिक जवानहरुलाई तत्कालै चिच्याउँदै आदेश दिए, ‘त्यो रुखलाई गिरफ्तार गर ।’

बिचरा सैनिकहरुले आदेश पालना गर्नै पर्‍याे । फलामका सिक्रि लिएर गए र वरको रुखको हाँगादेखि फेँदसम्मै सिक्रिले बाँधे । ता कि त्यो रुखले कमाण्डरलाई नलखटोस् ।

त्यसपछि त्यो वरको रुखमा बाँधिएको फलामे जञ्जीर फुकाल्ने आँट कसैले गरेन । १२१ वर्षपछि पनि त्यो रुख कैदमै छ । एक शताब्दी भन्दा लामो समयसम्म कैदी हुँदा पनि त्यो रुखको कैद सजाय भुक्तानी भएको छैन ।

अंग्रेज शासकहरु कति क्रूर थिए भन्ने देखाउनका लागि अहिले त झन् त्यो रुखलाई कैदी अवस्थामै संरक्षित गरेर राखिएको छ । यो ठाउँ अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!