एजेन्सी । मध्य युरोपको एक देश चेक गणतन्त्र(czech republic)मा आफुले पालेका सिंहबाट एकको ज्यान गएको छ । विगत केहि वर्षयता सिंह पाल्दै आएका ती युवकले गत वर्ष आफ्नै घरपछाडि खोर बनाएर पोथि सिंहसमेत हालेर पाल्दै आएका थिए ।

Advertisement

उनले प्रजननका लागि सिंह र पोथी सिहं पालेका थिए । माइकल प्रसेक नाक गरेका ३३ वर्षिय युवकले सन् २०१६ मा सिंह र गत वर्ष पोथी सिंह ल्याएर दुबैलाई घरको पछाडिको घरमा बनाइएको खोरमा राखेका थिए। ९ वर्षको सिंह र अर्काे सिंहको विषण्लाई लिएर स्थानीयहरु चिन्तितसमेत रहेको बताइएको छ ।

प्रसेक मृत शरीर सिंहको खोर भित्र मृत अवस्थामा देखेपछि उनका बुबाले स्थानीय सञ्चार माध्यमलाई खोर भित्रबाट बन्द गरिएको बताए थिए । पछि प्रहरीले उनको शव निकाल्न दुबै खोर भित्रका सिंहलाई पनि गोली हानेर मारेको छ ।

गत वर्ष सिंहलाई डोर्‍याउँदै हिडिरहेका बेला एउटा साइकल चालक ठोक्किएपछि प्रसेक समाचारको पात्र बन्न पुगेका थिए। प्रहरीको हस्तक्षेपपछि उक्त घटनालाई एउटा सडक दुर्घटनाको रूपमा लिइएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!