जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् ? किन हुन्छन् त ? ब्रिटेनको ब्रिस्टोल विश्वविद्यालय र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन् । उनीहरूको अध्ययनको निष्कर्ष छ– झिँगाबाट बचाउनका लागि प्रकृतिले जेब्राका जीउमा धर्का दिएको हो ।

Advertisement

वैज्ञानिकको टोलीले केही घोडामा यो अध्ययन गरेका थिए । केही घोडालाई जेब्राको जीउमा हुनेजस्तो धर्के कपडा ओढाइएको थियो भने बाँकीलाई यत्तिकै छोडिएको थियो । अनुसन्धाताहरूले धर्के कपडा ओढाइएको घोडाको जीउमा झिँगा नबसेको पाएका थियो । उनीहरूको निष्कर्ष थियो– जेब्राको जीउमा हुने धर्काहरूले रोग फैलाउने रगत चुस्ने कीरालाई टाढा राख्छन् ।

‘जेब्राको जीउमा हुने धर्काहरूले झिँगाहरूको देख्ने क्षमतामा असर पुर्याउँछन्,’ अनुसन्धानको निष्कर्ष छ, ‘धर्काहरूको कारण झिँगाको आँखा तिरमिराउँछ ।’

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक टिम कारोले भने, ‘हाम्रो अध्ययनमा झिँगाहरू जेब्रानजिक पुगेपछि यत्तिकै टाढिएका थिए । यसले के संकेत गर्छ भने जेब्राको शरीरमा हुने धर्काहरूले झिँगालाई बाधा पुर्याउँछन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!