काठमाडौं । अमेजन रेनफरेस्ट दक्षिण अमेरिकाको अम्र्जम नदीको प्रमूख स्रोतको रूपमा रहेको जंगल मानिन्छ । यसको क्षेत्रफल ५५ लाख वर्ग किलोमिटरमा फैलिएको छ भने ब्राजिलले सबैभन्दा यसको भूभाग ओटेको छ । विश्वमा जति यो जंगल चर्चित छ त्यति नै यसका तथ्य पनि ।

Advertisement

अमेजन जंगलको नाम ग्रिक भाषाबाट आएको मानिन्छ । जसलाई साहसी महिला भनेर चिनिन्छ । स्पेनका खोजकर्ता फ्रान्सिसको ओरेल्लानाले महिलाबाट हमला भएपछि सोही महिलाको साहसलाई जोडेर जंगलको नामाकरण गरिएको ग्रिक समभ्यतामा उल्लेख गरिएको छ । अमेजनबाट प्रति सेकेण्ड ५० लाख ग्यालिन पानी एटलान्टिक सागरमा पुग्ने गर्दछ ।

विश्वको २० प्रतिशत अक्सिजन अमेजन जंगलबाट आउने गरेको वैज्ञानिकको भनाइ छ । यो जंगलमा ३ हजार किसिमका फलफुल समेत पाइन्छ जसमध्ये बाहिरी दुनियाँले दुई सय प्रकारका मात्र देखेका छन् ।

यही जंगलमा झण्डै ७ सय ५० भन्दा फरक किसिमका रुख र बोट विरुवा पाइन्छ भने विश्वका तमाम रोगको उपचार गर्न सक्ने वनस्पती अमेजनमा पाइने वैज्ञानिकको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!