अमेरिकाको न्युजर्सी राज्यका क्रिस फेरीको जन्मदिन मार्च १६ हो। बाबुको ६२ औँ जन्मदिनको केही दिनअघि नै फ्लोरिडा राज्यमा बस्ने उनका दुई छोराले शुभकामना दिन चाहे। तर, उनीहरूले कार्ड प्रयोग गरेनन्। बिलबोर्ड प्रयोग गरे।

Advertisement

उनीहरूले एट्लान्टिक सिटीमा दुई हजार डलर तिरेर एउटा बिलबोर्ड भाडामा लिए। त्यसमा बाबु फेरीको ठूलो फोटोसहित ‘हाम्रो बुबालाई जन्मदिनको शुभकामना दिनुहोस्’ भन्ने वाक्य राखे। साथमा फेरीको फोन नम्बर पनि राखे। बिलबोर्डमा ‘सप्रेम, तपाईंका छोराहरू’ भन्ने वाक्य पनि थियो।

त्यसको नतिजा गजब आयो। फेरीको फोनमा कल र म्यासेजको ओइरो लाग्यो। ‘केही दिनमै १५ हजार कल र सन्देश आए,’ फेरीले भने, ‘अमेरिकाका सबै राज्यबाट मलाई फोन आयो। लक्जेमबर्ग, नेपाल, केन्या, फिलिपिन्स आदि देशबाट पनि मैले शुभकामना सन्देश र कल पाएँ।’

फोन र म्यासेज आउने क्रम रोकिनेवाला छैन। किनभने, बिलबोर्ड अप्रिल ६ सम्म भाडामा लिइएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!